Saturday, November 14, 2015

संघीय मोर्चा भित्र लोकतान्त्रिक प्रतिस्प्रधा


  • संघीय मोर्चा का ५ सदस्य हरु बाट कुरा शुरू हुन्छ, बाबुराम र मधेसी मोर्चा का ४ पार्टी। 
  • त्यस पछि मोर्चा का तीन लक्ष्य संघीयता, समावेशीता र आर्थिक क्रांति मानने अन्य केही पार्टी लाई पनि सदस्य बनाउने बारे गफ हुन सक्छ, जस्तो कि अनिल झा, सीके राउत, उज्वल थापा। 
  • सदस्य पार्टी हरु ले केंद्र, प्रदेश र स्थानीय तीन तहमा एक पद एक उम्मेदवार मान्नु पर्ने हुन्छ। र केंद्र र प्रदेश संसदमा संघीय मोर्चा का संसद हरुले एउटै संसदीय दल को जस्तो व्यवहार गर्नेछन्। यो होइन कि संघीय मोर्चा को सदस्य बनेर चुनाव जित्यो, तर चुनाव जिते पछि उछिट्टिएर गच्छेदार अथवा एमाले सँग मंत्री बन्ने लोभमा मिलेर सरकार बनायो। त्यसरी अनुशासन तोड्ने पार्टी लाई १० वर्ष का लागि संघीय मोर्चा बाट निष्काशन गर्ने प्रावधान हुनुपर्छ। 
  • संघीय मोर्चा को महाधिवेशन हुँदैन। महाधिवेशन प्रत्येक सदस्य पार्टी को छुट्टा छुट्टै हुन्छ। तर संघीय मोर्चा को विधान हुन्छ। र संघीय मोर्चा को केंद्र मा रहेका सांसद हरु रहेको  निर्वाचक मंडल मा ५०% बढ़ी मत बटुल्ने सांसद संघीय मोर्चा को राष्ट्रिय अध्यक्ष हुन्छ, त्यस प्रतिनिधि सभा को कार्यकाल भरि का लागि। 
भने पछि राष्ट्रिय अध्यक्ष को हुन्छ? संघीय मोर्चा को राष्ट्रिय अध्यक्ष बन्न सांसद चाहिँ हुनुपर्यो, तर पार्टी अध्यक्ष हुनु पर्दैन। संघीय मोर्चा भित्र कुनै एक पार्टी को बहुमत शायद हुँदैन होला। भने पछि सबै भन्दा ठुलो पार्टी को नेता नै संघीय मोर्चा को राष्ट्रिय अध्यक्ष हुन्छ भन्ने पनि छैन। सबै भन्दा ठुलो सदस्य पार्टी को वजन एक तिहाई छ भने बाँकी दुई तिहाई ले अर्कै पार्टी को अध्यक्ष चुन्न सक्छ। यद्यपि सबै भन्दा ठुलो पार्टी को नेता को संभावना अरुको भन्दा शायद बढ़ी हुन्छ। संघीय मोर्चा को राष्ट्रिय अध्यक्ष बन्ने सांसद सदस्य पार्टी हरु मध्ये सबै भन्दा ठुलो, अथवा दोस्रो ठुलो पार्टी को न हुन पनि सक्छ। कुनै पनि सांसद लाई अध्यक्ष पद का लागि उम्मेदवारी दिने अधिकार हुनेछ। 

बाबुराम भट्टराई र मधेसी मोर्चा बीच आगामी चुनावमा सीट तालमेल

बाबुराम ले ७० सीट पाउने, उपेन्द्र/अशोक ले ४७ सीट पाउने, राजेंद्र महतो को सद्भावना ले १४ सीट पाउने तर सीके राउत ले ३ सीट मात्र पाउने, अझ उज्जवल थापा ले १ सीट मात्र पाउने --- मर्का परेन? परेन, किनभने त्यो प्रस्थान विन्दु मात्र हो। संघीय मोर्चा भित्र नै निरंतर प्रतिस्प्रधा चलिरहन्छ। सानो सदस्य पार्टी लाई मोर्चा भित्र ठुलो बन्न मन लाग्यो भने आफ्नो पार्टी को सदस्य संख्या ह्वात्त बढाउने गरी पार्टी महाधिवेशन गर्ने। उपेन्द्र को फोरम सँग २०,००० सदस्य छ भने र सीके राउत को पार्टी को सदस्य संख्या १ लाख पुग्छ भने मोर्चा भित्र उपेन्द्र भन्दा सीके राउत ५ गुणा ठुलो बन्यो। आफ्नो पार्टी को महाधिवेशन गर्न ४ वर्ष कुर्नु पर्दैन। दुई वर्ष मा गर्दिये हुन्छ।


No comments: