Saturday, November 28, 2015

के काठमाण्डु उपत्यका लाई तीन प्रदेश मा विभाजन गर्न सकिन्छ?

के काठमाण्डु उपत्यका लाई तीन प्रदेश मा विभाजन गर्न सकिन्छ? एक भाग तामांग प्रदेश, एक भाग नेवार प्रदेश, एक भाग सिन्धुली रामेछाप समेटने गरी बाहुन प्रदेश गर्न सकिन्छ? गर्ने प्रयास त गरिएको छैन। किनभने सारा उपत्यका एउटै economic unit हो भन्ने कुराको आदर गरिएको छ।

ठीक त्यसै गरी एक मधेस दो प्रदेश किन भन्दा त्यो दुई वटा स्पष्ट economic unit हरु हुन। ताप्लेजुंग का मानिस किन झापा पुगे? गोरखा बाट किन चितवन पुगे? डोटी बाट किन कंचनपुर पुगे? त्यो त बिहार बाट गुजरात पुगे जस्तो हो। अनि बिहारी ले गुजरात पुगे पछि गुजरात को नक्शा नै फेर्छु भन्ने?

एक मधेस दो प्रदेश मा जाने भनिएको संघीयता हो। संघीयता मधेसी र थारु का लागि चाहिएको हो। आरक्षण खस लाई चाहिएको होइन। खस लाई त सिङ्गै केंद्र सरकार छ। त्यस केंद्र सरकार मा खस को ठाउँ बरु घटाउनु पर्ने छ। त्यस कारण आरक्षण गैर खस का लागि मात्र हुन सक्छ।

त्यस कारण संघीयता को सीमांकन मा एक मधेस कति प्रदेश को छलफल मा झापा अथवा कंचनपुर का खस बारे गफ नै हुँदैन। त्यसकै अर्को पक्ष छ। एक मधेस दुई प्रदेश कोरे पछि राउटे चेपांग लाई विशेष क्षेत्र बनाउने कुरा छ। त्यहाँ गएर गोवार हरुले खोइ हामीलाई विशेष क्षेत्र भन्न थाले भने यो गोवार ले खस ले जस्तै उलटाफुलटा बोल्न थाल्यो भन्ने हुन्छ। अरे बाबा, त्यत्रो त्यो मधेस प्रदेश बन्यो तिम्रो लागि। यो विशेष क्षेत्र तिम्रो लागि हुँदै होइन। जाउ बरु उता गएर दही च्युरा खाऊ, जीउ डाल बनाउ।

महिला लाई एक तिहाई भन्ने छ। राम्रो। त्यहाँ गएर सिंग तोडेर पुरुष लाई पनि एक तिहाई, के पुरुष लिंग होइन भनेर कसैले भन्यो भने के भन्ने? खस ले त्यही त भनेको छ संघीयता र समावेशीता मा। खस ले २५० वर्ष बदमाशी गरेको ले नै संघीयता र समावेशीता मा जानुपरेको। ज्ञानेन्द्र ले गणतंत्र मा आफ्नो रोल खोज्न मिल्छ? गणतंत्र मा गयौ ठीकै छ, तर मलाई कमसेकम अंचलाधीश भए पनि देउ भन्न मिल्छ? अझ मलाई आजीवन राष्ट्रपति बनाउ भन्न मिल्छ? ज्ञानेन्द्र लाई आजीवन राष्ट्रपति नै बनाउनु छ भने राजतन्त्र मास्नु नै किन पर्यो? खस ले आजीवन आफुलाई राष्ट्रपति बनाउने संविधान पास गरेको छ। संघीयता र समावेशीता आफ्नो लागि लेखेको छ।

त्यस कारण एक मधेस कति प्रदेश को छलफल मा कुन जिल्ला मा खस कति प्रतिशत छ भन्ने कुरा नै आउँदैन। शत प्रतिशत खस भएको जिल्ला छ भने पनि त्यो एक मधेस दो प्रदेश मा जान्छ। किनभने मधेस भुगोल हो। मधेस एउटा economic unit हो काठमाण्डु जस्तो।

संघीयता पछिको मुद्दा आर्थिक क्रांति हो। आर्थिक क्रांति लाई नै डिस्टर्ब गर्ने किसिमले सीमांकन गर्न पाइँदैन।




No comments: