Sunday, November 22, 2015

सप्तरी मा गरिएको युद्ध घोषणा एउटा निर्णायक मोड़ हो

नाकाबंदी ले मत्थर पारेको फ़ासिस्ट दमन र हत्या श्रृंखला फेरि शुरू गरिएको छ। तीन बाहुन दल लाई विभेदकारी संविधान लेख्न केही गार्हो परेन। अहिले मधेस आंदोलन को माग सम्बोधन गर्न एकले अर्का लाई दोष दिने नौटंकी गर्दैछन्।

यो आंदोलन असीमित समय का लागि होइन र हुन सक्दैन। सोशल मीडिया मा र प्रवास मा देख्न सकिन्छ खस समुदाय को नस्लवादी सोंच जताततै छताछुल्ल छ। यो एक हुनुपर्ने देश नै होइन भन्ने सन्देश प्रवाहित हुँदैछ। मैले आफ्नै चिनजान का मानिस बीच पनि कोही एक जना पनि अपवाद देख्न सकिरहेको छैन। ध्रुवीकरण पुर्ण छ।

मोदीले इंदिरा गांधी को दुर्गा रूप धारण गर्नुपर्ने समय आउन लाग्यो। यदि देश एक बाट दुई हुन्छ भने सकेसम्म कम ज्यु ज्यान को क्षति हुने गरी कसरी नया मधेस देश पैदा गर्ने --- त्यस तर्फ सोंचने बेला आउन लाग्यो। क्षेत्रीय शक्ति दिल्ली हो। भारतीय हो भनेरै नेपालमा मधेसी लाई हेला गर्ने गरिएको छ। त्यो दिल्लीको चासो को विषय हुन जान्छ।

हामी जस्ता देश बाट टाढा सुरक्षित ठाउँ मा बसेका ले कतिन्जेल सम्म सड़क का आंदोलनकारी लाई आहुति दिइ राख भनिराख्ने? एउटा विन्दु बाट उता त्यो एउटा स्वार्थी सोंच जस्तो देखिन लाग्छ। This can not go for too much longer. A time to make a firm decision will soon come.

मधेस भुगोल हो। मधेस देशले त्यो भुगोल क्लेम गर्छ। त्यहाँ बसेका नेपाली भाषी ले एक व्यक्ति एक मत पाउने हुन्छ। संपत्ति सुरक्षित रहन्छ। नेपाल ले १० वर्ष पछि गर्छु भनेको भारत सँग को आर्थिक एकीकरण मधेस ले जन्म साथ गर्छ। मौद्रिक एकीकरण हुन्छ। बरु भुटान ले जस्तो सुरक्षा भारत लाई नै दिन सकिन्छ। जन्म का समय मा देशको उत्तरी सीमा को क्लेम र सुरक्षा भारतीय सेनाले गर्नु उत्तम हुन्छ। नेपाल का सुरक्षाकर्मी लाई वापस आफ्नो देश जान दिने व्यवस्था मिलाउने काम पनि भारतीय सेनाले गर्नु उत्तम हुन्छ।

देशमा सरकारी कामकाजको भाषा हिंदी हुन्छ। संयुक्त राष्ट्र संघ  छैठौ भाषा बनाउनु पर्छ।

मानव अधिकार, एक व्यक्ति एक मत, समानता, न्याय ---- यसका लागि दुई त के देशलाई हजार टुकड़ा गरिन्छ। मधेस पहिला मुग़ल साम्राज्य को अंग नै त थियो। कति समय पो बित्यो र? ब्रिटिश गयो। उसको सीमाना पनि जान्छ अब।

बरु तिम्रो देश को नाम नै खसान राख। नेपाल भन्दा confusion भो। एक सुझाव।










No comments: