Thursday, November 26, 2015

In The News (65)



ब्ल्याकको पेट्रोलले बिग्रन थाले मोटरसाइकल
एकिकृत नेपाल भित्र सम्वृद्ध मधेस: झा
मधेस र भारत जहा जादा पनि अब मधेस छुट्टै देश कहिले बन्छ भन्ने प्रश्न ओइरिन थालेको भन्दै उनले अब नेता कार्यकर्ताको धेर्यको बाँध टुट्न थालेको बताए । त्यस्ले मधेस र मधेसी जनतामा विद्रोहको भावना कडा रुपमा आउन थालेको बताए । उनले गाउँ–गाउँबाट मधेसी जनताले मधेसको माग परिवर्तन गर्न नेतालाई दबाब दिए पनि तत्काल नेताहरु चुपचाप बस्नुलाई कमजोरी नठान्न आग्रह गरे । त्यो कमजोरी एकिकृत नेपाललाई नै सम्वृद्ध गर्न सहयोगी भएको बताए । संसदबाट छिट्टै मधेसको माग पुरा गरेर निकास दिनु नै राम्रो विकल्प भएको बताए ।


उपेन्द्र यादव भन्छन्,‘कि भारतसँग युद्ध गर, कि कुर्सी छाड’



कोलकाता पोर्टमा १० दिनदेखि जाँचपास बन्द
कोलकाता पोर्टबाट १० दिनदेखि नेपाल आउने कन्टेनरहरूको जाँच पास हुन सकेको छैन। त्यहाँ क्लियरिङ एजेन्टले कागजी काम गरेका छैनन् भने ट्रान्सपोर्ट कम्पनीले मालवस्तु ढुवानी गर्न मानेका छैनन्। ...... महँगो भाडा र चर्को विलम्ब शुल्कको उद्योगी व्यवसायीको ढाड सेकिएको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत बताउँछन्।

यस्तै अवस्था केही दिन रहने हो भने कोलकाता पोर्टमा नै सामान छोडेर धेरै जना भाग्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

..... ‘कोलकाताबाट हिँडेको २५ दिन भयो, ५ दिनमा आइपुग्ने अहिले चालकसँग सम्पर्क पनि हुन छोड्यो,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी उद्योग चल्न सक्छ।’.... ‘अहिले एक दिन बढीमा डेढ सयसम्म गाडी यो नाकाबाट आइरहेका छन्,’ संघका अध्यक्ष सारडाले भने, ‘दैनिक ३ सय गाडी पास हुने हो भने मात्र पारी धेरै बस्नु पर्दैन।
विकास रोकिएकामा दाता चिन्तित
आर्थिक संकटकाल घोषणा गर्न माग

No comments: