Tuesday, August 31, 2021

Facebook: August 31





जसपा विभाजनको कारण व्यक्तिवादी प्रवृत्ति हो : राजकुमार लेखी राजकुमार लेखी, केन्द्रीय कार्यकारिणी समिति सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल ........ सरकारमा आफू गयो भने अग्रगमनकारी हुने, अरु व्यक्तिको नेतृत्वमा सरकारमा गयो भने प्रतिगमनकारी हुने । १९ महिनासम्म उपेन्द्र यादवजी दुई तीन वटा मन्त्री लिएर केपी ओलीको सरकारमा सहभागी हुँदा एउटा पनि माग र मुद्दा सम्बोधन गराउन नसक्दा त्यो अग्रगमन भयो । तर महन्थ ठाकुरजीको अगुवाईमा एक दर्जन मन्त्रालय, दर्जनौं झुठा मुद्दा खारेजी, थुप्रै साथीहरुको रिहाई र थुप्रै माग मुद्दा सम्बोधनार्थ प्रक्रियामा जाँदा त्यसलाई प्रतिगमन देख्ने आरोप–प्रत्यारोपका कारण यो अवस्थामा आएको हो । .......

जसपाभित्र रहेका केही मुख्य नेतृत्वहरुमा आत्मकेन्द्रित प्रवृत्ति बढी देखिन्छन् । टीम वर्क र सामूहिक भावनाको अभाव देखिन्छ ।

....... व्यक्तिवादी प्रवृत्तिका कारण जसपा विभाजन भएको हो । ......... रेशमजी आबद्ध भएको पार्टी र थरुहट आन्दोलनकारी शक्तिहरुले आफ्नो तर्फबाट पहल गरिरहेकै छन् । तर त्यसको खासै सुनुवाइ भएको हामीले पाउँदैनौं । ....... नेपालको समकालीन परिवेशमा सबै दलभित्र एकै खालका गलत प्रवृत्ति हावी भएको देखिन्छ ।

सबै दलका मुख्य नेतृत्वहरु दलाल पुँजीपतिको चंगुलमा छन् । माफियाहरु सबै पार्टीमा हावी भएको हामी देख्छौं ।

सबभन्दा पहिला हाम्रो नेतृत्वको ध्यान त्यतातिर जान आवश्यक छ । अन्य दलहरुले जतिसुकै समाजवाद र जनवादको कुरा गरे पनि जनताको सबभन्दा चासो र प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य हो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको तर्फबाट कमसेकम २५ प्रतिशत रकम छुट्याएर पनि जनताको बीचमा काम गर्न सक्यौं भने नेतृत्व र दलहरुप्रति जनताको विश्वास बढ्न सक्छ ।


जसपा, लोसपा र मधेश (सम्पादकीय) २०४६ सालको परिवर्तनले अपेक्षित उपलब्धि हासिल गर्न नसक्नु र पछि व्यवस्था नै विफल हुनुको एउटा कारण ५० को दशकमा देखिएको दल विभाजनको विकृति पनि हो । किनभने उक्त अवधिमा देशका दुई ठूला दल कांग्रेस र एमाले मात्रै विभाजित भएका थिएनन्, तेस्रो ठूलो दल राप्रपा पनि यही नियतिबाट गुज्रिएको थियो । ..... सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहले जीवनकालमा दुईपटक फुट व्यहोर्नु प¥यो । त्यत्तिकै अवधिमा उनका शिष्यहरूले आठ पटकसम्म नेपाल सद्भावना पार्टीलाई चिराचिरा पारे । ...... यसरी विभाजन गर्दा दर्शन, सिद्धान्त र विचारले कहिल्यै प्रमुखता पाएन । पद, पैसा र प्रतिष्ठा नै विभाजनको मुख्य कारक तत्व बनेको थियो । तराई कांग्रेसको विरासत बोकेको सद्भावना पार्टी र नेसपाको विरासत बोकेको जनता समाजवादी पार्टी उपेन्द्र र राजेन्द्र पक्षले जति जनतालाई दिएका छन्, त्योभन्दा बढी देश र मधेशले उनीहरूलाई भुक्तानी गरेको यथार्थ पनि स्वीकार गर्दैपर्छ । विगतमा मधेशी जनअधिकार फोरमफो बढ्दो लोकप्रियतामा लगाम लगाउन तराइ मधेश लोकतान्त्रिक पार्टीको जन्म भयो । यहीँबाट फोरम र तमलोपामा टुटफूटको प्रक्रियाको थालनी भयो ।

जसपा विभाजनको असर मधेशमा वैकल्पिक शक्ति बनाउने सपना बोकेका नेताहरुले आफ्नो सपनालाई आफैले तुहाएका छन् । गठन भएको १६ महिनामै जनता समाजवादी पार्टी विभाजित भएको छ । यो विभाजन अरु कसैबाट नभई पार्टीकै नेताहरुको अहमको परिणाम हो । ...... माउ पार्टी फुटाएर नयाँ दल दर्ता गराए सांसद पद गुमाउनुपर्ने जोखिम अध्यादेशले पार लगाइदिएपछि दल विभाजनको होडबाजी चल्ने निश्चित छ ।

जसपा विभाजन र प्रदेश २ को उकुसमुकुस पार्टीका अल्पकालीन र दीर्घकालीन नीति, कार्यक्रम र योजनालाई सेलाएर सरकारमा जान मात्र तँछाडमछाड गर्ने नेता–कार्यकर्ताको अहंकार र चरित्रका कारण पनि मधेसवादी दलहरू दुर्दशाग्रस्त हुँदै आएका हुन् ।......... सत्तारूढ नेपाली कांग्रेसको सत्तायात्रा निर्विघ्न तुल्याउन ती दलहरूको विभाजन आवश्यक थियो । ........ नयाँ सत्ताको अभ्यास पनि अनौठो र उदेकलाग्दो हुन्छ । यसमा आपसी समझदारी कम र ढिपी बढी हुन्छ । त्यसमा पनि संयुक्त सरकार सञ्चालनमा दलीय दम्भ र फरक दृष्टिकोणले सदैव संकट सिर्जना गरिरहेको हुन्छ । प्रादेशिक सत्ता सञ्चालनको डोरो केन्द्रीय नेतृत्वकै हातमा रहने हुँदा त्यहाँ हुने खटपटको प्रतिविम्ब प्रदेश तहमा पनि देखिने गर्छ । अर्थात्, प्रदेश सरकारको अहिलेको अन्तरदलीय सहभागिता पनि द्वन्द्व निरूपणको पटाक्षेप होइन । ...... मन्त्रीहरूबीचको संवादहीनता, मन्त्रालयहरूबीचको कमजोर समन्वय र लडभीडले गर्दा प्रदेशको सत्ता राजनीति अस्तव्यस्त भइरहेको छ । यसले समग्रमा प्रदेशको राजनीतिक अस्थिरतालाई मलजल दिएको छ । ........ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने राउत सरकार आरम्भदेखि नै उपभोक्ता समितिको विकास मोडलमार्फत नेता–कार्यकर्ता पोस्ने काम गरिरहेको भनी आलोचित छँदै थियो । ......... संघ सरकारले प्रदेशलाई चाहिने जनशक्ति नदिने, भएका जनशक्तिको पनि घरीघरी सरुवा गर्ने,

संघबाट आएका कर्मचारीहरूले राजनीतिक नेतृत्वलाई नटेर्ने

र ती कर्मचारीलाई राजनीतिक नेतृत्वले काम गर्ने वातावरण नदिने समस्याले प्रदेश सरकारको कामकाज बाधित हुँदै आएको छ । आर्थिक तथा वित्तीय अनुशासन कायम नहुनुले पनि प्रदेश सरकारको छविमा ग्रहण लागेको छ । ........... केपी ओली सरकारको पतनसँगै दुई कित्तामा विभाजित मधेसकेन्द्रित दलका नेता–कार्यकर्ताबीच एकअर्कालाई भित्तामा टाँस्ने गरी हुर्मत लिने काम गरियो, जसले फुटको असर मस्तिष्कको नसासम्मै पुगेको अनुभूति दिन्छ । आरोप, प्रत्यारोप र विषवमनको यो शृंखलाले सामाजिक सञ्जालका भित्ताहरूलाई समेत भद्दा बनाउँदै आएको छ । यसै कारण मधेस राजनीतिमा आवेगी गति भए पनि लयहीन सुस्तता देखिँदै छ । वैमनस्यको कर्कश र कठोर बहावले तन्द्राहरण गर्ने खालको केटौलेपनले मधेस राजनीतिलाई गाँजेको छ । ......... फुट हुँदा अनुहार हेरेर किनारा लाग्ने नेता–कार्यकर्ताको चरित्रका कारण

मधेसकेन्द्रित दलको नेतृत्वमा मधेसवादको आवरणभित्र पलाएका सत्तालिप्सा, भाइभतिजावाद, आफन्त–कार्यकर्ता पोस्ने काम, अनियमितता र भ्रष्टाचारलाई बढावा दिने प्रवृत्ति पहिलेभन्दा बढी खतरनाक भएर अगाडि आएको छ ।

........ टुटफुटको लामो र नैराश्यपूर्ण यात्राबाट गुज्रिँदै पछिल्ला दिनहरूमा एकीकृत हुँदै गएका मधेसवादी दलहरूप्रति मधेसी जनतामा अलिकता भए पनि भरोसा पलाएकै थियो । तर, जसपा विभाजनसँगै त्यो भरोसामा पनि चट्याङ परेको छ । यसले मधेसी जनताको दिग्दारी बढाएको छ । ......... विचार विदीर्ण भएको पार्टीभित्र वैचारिक नेतृत्वको अवसान हुन्छ । अनि संगठनको आधार विचारबीज नभएर लाभहानि बन्न पुग्छ । यस्तोमा पार्टीको अवस्था गन्जागोल हुन्छ । यहीँनेर पार्टी फुटका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय शक्तिहरूले सहजीकरण गरिदिने काम नेपाली राजनीतिक दलको विभाजन कथाले देखाउँछ । नेतृत्वको व्यक्तिगत स्वार्थ र अजेय शक्ति हासिल गर्ने तृष्णाले पनि पार्टी फुटाउन मार्गप्रशस्त गर्छ । जसपा विभाजनका सारभूत कुरा यिनै हुन् । ........... मधेसवादी दलहरूबीच समय–समयमा भएका एकीकरण र पृथकीकरण सैद्धान्तिक तथा राजनीतिक अवधारणाअनुरूप भएका हुन् कि थ्रेसहोल्ड, भारतीय इसारा, हैसियतको मूल्यांकन, जनदबाब र कार्यकर्ताको प्रभावले भन्ने खुट्याउनु जरुरी छ । ........

जातीय ‘माइजन’ हरूको पार्टी भएको आरोप खेप्दै आएका ती दलहरूले नेतृत्वभित्र सन्तुलन मिलाउने जटिलताबाट पार पाउनुपर्ने हुन्छ ।

.......... पार्टीभित्र नेता–कार्यकर्ताको मूल्यांकन, जिम्मेवारी विनियोजन र भूमिका निर्वहनमा सहजीकरण नगर्ने हो भन्ने कुपोषित हुँदै गएका मधेसवादी दलहरूलाई बलियो–बांगो बनाउन सकिँदैन ।


‘चुनावको खर्च उठाउन मन्त्री’ ‘ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ ।’......... ओलीको सनकमा देश चल्यो, संस्थागत निर्णय भएन भनेर माधव नेपालजीले लड्नुभयो । आज फेरि व्यवहारमा उहाँहरू नै त्यही काम गर्दै हुनुहुन्छ । अनुकूल जे भयो त्यो ठीक र त्यही कुरा अरूले गरेको छ भने सार्वजनिक रूपमा विरोध गर्ने नेपालका नेताहरूको चरित्र भएको छ । लोकतान्त्रिक दल कांग्रेस र एमालेमा यो रोग छ भने केन्द्रीयतामा विश्वास गर्ने माओवादीमा त्यो नहुने कुरै भएन । तर पार्टी गठनको प्रक्रियामा रहेको हुँदा माधवजी नै संस्था हो । .......

नेपालमा धेरै नेता आफूलाई केन्द्रमा राखेर पार्टी बनाउँछन् । संस्था पनि त्यसैगरी बनाउँछन् । त्यसले गर्दा प्रभावकारी सेवा प्रवाह हुन सक्दैन । गरिब देशहरूमा नेताको सनकमा मन्त्री बन्ने, नेताको नजिक भएका भरमा वा आफूलाई पैसा दिने नेतालाई मन्त्री बनाउने गरिएको छ ।

.......... पार्टी खर्चिलो छ, निर्वाचन खर्चिलो छ । त्यसैले सबै मन्त्री बनेर कमाउन चाहन्छन् ।

कार्यकर्ता पनि खर्चिला छन् । पैसा नभए आजकल कार्यकर्ताले नै भेट्दैनन् ।

......... नेताहरूले आफूलाई शक्तिशाली बनाउन आफ्नो मान्छेलाई मन्त्रीमा लैजाने अधिकार पनि लिन्छन् र त्यो मान्छेबाट धेरै पैसा उठाउँछन् । यसबाहेक मन्त्री बन्न पैसा बोकेर नेताकहाँ पनि जान्छन् । मन्त्री बन्न कसरी पुग्छन्, कुन ढंगले ‘एप्रोच’ गर्छन् भन्ने त मैले नै देखेको छु । ........ अहिले प्रचण्डसँग राजनीतिक शक्ति पनि छ, आर्थिक शक्ति पनि छ । दुईवटै शक्ति भइसकेपछि कार्यकर्ता पनि तिनीहरूसँग नै हुन्छन् । उनीहरूले पार्टीको संगठनको शक्ति पनि राख्छन् । त्यसले गर्दा नेतृत्वको चाकरी नगरी टिकट नपाउने, मन्त्री बन्न नपाउने, अरू नियुक्ति नपाउने हुन्छ । ब्युरोक्रेसीमा बढुवा नपाउने समस्या हुन्छ ।





YouTube: August 31

प्रचण्ड: अनावश्यक मान्छे

नेपाल मा गणतंत्र ज्ञानेन्द्र को कारण ले आएको हो। क्रेडिट प्रचण्ड लिने गर्छन। 

नेपाल मा संघीयता मधेसी क्रांति को देन हो। संघीयता त माओवादी को सोंच नै होइन। तिब्बत को जस्तो नक्शा कोरेका। कर्णाली प्रदेश मा मंत्री को हुने म निर्णय गर्छु भनेर ओली ले भने जस्तो। जब मधेस मा क्रांति को बिगुल फुकियो माओ पार्टी ले हथियारधारी कार्यकर्ता को जत्था पठाएको आंदोलन दबाउन। मधेसी क्रांति को प्रथम शहीद नेपाल प्रहरी अथवा नेपाल सेना ले गोली चलाएको होइन पुष्प कमल पार्टी ले मारेको। कामरेड लाई लाग्छ मधेस नेपाल को सिंजिआंग (xinjiang) हो। 

श्री ५ ज्ञानेन्द्र गए। श्री ६ पार्टी अध्यक्ष पुष्प कमल बाँकी छन। नाम मैं रिडण्डेंसी (redundancy) भएको मान्छे। 

चीन मा "महान सांस्कृतिक क्रांति" पछि के भयो कामरेड पुष्प लाई अत्तोपत्तो छैन। अरु ले टाइम मशीन को कल्पना गर्छन वर्तमान बाट विगत अथवा भविष्य सम्म पुग्न। कामरेड पुष्प लाई टाइम मशीन चाहिएको त्यो तथाकथित महान सांस्कृतिक क्रांति बाट आज सम्म आइपुग्न। त्यो यति महान क्रांति थियो चीन मा त्यस बारे गफ पनि गर्न पाइँदैन। 

कामरेड पुष्प को गिरिजा सँग वार्ता हुनु भन्दा अगाडि धीरेन्द्र सँग वार्ता भएको। शाह वंश मा त्योभन्दा कुपुत्र अर्को जनमेन। त्यो पुष्प कमल गणतंत्रवादी? धीरेन्द्र सँग गफ गरेको मिलेर राजनीतिक पार्टी हरु लाई तह लगाऊँ भनेर। कामरेड को रणनीति। 

कसै लाई मम मन पर्छ कसै लाई चाउमीन। नास्तिकता भनेको त्यस्तो होइन। ईश्वर छ भन्ने कुरा को ज्ञान नहुनु भनेको बरु आकाश मा सुर्य चन्द्र नदेख्ने बुझ्न सकिन्छ। त्यो सुर्य चन्द्र सृष्टि गर्ने बारे कामरेड लाई अत्तोपत्तो भएन। नेपाल जस्तो धार्मिक देश को प्रधान मंत्री बनने अझै इच्छा जाहेर गरेका कामरेड। 


नास्तिकता भनेको घातक कुरा हो। कामरेड प्रचंड लाई सरासर झूठ बोल्न लगाउने त्यही नास्तिकता ले हो। मान्छे मरेको अत्तोपत्तो नहुनु। नरसंहार लाई व्यापार ठान्ने बनाउने नास्तिकता ले हो। 


१० वर्ष को गृहयुद्ध मच्चाउँदा आठ वर्ष दिल्ली बसेका। टाइम टाइम मा फोटो खिचाउन भने आइपुग्ने। उत्तरी सीमाना मा चीन ले हडपेको ८४ हेक्टर जग्गा के त्यो भुमि सुधार हो? त्यस बारे बोल्न पाइँदैन भन्छन पुष्प जी। बेइजिंग होइन भने कमसेकम सिंगापुर पुगेर आतंक मच्चाउनु पर्ने थियो। दिल्ली गएर किन बसेको? बॉलीवुड फिल्म मा देखाइरहेको हुन्छ। आतंक मच्चाउँछ मुंबई मा, मान्छे छ दिल्ली मा। दिल्ली होइन सिंगापुर मा। दिल्ली प्रचंड को सिंगापुर थियो? 

प्रथम संविधान सभा ध्वस्त पार्ने शत प्रतिशत श्रेय प्रचंड लाई जान्छ। होइन भने देश ले प्रगतिशील संविधान दुई वर्ष मा पाइसक्ने। 

अप्रिल २००६ मा भयो क्रांति। १९ दिन मा १९ जना शहीद भए। त्यो १९ जना शहीद हुनु अगाडि नै ज्ञानेंद्र वापस पिंजरा मा गएको भए ज्ञानेंद्र एलिज़ाबेथ। क्रांति पछि पनि गिरिजा ले त बेबी किंग बेबी किंग भन्दै थिए। 

म त्यस विषय मा निरपेक्ष।  तर मलाई आज ज्ञानेंद्र मिस भएको छैन। (पारस त मिस गर्न नै पर्दैन, न्युज मा आइरहन्छ)कामरेड पुष्प लाई मिस भएको छ। राजा हुँदा शान त थियो। भन्छन। महिला राष्ट्रपति पचाउन बड़ा गारहो। विद्या ले प्रचंड को नाक काटी। महिला भएर। भएको ले। 

शांति प्रक्रिया को उपलब्धि प्रचंड गोंजालो हुनु परेन। होइन भने प्रचंड पथ भनेको गोनजालो पथ। गोनजालो लाई आज कसैले मंडेला भनेको छैन। (प्रचंड को स्टेट कैप्चर को चौथो प्रयास)

मान्छे मारेर गणतंत्र आउने होइन। १० वर्ष मा नभएको काम १९ दिन मा भयो। सात पार्टी ले हथियार उठाएको होइन। माओ पार्टी ले हथियार बिसाएको हो। 

प्रचंड ले मधेस कब्ज़ा गर्ने होइन। जनमत पार्टी ले चितवन कब्ज़ा गर्छ। प्रचंड गोरखा बाट लड्ने अब। बाबुराम र प्रचंड सँगै चुनाव हार्ने। 






जनमत पार्टीको केन्द्रिय सचिवालय जनकपुरमै, डा.राउतद्वारा समुदघाटन

Sunday, August 29, 2021

YouTube: August 29

अर्को संसद सम्म को अंकगणित




पछिल्लो संसद को, अर्थात अहिले को संसद, पछिल्लो चुनाव। 

जम्मा मतदाता: दर्ता भएका डेढ़ करोड़, भोट खसाल्ने १ करोड़। 

एमाले ३१ लाख (१२१ सीट), कांग्रेस ३१ लाख (६३ सीट) , माओ १३ लाख (५३ सीट), राजपा ५ लाख (१७ सीट), सपा ५ लाख (१६ सीट)।  

३१ लाख भोट एमाले को पनि, कांग्रेस को पनि तर एमाले को १२१ सीट, कांग्रेस को त्यसको आधा। चुनावी गठबंधन बनाउने ले जित्छ भन्ने देखियो। त्यो कुरा प्रचंड ले बुझेका छन। ओली ले बिर्सेको देखियो। 

माधव ले कति भोट लगे? २५% लगे मानौं। २५ देखि ३० प्रतिशत। आठ लाख लगे भनौं। एक्लै लड़े त सोझै सफाया। जीरो सीट जित्ने हो। प्रचंड सँग पार्टी एकीकरण गरे कार्यकर्ता नआउने तल तल। त्यस कारण ले माधव र प्रचंड को चुनावी गठबंधन हुने देखिन्छ। होइन भने दुबै सफाया। तर माधव ले २५% भोट लगेर ओली लाई २५% सीट को मात्र फरक पर्ने होइन। सीट ह्वात्तै आधा भन्दा बढ़ी घट्ने हुन्छ। अर्थात ५० सीट तिर पुग्ने देखिन्छ। तर ५० ले त सरकार बन्दैन। 

उपेन्द्र लाई पार्टी एकीकरण को दबाब रहने छ। पार्टी एकीकरण गर्यो कि उपेंद्र सकिए। चुनावी गठबंधन गर्ने तीव्र इच्छा छ। चुनावी गठबंधन गरे कमसेकम लोसपा लाई तह लगाउन सकिन्छ भन्ने छ। त्यो चुनावी गठबंधन मा कांग्रेस पनि रहोस भन्ने तीव्र इच्छा हो प्रचंड र उपेंद्र को। तर कांग्रेस लाई लाग्छ अरे बाबा, तिमी सँग चुनावी गठबंधन नै गर्नु थियो भने तिम्रो पार्टी किन फुटाउनु परेको हामीले? 

भने पछि प्रचंड, माधव र उपेंद्र मात्र बाँकी रहने हुन्छ। तीन जना को नै बेस को आकार व्यापक घटेको छ। तर त्यो घटेर पनि प्रचंड र माधव ३% मुनि पुगेका छैनन। उपेंद्र यादव को चुनाव पछि थाहा हुन्छ। अर्थात न पार्टी एकीकरण गरेर फाइदा छ, न चुनावी गठबंधन गरेर फाइदा छ। एक्लै लड्ने त क्षमता नै छैन ।

चुनावी गठबंधन गर्दा देश भरि एक तिहाई सीट दिने हो भने अलि अलि भर हुन्छ। तर पार्टी एकीकरण नगरेको झोंक मा प्रचंड ले माधव ४०, माओ ४०,  उपेंद्र २० भन्न सक्छन। अनि त राष्ट्रिय पार्टी स्टेटस गायब हुने ठोकुवा नै हुन्छ। 

कांग्रेस यति सारहो विचारशुन्य छ कि जो सुकै जति सुकै फुटे पनि कांग्रेस लाई खासै फाइदा हुने देखिँदैन। एक्लै चुनाव लड्छु भनेको दम्भ भन्दा पनि विचारशून्यता र अनुशाषणहीनता हो। एक्लै लड्ने, २५ लाख बटुल्ने, भएको ६० सीट बाट ४० मुनि पुग्ने। 

लोसपा एक्लै लड़दा खाता नखुल्न पनि सक्छ। 

जसपा, लोसपा र नेसपा पार्टी एकीकरण नभएको अवस्था मा त सत्ता त दुर को कुरा कुनै पनि पक्ष का लागि चुनावी गठबंधन लायक पनि रहँदैन। ओली ले लोसपा सँग चुनावी गठबंधन गर्नु भन्दा उ हेर मैले मधेसी पार्टी फोड़दिये भन्नु मा बढ़ी भोट पाउने बाटो देख्न सक्छन। 

अर्थात बुढ़ा हरु थाके। जस्तो सुकै चुनावी गठबंधन गर्दा अथवा नगर्दा पनि कसैले पनि बहुमत पुर्याउन सक्ने देखिँदैन। 

प्रचंड १३ लाख बाट १० लाख मुनि, माधव ले बढ़ी भए पाँच लाख भोट, ओली १२१ सीट बाट २१ सीट तिर पुग्न बेर लाउँदैन। देउबा त महाधिवेशन हार्ने पात्र। कांग्रेस को पहिले प्रत्यक्ष मा सीट ह्वात्त घट्यो, अब समानुपातिक मा पनि वह्वात्त घट्ने हुन्छ। 

जनमत पार्टी ले तीन मुद्दा सकेसम्म कस्सिएर समातदा त्यो अवस्था आउने हो। २५-३० लाख त नया मतदाता पनि थपिए होलान। त्यो त शत प्रतिशत नै जनमत ले क्लेम गर्न सक्नुपर्छ। 

२५-३० लाख नया मतदाता, १०-१५ लाख पहिला भोट खसाल्न नगयेका हरु। अरु पार्टी को मतदाता छिन्नु नै पर्दैन। त्यति ले १५० सीट जित्ने देखिन्छ। 

अरु सबै बुढ़ा पार्टी हरु चुनावी गठबंधन नगरे स्वाहा। जनमत पार्टी चाहिं चुनावी गठबंधन गरे स्वाहा। त्यो अवस्था छ। 

५० लाख भोट का आधार मा १५० सीट जित्ने बाटो खुला छ जनमत पार्टी का लागि। 






पारस





पारस शाहको नक्कल गरेपछि भरतमणि कमेडी च्याम्पियनको फाइनलमा, हेर्नुहोस् भिडियो
एमाले फुटाएर रिस्क लिएका माधव नेपाललाई प्रचण्ड र देउवाको उपहार
माधव नेपाललाई योगेश भट्टराईको जवाफ - 'आफैँसँग भएकालाई अध्यक्ष बनाएर देखाउनुस्'
माधुरी दीक्षितले एउटै गीतको लागि एक महिना प्रशिक्षण लिएकी थिईन
राष्ट्रपतिलाई भेटेर माधव नेपालले राखे तीन शर्त

माधव

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए । ...... मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति अध्यादेश जारी, निष्क्रिय र खारेज गर्ने संवैधानिक व्यवस्था छ । ..... थप पार्टी फुट्ने सम्भावना रोक्न अध्यादेश निष्क्रिय पार्न लागिएको बताइएको छ ।

अब पनि माधव नै निर्णायक निर्वाचन आयोगले वैधानिकता दिएसँगै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रतिनिधिसभा र राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ...... सरकारलाई स्पष्ट बहुमत पुर्‍याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने देखिन्छ । ...... नेपालको भूमिकालाई उच्च मूल्यांकन गर्दै शक्ति बाँडफाँडमा गठबन्धनले उनलाई प्राथमिकतामा राखेको छ । ....... माधव नेपालको नेकपा एकीकृत समाजवादी दर्ता भएसँगै उसका २३ सांसद थपिएर सत्तागठबन्धनमा एक सय ५३ सांसद पुगेका छन् । जुन स्पष्ट बहुमत हो । ......... एमाले विभाजन भएपछि विधेयकलगायत संसद्को काम अगाडि बढाउन गठबन्धनलाई सहज भएको छ । ....... राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि सरकारलाई चुनौती थियो । माधवको नयाँ दलले यो चुनौती हल भएको छ । ....... उनीहरूले वाम–लोकतान्त्रिक सहकार्य टुटेको अवस्थामा फेरि पनि संसद् विघटन भएर प्रतिगमन हुन सक्ने खतरा औँल्याउँदै आएका छन् । ..... गठबन्धनको सरकार रहेको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ को सरकारलाई बलियो बनाउने तथा बागमती र प्रदेश १ मा आफूअनुकूलको सरकार बनाउने गृहकार्य गठबन्धनको शीर्ष नेताहरूले गरेका छन् । प्रदेश १ मा माधवको पार्टीमा पाँच सांसद उभिँदा मात्रै पनि शेरधन राई नेतृत्वको सरकार अल्पमतमा पर्छ । बागमती प्रदेशमा दुई सांसद माधवको पार्टीमा आए मात्रै नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्छिन् । ....... गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ । ......

महन्थको दल सत्ता कि प्रतिपक्ष ?

..... लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भने । ........ तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा थुनेर, त्यहाँबाट ढोक्सेमा हालेर, त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर खन्याएको छ । ढोक्सेमा हालेपछि माछा उम्किन पाउँदैनन् । यो काम लोकतान्त्रिक हुन्छ ? वास्तवमा यो बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण काम हो । .......

दश प्रतिशतमा पनि झथ्र्यो, किन अलमलिनुभो थाहा छैन । उहाँहरूले सोझै कानुनमा माधव नेपालजीसँग जति सांसद हुनुहुन्छ, त्यति जना भए पुग्छ भनेर लेखेको भए सजिलो हुन्थ्यो । माधव नेपालजीले पार्टी विभाजन गरेपछि स्वतः रद्द हुने भन्ने कुरा पनि छुटेको छ । किनभने उहाँहरू आफ्नै पार्टीमा पहिरो नजाओस् भनेर थर्कमान हुनुहुन्छ ।

............. हिजो पो दाँत टाल्न जानुभो, सातौँ दिनसम्म के गर्नुभो ? ........ ................ हामी कम्युनिस्ट पार्टी निर्माणको अभियानमा सुरुदेखि नै लागेका हौँ । त्यसरी लाग्दै गर्दा

पुरानो पार्टीबाट विद्रोह गरेर नै नयाँ पार्टी बनाउँदै अगाडि बढिएको हो ।

नयाँ विचार र सोचका साथ हामी अगाडि बढ्यौँ र पुरातन विचारहरूलाई हामीले अस्वीकार गर्‍यौँ । ......... लोकतन्त्रको रक्षा गर्नेछौँ । सामाजिक न्याय, समानता र समानुपातिक रूपान्तणको बाटोमा अगाडि बढिरहनेछौँ । ........ केशवजंग रायमाझीमा सुधार होला भनेर ठान्दा त्यो पार्टी नै सडेर सकियो । उनीसँग विद्रोह गरेर पुष्पलालले नयाँ क्रान्तिकारी धारको पार्टी निर्माण गरेर अगाडि बढ्नुभएको थियो । त्यो पार्टीमा पनि विद्रोह गरेर हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मोहनविक्रमजीले पनि विद्रोह गरेर अर्को पार्टी बनाउनुभयो । त्यसपछि त्यहाँबाट पनि विद्रोह गरेर प्रचण्डजीले अर्को पार्टी बनाउनुभयो । ............. अहिले बाँकी रहेको एमालेमा चरम गुटवादी चिन्तन कायम छ । त्यो गुटको दायराबाट केपी ओली माथि उठ्न सक्ने अवस्था छैन । फराकिलो दृष्टिकोण, निर्णय र कार्यकर्ताको समुचित मूल्यांकन पनि छैन । उहाँले गुण र दोषका आधारमा मूल्यांकन र विश्लेषण गर्नुहुन्न । पार्टी सञ्चालन गर्न सक्नुहुन्न । गुट चलाउन मात्रै उहाँ माहिर हुनुहुन्छ । त्यहाँ बसेका साथीहरूले अनेकौँ हन्डर–ठक्कर खाएपछि उहाँहरूको चेत खुल्नेछ । .......... भ्रष्टाचार र अनियमितताको दलदलबाट जोगिँदै त्यसका विरुद्ध लड्नेछौँ । स्वच्छ छवि कायम गर्दै मुलुकलाई समाजवादको दिशामा लिने चिन्तन र सोचका साथ अघि बढ्नेछौँ । .......... चुनावी तालमेल सबैसँग हुन्छ भनेर अहिले नै भन्न सकिँदैन, तर तालमेल हुन्छ । को–कोसँग हुनेछ भन्ने कुरा समयक्रममा प्रस्ट हुँदै जानेछ ।




५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन गणतन्त्रका प्रधानमन्त्रीले हिजोका आलंकारिक राजाले झैँ विभिन्न संस्थाको नेतृत्व ओगटेका छन् जसले देशका कार्यकारीमाथि अनावश्यक बोझ मात्रै थपेको छ



पार्टीहरूको आन्तरिक कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन- नेपाल अब छिटोभन्दा छिटो हुन्छ



अमेरिकाको लुइजिआनामा १५० वर्षयताकै भयानक आँधीको चेतावनी

"के गर्दै छन् सीके राउत?"

के गर्दै छन् सीके राउत ? ६ महिनापछि हुने स्थानीय चुनावमा बलियो उपस्थिति जनाउन तल्लो तहसम्म संगठन विस्तार गर्ने र मधेसको विकासमा युवालाई समेट्ने रणनीति ...... पुराना माग र मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि मधेसमा जनमत पार्टीप्रति आकर्षण झन् बढेको दाबी ......... अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए । ......... २०७५ फागुन २४ मा खुला राजनीतिमा आएपछि उनको समूह मधेस राजनीतिको तेस्रो धार बन्न सक्ने आकलन गरिएको थियो । तर पछिल्लो समय राउत खासै चर्चामा छैनन् । राष्ट्रिय राजनीतिका मुद्दामा पनि उनका क्रिया–प्रतिक्रिया उति सुनिँदैनन् । ......... साढे दुई वर्ष अगाडि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका राउतले सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक गरेर आफ्नो नेतृत्वमा २०७५ चैत ४ मा जनमत पार्टी गठन गरेका थिए । त्यसअघि उनी स्वतन्त्र मधेस गठबन्धनका नाममा राजनीति गर्थे । ....... उक्त पार्टीको गत चैत अन्तिम साता भएको महाधिवेशनले राउतलाई निर्विरोध अध्यक्ष चुनेको थियो । मूलधारमा आएपछि ओझेलमा परेको र पुराना कार्यकर्ताले पार्टी छाडेको चर्चा मधेसको राजनीतिक क्षेत्रमा भइरहेको छ । पहिले विखण्डनको पाठ रटाएका आफ्ना युवा पंक्तिलाई अहिले सम्झाउन राउतका लागि चुनौती रहेको विश्लेषकको बुझाइ छ । जनमत पार्टीका नेताहरू भने संगठन विस्तारमा केन्द्रित भइरहेको बताउने गरेका छन् । ........ जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनाव नजिकिँदै गरेका पार्टीको आन्तरिक गृहकार्यमा आफूहरू लागेको बताए । ‘अबको ६ महिनापछि स्थानीय चुनावको वातावरण बन्न थाल्छ,’ कान्तिपुरसँग फोनमा महासचिव सिंहले फोनमा भने, ‘त्यसपछि अरू चुनाव पनि हुन्छन् । त्यहीअनुसार संगठनको तयारी भइरहेको छ ।

प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’

उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने । ................ ‘हामीसँग पढेलेखेका हजारौं युवाको जमात छ । ........ ‘हामीसँग विदेशमा पढेर, काम गरेर फर्केका युवा छन् । विदेशमै बसेका पनि छन् । .......... जनमत पार्टीका पूर्वकेन्द्रीय सदस्य सञ्जय साहले पुराना मुद्दा छाडेपछि कृपावाद हाबी हुनाले २०७७ जेठमा आफूलगायत ७ केन्द्रीय सदस्यले पार्टी छाडेको बताए । त्यतिबेला पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति थियो । ‘जेलनेल भोगेका कार्यकर्तालाई पाखा लगाएर नातावाद र जातिवादका आधारमा कार्यकारिणी समिति निर्माण हुन थालेपछि हामीले राजीनामा दियौं,’ उनले भने, ‘ग्रासरुटमा काम गर्ने कार्यकर्ताको मूल्यांकन छैन । जनता राज ल्याउने नारा भए पनि गतिविधिचाहिँ अन्य पार्टीजस्तै छ ।’ उनले राउतले नेतृत्व गरेको अभियानमा आफू २०७१ सालमा सामेल भएको जानकारी दिए । २०७७ चैत २८ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो ।

२५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।

.............. गत वैशाख ९ र १० मा धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचारप्रसारका कार्यक्रम वडा स्तरसम्म चलाउने निर्णय गरेको थियो । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइने निर्णय पनि गरिएको थियो । पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर गाउँघर सरसफाइ कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकलगायत सञ्चालन गर्ने पनि उक्त पार्टीको निर्णय छ ।

हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको थियो ।

........... जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’ ........ राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।






The Taliban, not the West, won Afghanistan’s technological war The US-led coalition had more firepower, more equipment, and more money. But it was the Taliban that gained most from technological progress. ........ Despite their terrible human costs—or perhaps because of them—wars are often times of technological innovation. The Napoleonic Wars brought us canned goods; the American Civil War drove the development of submarines. The Second World War, meanwhile, began with biplanes, cavalry charges, and horse-drawn wagons but ended with radar, V2 rockets, jet fighters, and atomic bombs. (Perhaps most fundamentally, via the breaking of German codes at Bletchley Park, the war also ushered in the start of the computing revolution.) ........

If wars are fought through innovation, the Taliban won.

.......... The Taliban, meanwhile, made some huge leaps. They began this war with AK-47s and other simple, conventional weapons, but today they have harnessed mobile telephony and the internet—not just to improve their weapons and their command-and-control systems, but even more crucially, to carry out their strategic communications and their influence operations. .......... While the bulk of their fighting equipment has remained simple and easy to maintain (often no more than a Kalashnikov, some ammunition, a radio, and a headscarf), they have had to seek out new technology from other insurgent groups or develop their own. .........

One key example: roadside bombs, or IEDs. These simple weapons caused more allied casualties than any other.

Originally activated by pressure plates, like mines, they had evolved by the midpoint of the war so that the Taliban could set them off with mobile phones from anywhere with a cell signal. ............ But the real technological advance for the Taliban took place at the strategic level. Acutely aware of their past shortcomings, they have attempted to overcome the weaknesses of their previous stint in government. Between 1996 and 2001, they preferred to be reclusive, and there was only one known photo of their leader, Mullah Omar. Since then, though, the Taliban have developed a sophisticated public affairs team, harnessing social media domestically and abroad. IED attacks would usually be recorded by mobile phone and uploaded to one of the many Taliban Twitter feeds to help with recruitment, fundraising, and morale. Another example is the technique of automatically scraping social media for key phrases like “ISI support”—referring to Pakistan’s security service, which has a relationship with the Taliban—and then unleashing an army of online bots to send messages that attempt to refashion the image of the movement. .............. The West’s overarching military priority has been elsewhere: in the battle between greater powers. Technologically, that means investing in hypersonic missiles to match those of China or Russia, for instance, or in military artificial intelligence to try outwitting them. ............ even rudimentary weapons can carry the day in the hands of motivated, patient humans who are prepared—and able—to make whatever progress is required. ......... the battlefields of tomorrow might look a lot like Afghanistan: we will see fewer purely technological conflicts that are won by the military with the greatest firepower, and more old and new technologies fielded side by side. It already looks that way in conflicts such as the one between Armenia and Azerbaijan, and the pattern is one we may see more over time. Technology may not win wars anymore, but innovation can—particularly if one side is fighting an existential battle.


Saturday, August 28, 2021

YouTube: August 28 (2)

मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छ?

पहाड़ मा जसपा मा नया शक्ति मिस्सिएर ठाउँ ठाउँ मा उम्मेदवारी दिने सम्म को हैसियत बनेको हो। होइन भने एक्लै लड़दा बाबुराम सुद्धा हार्ने अवस्था हो। त्यही एक ठाउँ भए पनि जित्न प्रचंड-माधव को जाल मा जसपा लाई फँसाउने बाबुराम को बाध्यता हो। तर प्रचंड का लागि जसपा ले पार्टी एकीकरण गरे महत्व हो होइन भने चुनावी गठबंधन का नाम मा ठग्ने प्रयास मात्र हुनेछ। त्यही गठबंधन ले गर्दा जसपा को राष्ट्रिय पार्टी स्टेटस समाप्त हुने ठुलो संभावना छ। 

जसपा फोड्ने प्रथम धक्का महंथ-राजेंद्र ले दिएको हुन सक्छ। ओली सँग मुद्दा को आधार मा सहकार्य राम्रो रणनीति यदि थियो भने त्यस मा समस्त पार्टी लाई एक ढिक्का बनाएर लानु को साटो उपेंद्र यादव लाई बिलकुल माइनस गरेर लाने प्रयास भयो। जसपा फोड्ने अंतिम धक्का तर उपेंद्र यादव को हो। बड़प्पन देखाउनुपर्ने समय मा कन्जुस्याइँ गरे। पार्टी फुट्यो। 

मिथिला र भोजपुरा मात्र मधेस होइन। अवध के त? तर हृदयेश त्रिपाठी को सही समायोजन भएन। भन्ने ले त्रिपाठी लाई माइनस नगरे सम्म राजपा र सपा एक हुनु नै संभव थिएन पनि भन्छन। 

जसपा, लोसपा, नेसपा। हृदयेश त्रिपाठी को नेपाल समाजवादी पार्टी ले देश मा तीन प्रतिशत मत बटुलेर राष्ट्रिय पार्टी कसरी बन्छ मलाई हिसाब गर्न गारहो भइरहेको छ। 

लोसपा प्रति ओली को कुनै आकर्षण देखिँदैन। एक्लै लोसपा लाई गारहो छ। राष्ट्रिय पार्टी पनि बन्न गारहो छ। बनिहालेछ भने पनि सीट नगण्य आउला। 

जसपा पनि कमजोर अवस्था मा छ। ओली को दाजु हो देउबा। त्यो देउबा को पुच्छर बनेर उपेंद्र यादव कता पुगलान? ओली ले संसद विगठन गरे, देउबा ले त देश नै ज्ञानेंद्र लाई सुम्पे। फेरि यो जसपा फोड्ने अध्यादेश। चुइँक्क नबोलेसम्म मात्र गठबंधन मा ठाउँ हो उपेन्द्र यादव लाई। 

बाबुराम सँग एकीकरण नगरेको भए ओली ले मंत्रीमंडल बाट ननिकाल्ने उपेंद्र जी लाई। आफ्नो पार्टी अध्यक्ष छ सत्ता मा अनि ओली को विरुद्ध विष बमन गर्दै बसेका बाबुराम। ओली ले लगाए घोक्रेठयाक। अहिले बाबुराम ले भारत लाई त्यसरी नै चिढाएको अवस्था छ। भाजपा का विदेश विभाग प्रमुख ले काठमाण्डु मा सबैलाई भेटे, उपेन्द्र र बाबुराम बाहेक। 

नेसपा, लोसपा, जसपा तीन वटै ले राष्ट्रिय पार्टी स्टेटस गुमाउने संभावना पनि छ। 

त्यों खाली ठाउँ मा तर आउने को? नेसपा, लोसपा, जसपा तीन वटै राष्ट्रिय पार्टी नबन्ने र निधि कांग्रेस सभापति नबने त्यो खाली ठाउँ मा जनमत पार्टी आउने ठुलो संभावना रहन्छ। तर आज को जनमत पार्टी ले समाउन सक्ने तीन मुद्दा मध्ये एक पनि कस्सिएर नसमाएको अवस्था मा भाइ फुटे गँवार लुटे को अवस्था नै पनि आउन सक्छ। मधेस आंदोलन कमजोर हुन सक्छ। 

तर जसपा र लोसपा मुद्दा मा अडिग भएर संविधान संसोधन मा लागिपर्ने हो भने, त्यस का लागि जसपा ले सत्ता लाई र लोसपा ले ओली लाई ल्याउने प्रयास गरेर सफल भए जसपा र लोसपा बीचको मनोमालिन्य घट्न सक्छ। नेसपा ले भोट काटन पो लाग्यो भनेर लोसपा ले नेसपा सँग सम्मानजनक एकीकरण को पहल गर्न पनि सक्छ। 

तर संविधान संसोधन को मुद्दा मा ठगिने संभावना पनि छ। देउबा ले पार्टी फोडिदिंदा चुइँक्क नबोल्ने उपेंद्र यादव ले त्यही देउबा सँग संविधान संसोधन का लागि निर्धक्क बोललान भन्न सकिन्न। 

मधेस आन्दोलन गारहो अवस्था मा छ। 

छोटो उत्तर: मधेस मा चार पाँच वटा राष्ट्रिय मधेसी पार्टी हरु का लागि ठाउँ छैन। 







नेपाल समाजवादी पार्टी, हृदयेश त्रिपाठी

‘नेपाल समाजवादी पार्टी’ खोल्ने तयारी गर्दै त्रिपाठी

हृदयेश त्रिपाठी समूहले तत्काल नयाँ पार्टी खोल्दै त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन्। ...... त्रिपाठीले नयाँ पार्टी खोल्ने घोषणा गरे पनि उनका समूहका नेताहरू भने यसबारेमा आफू जानकार नभएको बताउँछन्। नयाँ पार्टी खोल्ने विषयमा आफूलाई थाहा नभएको त्रिपाठी समूहका नेता बिज्रेश गुप्ताले बताए। यसैगरी अर्का नेता अजय शाहीले पनि नयाँ पार्टी खोल्ने विषयमा आफू जानकार नभएको बताए। ‘नयाँ पार्टी खोल्ने तयारी हुँदैछ भनेर मैले पनि मिडियाबाट सुने तर यसबारेमा म जानकार छैन,’ उनले भने।



प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर! विगतमा प्रदेश १ मा माधवकुमार नेपाल समूह दह्रो देखिएको भए पनि पार्टी फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि भने न्यून संख्यामा मात्रै सांसदहरू एकीकृत समाजवादीमा जाने देखिएको छ। प्रदेश १ मा माधव नेपाल समूहका केन्द्रीय नेताहरू नै खेमा परिवर्तन गरी ओली पक्षमा लागेपछि माधव नेपाल पक्ष कमजोर बनेको हो। ...... विशेष त प्रदेश १ मा दुई कारणले माधव नेपाल समूहको बर्चस्व गुमेको विश्लेषकहरू बताउँछन्। एउटा कारण माधव नेपाल प्रचण्ड समूहसँग नजिक हुनु र अर्को कारण सुर्य चिन्ह ओली पक्षले पाउनु। ........ पार्टी विभाजनकै कारण संघीय सरकारबाट सत्ताच्युत भएको एमाले प्रदेश १ को सत्ताबाट समेत च्युत हुने अवस्थामा पुगेको छ।

उपेन्द्र यादवको टिप्पणीः ओली र ठाकुर समूह सत्ताच्यूत भएर जनतामा नांगिए यादवले भने, 'पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं।' ..... उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे। ...... अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन्। 'समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोकेपनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो', उनले भने।



महेन्द्रको ‘रहस्यमय’ मृत्यु २०२४ सालमा पहिलोपटक मुटुमा समस्या देखिएपछि ब्रिटेनको अस्पतालमा सघन उपचार गरेर फर्किएका राजा महेन्द्रलाई पाकिस्तान विभाजनपछि बंगलादेश नामको राष्ट्र बनाइएको घटनाले चिन्तित तुल्याएको पाइन्छ। ..........

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपाल तराई टुक्र्याउने योजना बनाएको दिल्लीको गुप्तचर अड्डा ‘अनुसन्धान तथा विश्लेषण ब्युरो’ (रअ) का पुराना अधिकृत एके यादव लगायतले पुस्तकमा लेखेका छन्।

भारतमा बनेको डिजाइन अनुसार नेपाल, श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश (पहिलेको पूर्वी पाकिस्तान) आदिलाई आफ्नो सुरक्षा छातामा राख्ने योजना असफल बनाउन भारतको दृष्टिमा राजा महेन्द्र ठूला ‘खलनायक’ थिए। त्यसैले उनको जीवन रहुन्जेल नेपाल टुक्र्याउन वा अस्तित्वहीन गराउन सम्भव छैन भन्ने इन्दिरा गान्धीलाई थाहा थियो। .......... २०२८ माघ ३ देखि राजा महेन्द्र चितवनको दियालो बंगलामा बसेका थिए। उनको स्वास्थ्य स्थिति सामान्य थियो। कविता लेख्ने, गीत गुनगुनाउने, ठट्टा–रमाइलो गर्ने, स्थानीय बासिन्दासँग भेट्ने, यदाकदा सिकार खेल्ने र मिनी दरबारको बार्दलीबाट नारायणी नदी हेर्दै रमाइरहेका थिए उनी। एक दिन सिकार खेलेर फर्केका महेन्द्रलाई राति छाती दुखेर छटपटी भयो। राजा महेन्द्रको उपचारमा संलग्न डा. सुशीलचन्द्र हल्डरले मुुटु दुख्ने र केही बिसेक हुने क्रम चलिरहेका बेला दिल्लीबाट आएका चिकित्सक एमएल भाटिया समेतले राजाको उपचार गरेको लेखेका छन्, (महेन्द्र स्मृति ग्रन्थ, पृष्ठ ८४२)। ......... ऊबेला राजाको उपचारमा संलग्न डा. मृगेन्द्रराज पाण्डे समेत विवादमा परे। दरबारभित्र उनले स्पष्टीकरण दिनुप¥यो। दरबारसँग पुरानो सम्बन्ध रहेका मृगेन्द्रराज पाण्डेले आफू निर्दोष भएको बताएका छन्। उपचारमा संलग्न डा. सच्चेकुमार पहाडी र डा. मृगेन्द्रराज पाण्डेले हृदयाघातकै कारण राजा महेन्द्रको मृत्यु भएको बताए पनि भारतीय डाक्टर भाटिया चितवन पुगेर उपचारमा संलग्न भएपछि राजाको स्वास्थ्य झन् जटिल हुनु ‘रहस्यमय’ मान्ने पनि छन्। ........... राजा त्रिभुवनका पालामा २००८ देखि २०११ चैतसम्म मन्त्रिपरिषद्को बैठकमा ‘सल्लाहकार’ बनेका गोविन्दनारायण सिंहजस्ता भारतीयलाई हटाए महेन्द्रले। भारतीयले नेपालको उत्तरी सिमानामा राखेका २६ वटा सैनिक क्याम्प फिर्ता पठाए महेन्द्रले। भारतीय मुद्रा र भारतीय पाठ्यक्रम (पुस्तक) रोके उनले। नेपाल नेपालीकै मात्र हो, अरूको हक लाग्दैन भने उनले। नेपाली सेनालाई आत्मनिर्भर र बलियो बनाउन २०२२ सालमा ‘प्यारा’ गुल्म स्थापना गरे। २०२५ सालमा प्यारा फौजमा वृद्धि गरेर ‘प्यारा ओभर अल कमान्ड’ स्थापना गर्न राजा महेन्द्रको ठूलो योगदान रहेको पूर्वप्रधानसेनापति किरण शमशेरले लेखेका छन्। २०१४ सालदेखि ब्रिटेन, अमेरिका, फ्रान्स, जर्मनी, मलेसिया र भारत पठाएर महेन्द्रले सैनिक अधिकृृतलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिने प्रबन्ध मिलाए। २०२१ सालमा उनले सेनाको नफ्रीमा वृद्धि गरे। ............ राणाकालकै जंगी ऐनले चलेको सेनालाई आधुनिक बनाउन २०१६ सालमा सैनिक ऐन ल्याए। भर्ना, निवृत्तिभरण, पदोन्नति, बिदा आदि पारदर्शी बनाइयो। संयुक्त राष्ट्रसंघमार्फत नेपालको सैनिक कूटनीतिको व्याख्या र कार्यान्वयनका लागि मेजर जनरल पद्मबहादुर खत्रीलाई संयुक्त राष्ट्रसंघमा स्थायी प्रतिनिधि नियुक्त गरियो। प्रभावशाली राष्ट्रमा अलि बढी क्षमता भएका सुयोग्य राजदूत भए। नेपालको यो सम्पूर्ण क्रियाकलाप हेरेपछि नेपालको परराष्ट्र र रक्षा मामिला हातमा लिने भारतीय चाहनामा आघात पुग्यो। त्यसैले उपचारको बहानामा आएका भारतीयले नै कतै राजा महेन्द्रलाई मन्दविष दिएका त थिएनन् भनेर महेन्द्रका हितैषीहरू शंका गर्छन्। .......... नेपाल भारतकै छत्रछायामा रहोस् भन्ने दिल्लीका शासक चाहन्थे।यो बुझेका महेन्द्रले नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए। नेपाल ५३ राष्ट्रसँग कूटनीतिक रूपमा गाँसियो। अन्तर्राष्ट्रिय संघसंस्थाको सदस्य भयो। चीनका नेता माओसँग प्रगाढ सम्बन्ध बनाए महेन्द्रले। काठमाडौंबाट चीनसम्म छुने राजमार्ग (अरनिको राजमार्ग) बनाए। मेची–महाकाली जोड्ने राजमार्ग, आफ्नै विश्वविद्यालय, हजारौँ स्कुल–कलेज बनाए। नेपालमा विश्वका नामी र धनी राष्ट्र बोलाएर अर्बौं रूपैयाँको लगानी गराए।

भारत छक्क पर्‍यो।

...... दलहरूलाई प्रतिबन्ध लगाएका महेन्द्रले २०२८ फागुन ७ गते बहुदलीय व्यवस्था लागू गर्ने तयारी गरिरहेको कुरा तुलसी गिरी, कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र श्रीभद्र शर्माले बताएका छन्। बहुदलीय व्यवस्थाको नेतृत्व गर्न महेन्द्रले बिपीलाई पत्र पठाएका थिए। सो पत्र लिएर श्रीभद्र शर्मा भारतको सारनाथ पुगेका थिए। राजा महेन्द्रले गुप्त रूपमा के गर्दै छन् भन्ने कुरा दरबारका केही कर्मचारीले भारतीय दूतावासमा रिपार्ट गर्ने गरेको बताउँछन्, कतिपय पुराना मान्छेहरू। २०२८ माघ १० गते चितवनमा भएको मन्त्रिपरिषद्को बैठकले बहुदलीय व्यवस्था घोषणाको निर्णय गर्ने निश्चित जस्तै थियो। ............ भारतका पक्षमा जासुसी गर्ने एक–दुई मन्त्रीले यसबारे आशंका र प्रश्न उठाएपछि राजाले रिसाएर ‘माघ १७ को क्याबिनेटमा म अन्तिम निर्णय गर्छु। राष्ट्र चलाउन सबै दलको सहायता चाहिन्छ’ भन्दै बैठक स्थगित गरे। सबैलाई समेटेर राष्ट्रवाद र प्रजातन्त्र बलियो बनाउन खोज्ने राजा महेन्द्रको चिन्तन स्वागतयोग्य थियो।यसो गर्दा, भारतलगायत कुनै पनि राष्ट्रको षड्यन्त्र रोक्न मद्दत पुग्ने उनको धारणा थियो।

रहस्यको कुरा, २०२८ माघ १६ गते राति नै महेन्द्रको मृत्यु भयो। माघ १७ का दिन बहुदलीय व्यवस्थालाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउने उनको सपना सार्थक हुन पाएन।

........... २०१७ सालको घटनापछि ब्रिटेनकी महारानी एलिजाबेथ (द्वितीय) नेपाल भ्रमणमा आइन्।यो ठूलो कूटनीतिक सफलता थियो, महेन्द्रको। नेपाल भारतको संरक्षित क्षेत्र होइन भन्ने विश्वले चाल पायो। त्यसपछि भारत निकै चिढियो। भारतीय भूमिमा केही व्यक्तिलाई पालेर नेपाललाई दुःख दिने काम भइरह्यो। तर महेन्द्र झुकेनन्। .......... महेन्द्रले दिल्लीमा इन्दिरा गान्धीसँग संवाद गर्दा उनले प्रश्न गरिछन्, ‘नेपालले तराईमा मेची–महाकाली जोड्ने राजमार्ग बनाउँदा सुरुमा भारतको स्वीकृति लिनुपथ्र्यो।’ महेन्द्रले प्रश्न गरेछन्– ‘महामहिम, हाम्रो भूमिमा केही गर्न तपाईंको स्वीकृति किन चाहिन्छ ? मैले बुझ्न सकिनँ।’ ......... इन्दिरा बोलिन्– ‘पहाडमा जे गरे पनि तपाईंको खुसी। समथर भागमा भारतलाई सोध्नु राम्रो।’ महेन्द्रले इन्दिरा गान्धीको रक्षाका लागि खटिएका गोर्खाली सैनिकको टोपीमा अंकित खुकुरी देखाउँदै भनेछन्– ‘समथर देखिने ठाउँजति तपाईंको हो भने जो शिरमा खुकुरी चिह्न लिएर उभिएको हुन्छ, के त्यहाँसम्म नेपाल हुन्छ त ?’ इन्दिरा निरुत्तर भइन्। दिल्लीका पत्रकारले यस्तै प्रश्न गर्दा ‘आकारले राष्ट्र ठूलो–सानो हुने भए माहुते ठूलो हुन्छ कि हात्ती ठूलो हुन्छ भन्ने प्रश्नबारे छलफल हुनुपर्छ’ भनिदिए। ............. भारतका केही सीमित नेताले मन नपराए पनि राष्ट्रपति सर्वपल्ली राधाकृष्णन, प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद, लेखक तथा कवि हरिवंश राय बच्चन, कूटनीतिज्ञ महाराजकृष्ण रसगोत्र, रोमेश भण्डारीलगायत धेरैले महेन्द्रलाई उच्चकोटिको व्यक्तित्व भनेका छन्।


समाजवादीमा मन्त्री छान्नै सकस ६ कोटामा १० जनाको दौडधुप ......... प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ६ मन्त्री दिने र आवश्यक परे दुईवटा मन्त्रालय थप्न सकिने बताएपछि पार्टीभित्र मन्त्री बन्ने दौडधुप तीव्र भएको हो। मन्त्री बन्ने दौडमा वामदेव गौतम पत्नी तुलसा थापादेखि सांसद नभएका नेतासमेत सहभागी छन्। ....... पार्टीभित्रैको एउटा खेमा नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री बनाएर पठाउने लविङमा लागिरहेका बेला झाँक्री स्वयंले पनि मन्त्री बन्ने इच्छा देखाएको ती नेताले बताए ।

समाजवादी पार्टी जति खुलेपनि समाजवादी केन्द्र जसपा नै हो : यादव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनितिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढदै गएको प्रति खुसी व्यक्त गरेका छन् । ...... अध्यक्ष यादवले जसपाका नेता अशोक रायले तत्कालिन समयमा आफनो दलको नाम समाजवादी पार्टी राखेको र आफुहरुसंग मिलेर संघिय समाजवादी फोरम नेपाल बनेपछि हरेक दलले आफनो नाममा समाजवादी शब्द राख्न थालेको बताए । ...... नेपालको सप्तरी स्थित बरमझियामा पेडा पसल जस्तै एकै नामले अनेकन पार्टी खुल्ने गरेको भएपनि समाजवादको केन्द्र जसपा मात्र रहेको बताए । नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै उनले नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको बताएका छन् । ....... भदौ देखि मंसिर सम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद भेटने उनले बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको चेतावनी थियो । देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने उनको तर्क छ । ..... कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानिय प्रदेश र संघ सरकारका जनप्रतिनिधीहरुको उपस्थिती रहेको छ ।



जसपा अध्यक्ष यादवको कार्यक्रम स्थल बाहिर शहिद र घाइते परिवारको विरोध

मेयर लालकिशोरले भने, ‘स्वामी र गुलामको गद्दी अव चल्दैन, उपेन्द्र यादवको नेतृत्वमा जनकपुरमा नयाँ श्रृखंला’ समुदघाटन कार्यक्रमको पहिलो वक्ता जनकपुरधामका मेयर लालकिशोर साहले ओलीलाई स्वामी र उनका सहयोगीहरुलाई गुलामको संकेत गर्दै स्वामीको गद्दी अव नचल्ने बताए ।

दुईदिन देखिको अविरल झरीले तराई मधेशमा बाढी र डुबान
प्रचण्ड र नेपालको पार्टी बिच एकिकरण हुने निश्चित

Facebook: August 28