Sunday, November 08, 2015

भारत ले मधेस होइन भारत का लागि घोषित नाकाबंदी गर्नुपर्छ, १००% टाइट

मधेस आंदोलन को राजनीतिक समस्या को राजनीतिक समाधान नखोजेर यो जुन finger pointing गर्ने काम भएको छ, त्यो निंदनीय छ। तानाशाही ढंग ले जसरी ४० बढ़ी मधेसी को हत्या गरियो, त्यस लाई हेग मा लाने संभावना त छँदैछ। मधेस ले आफ्नै सदरमुकाम हरुमा विरोध प्रदर्शन गर्न नपाउने? यो भुमि हो कसको? मधेस ले काठमाण्डु लाई नाकाबंदी लगाउनु अगाडि दुई महिना सम्म काठमाण्डु ले मधेस लाई नाकाबंदी लगाएको हो। मान्छे लाई आफ्नै घरमा कैदी बनाएर राखेको एक महिना बढ़ी। बिर्सेको? हामी ले कमसेकम त्यसरी घर कैदी बनाएका छैनौं।

नाकाबंदी अझ टाइट गर्नुपर्छ। आंदोलन लाई छोट्याउनु छ भने नाकाबंदी अझ टाइट गर्नुपर्छ। क्रांति का नया नया कार्यक्रम हरु ल्याउनुपर्छ। यो आंदोलन त भर्खर शुरू हुँदैछ। नाकाबंदी मात्र भयो। अझ के के हुन्छ के के।

प्रत्येक मधेसी भारतीय हो। प्रशांत तामांग नेपाली हो। प्रत्येक मधेसी भारतीय हो। प्रत्येक मधेसीको जातीयता भारतीय हो। हो यो नाकाबंदी भारतीय ले लगाएको हो। प्रत्येक मधेसी भारतीय हो भने र दशगजा मा मधेसी बसेका छन भने नाकाबंदी आखिर लगायो कसले? भारतीय ले हो।

तर मधेसी भारतीय नागरिक होइन। भारत सरकार ले भारत को सोँच्नु पर्छ। सोँचेको पनि छ। मधेस आंदोलन सशस्त्र क्रांति मा गएर अल्झिएछ भने ३० लाख शरणार्थी बिहार र उत्तर पुग्दा सम्म भारत हात बाँधेर बस्ने? कि अहिले औपचारिक नाकाबंदी लगाउने। म भारत सरकार लाई आह्वान गर्छु। मधेसी सँग हातेमालो गर्दै औपचारिक नाकाबंदी लगाउ।

प्रचंड ले साइकिल चढेको फोटो पत्र पत्रिका मा न आएसम्म नाकाबंदी खुल्दैन।

भारत ले होइन भारतीय ले नाकाबंदी गरेको हो। प्रत्येक मधेसी भारतीय हो। प्रशांत तामांग नेपाली हो। प्रत्येक मधेसी भारतीय हो।



No comments: