Sunday, November 22, 2015

मौका मा चौका हान्ने बेला: नया शक्ति अभियान ले मधेसी पार्टी हरु एकीकरण गर्ने

नेपाली जनता पार्टी को नाम मा बाबुराम को समुह/भीड़ लगायत सम्पुर्ण मधेसी पार्टी हरु (मधेसी मोर्चा मात्र होइन कि हामीलाई मधेसी मोर्चा मा किन छिर्न नदिएको भनेर अनिल जस्ता गुनासोग्रस्त सबै) एक ढिक्का भएर एउटै पार्टी निर्माण गर्ने उत्तम बेला हो यो। संघीय गठबंधन का जनजाति पार्टी हरु पनि। एउटै एकीकृत पार्टी निर्माण नेता हरुको काम हो। त्यति काम गरे पछि अनि जनताले जनता ले गर्नु पर्ने काम गर्छ। ढयाप्प ढयाप्प।

सर्वमान्य नेता महंथ, अध्यक्ष उपेन्द्र (होइन भने पुर्वी तराई का गोवार हरु सम्हालन गार्हो हुन्छ), संसदीय दलको नेता र पार्टी महासचिव बाबुराम। त्यस प्रकारले शायद जान सकिन्छ। म पाँच माओवादी पार्टी छु भने ती सबै विगठन गरेर बाबुराम को पार्टी मा आइपुग्ने।

मोर्चाबंदी भन्दा पार्टी एकीकरण धेरै गुणा राम्रो कदम हो गर्न सके।




मधेस आन्दोलनको १०० दिनमा मोर्चाका नेता नयाँ शक्ति अभियानमा (फोटो फिचर)
पूर्वएमाओवादी नेता बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा गर्ने उद्देश्यले सुरु गरेको ‘नयाँ शक्ति अभियान’मा मोर्चाका दुई शीर्ष नेता देखिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौंको चाबहिलस्थित एक पार्टी प्यालेसमा भएको ‘नयाँ शक्ति अभियान’मा देखिए । ..... ठाकुर र यादवलाई सम्बोधन गर्न पनि दिइयो । ....... त्यसो त यादवको पार्टीसँग एकता गर्ने तयारी भएको समाचार कान्तिपुर दैनिकमा आइतबार नै छापिएको थियो । ...... समाचारलाई पुष्ट्याईं गर्दै यादवले धेरै विषयमा भट्टराईसँग आफ्नो विचार मिल्ने भन्दै कार्यगत एकता हुने घोषणा गरे । पार्टी एकताको चरणबारे भने उनले अरु बोल्न चाहेनन् ।
बाबुराम, उपेन्द्र–अशोकबीच पार्टी एकताको तयारी
पुसमा मोर्चाबन्दी, फागुनमा जनकपुरबाट नयाँ पार्टी घोषणा हुने
तीन समुदायका तीन नेता पालैपालो अध्यक्ष हुने
नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको तयारी थालेका छन् । आइतबार राजधानीमा देशव्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् । ...... ‘उपेन्द्र यादवजी र राजेन्द्र श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ, आइतबार राष्ट्रिय भेलापछाडि देशैभरि नयाँ शक्तिको अभियान चलाउँछौं । पुसमा फोरमसँग मोर्चाबन्दी हुन्छ,’ भट्टराईनिकट उच्च स्रोतले भन्यो, ‘फागुनमा पार्टी एकता हुन्छ ।’ ..... नयाँ शक्तिमा अरू दल र मोर्चासमेत सहभागी हुने भए पनि तीन समुदाय मधेस, जनजाति र खसआर्यका तर्फबाट क्रमश: यादव, अशोक राई र भट्टराईले नयाँ शक्तिलाई नेतृत्व दिनेसमेत स्रोतले जनाएको छ । जनकपुरमा कान्तिपुरसँग कुरा गर्दै भट्टराईनिकट अर्का नेताले भने, ‘मधेसमा हाम्रो पक्षमा माहोल बढेको देखिएकाले संघीयताको सन्देशसमेत दिन

जनकपुरकै बाह्रबिघामा बृहत् सम्मेलन गरी पार्टी एकताको घोषणा हुनेछ ।’

..... एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय विपक्षी मोर्चाबाट निस्कँदै संविधानको बाटो समाएपछि यादव र भट्टराईबीच दिनहुँजसो सम्पर्क हुने गरेको थियो । असोज ९ गते राजीनामा दिनेबित्तिकै भट्टराई जनकपुर आएका थिए । ..... भट्टराईको अभियानमा साथ दिँदै सबभन्दा पहिले एमाओवादी छाडेका केन्द्रीय सदस्य रामकुमार शर्मा र लगत्तै सामूहिक परित्याग गरेका पोलिटब्युरो सदस्य रामचन्द्र झा जनकपुर आसपासका जिल्लामा रणनीति बनाउन एक सातासम्म व्यस्त रहे । उनीहरू कार्यकर्ता भेलाका लागि शनिबार राजधानी फर्केका छन् । ...... ‘हाम्रो पार्टीमा फोरम मात्रै नभई थुप्रै नागरिक अगुवा, पूर्वमाओवादी, गैरकम्युनिस्ट र ०६२/६३ को जनआन्दोलनबाट स्थापित तर हाल उदासीन विभिन्न दलका युवापंक्ति सामेल हुन आउनेछन्,’ अर्का नयाँ शक्ति अभियन्ताले कान्तिपुरसँग भने, ‘तर नेतृत्वमा पहिलोपल्ट नेपाली समाजको विविधता झल्कने गरी तीन नेताले पालैपालो नेतृत्व गर्ने रणनीतिअन्तर्गत यादव र राईजत्तिका विश्वसनीयता भएका नेतालाई अघि सारिएको हो ।’ ...... भट्टराईनिकट नेता रामकुमार शर्माले अनौपचारिक कुरा चलिरहेको भन्दै औपचारिकता पाउन समय लाग्ने स्वीकारे । ‘संघीय प्रदेशको निर्माणसँगै क्षेत्रीय शक्ति उदाउने सम्भावना देखिए पनि हामीले दिन खोजेको विविधताले राष्ट्रिय शक्तिको खाँचोलाई पुन:पुष्टि गर्नेछ,’ उनले भने, ‘विभिन्न चरणमा कुराकानी भइरहेका छन् । हामी चाँडै औपचारिक निष्कर्षमा पुग्दै छौं ।’ भट्टराईसँग यादव र फोरम महासचिव राजेन्द्र श्रेष्ठले निरन्तर कुराकानी चलाइरहेको थाहा भएको छ । तर, शर्माले भने पहिले मोर्चाबन्दी मात्रै गर्ने र त्यसपछि एकताबारे योजना बनाउने खुलाए । ..... फोरम अध्यक्ष उपेन्द्र यादवले समेत एकताको सम्भावना रहेको संकेत गरेका छन् । ‘उहाँ र हाम्रोबीच भविष्यमा एउटै शक्ति बनाउनुपर्छ भन्ने छलफल भएको हो, यसबारे केही चरणमा कुराकानी पनि भएको छ,’ यादवले कान्तिपुरसँग खुलाए, ‘परिवर्तनकारी शक्तिलाई समेटेर नयाँ राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यकता देखिएको छ । तर गम्भीरतापूर्वक छलफल हुन अझै बाँकी छ ।’ ...... अहिले अनौपचारिक तहमा मात्रै कुराकानी भएकाले धेरै चर्चा गर्नु उचित नहुनेसमेत यादवको भनाइ छ । ‘राजनीतिमा जे पनि सम्भव हुन्छ,’ उनले भने, ‘परिवर्तनका मुद्दामा साझा सोच बनाउने सम्भावना खुला छ । तर त्योभन्दा बढी कुराकानी भएको छैन ।’ .....

यसअघि जेठ ३२ गते अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्कीको खस समावेशी राष्ट्रिय पार्टीसँग एकता गरेका यादवले आखिरी दिनसम्म पनि एकताको कुराकानी नभएको दाबी गर्ने गरेका थिए ।

औपचारिकता नपाउन्जेल चर्चा नगर्ने यादवको स्वभाव नै रहेको भन्दै संघीय समाजवादीका एक नेताले अशोक राईका तर्फबाट महासचिव राजेन्द्र श्रेष्ठले भट्टराईसँग तयारी छलफल गरिरहेको खुलाए । ‘तीन नेताको पृष्ठभूमि वामपन्थी रहेको र हाल कतिपय मुद्दामा निकटतासमेत देखिएकाले नयाँ शक्तिका लागि एकता हुने सम्भावना पूरापूर छ,’ ती नेताले कान्तिपुरसँग भने, ‘बाँकी कुरा अशोक दाइलाई नै थाहा होला ।’ ........ नयाँ शक्ति तयारी समितिका सदस्य रामकुमार शर्माले आफ्नो अभियानसँग निकटता देखाउने थुप्रै भए पनि फोरमका नेताहरू ‘पहिलो हुन पुगेको’ बताए । ..... नयाँ शक्ति अभियन्ताहरूले स्वाधीनता, समावेशिता, समृद्धिलगायत पाँच ‘स’ को नारा फ्लेक्स बोर्डमा बनाएर पहिचान झल्कने गरी तीन नेता भट्टराई, यादव र राईको फोटोसहित देशभरि प्रचार गरिनेसमेत खुलाए । आफ्नो शक्तिमा पूर्वमाओवादी, एमालेसहित कतिपय गैरकम्युनिस्ट पृष्ठभूमिका नेतासमेत सहभागी हुने भट्टराईले बताउँदै आएका छन् । शनिबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘अब बन्ने पार्टीमा मिल्नका लागि विचार मिल्ने विभिन्न पार्टीहरूसँग निरन्तर छलफल भइरहेको छ । उहाँहरूले नयाँ शक्तिमा जोडिने चाहनासमेत गर्नुभएको छ । सबैसँग छलफलपछि नयाँ शक्तिको घोषणा हुनेछ ।’....... नागरिक अगुवा, पूर्वकर्मचारी, उद्योगी व्यवसायीदेखि सीमान्त समुदाय वर्गका नेपालीलाई समेत जोड्ने लक्ष्य रहेको भट्टराईले बताए । शनिबारै ‘नयाँ शक्ति किन ?’ शीर्षकको पुस्तिकासमेत सार्वजनिक गर्दै भट्टराईले

आर्यखस समुदाय, तिब्बती बर्मेली समुदाय र मैदानी आर्य

अनार्यलगायत मधेसी थारू समुदायलाई एकताबद्ध गर्ने उल्लेख गरे । ‘मुख्य यी तीन क्लस्टरबीच एकता कायम गर्ने कार्यभार मेरा लागि अब महत्त्वपूर्ण हुनेछ,’ भट्टराईको अपिलमा उल्लेख छ ।

No comments: