Tuesday, November 17, 2015

In The News (45)





सहरबाट छोराको फोन !... दाउराको लाइनाँ र’छ !... डोको, नाम्लो र बन्चरो पठाइदेउ रे छिट्टो !

प्रधानमन्त्रीले भने, ‘जिद्धि नदेखाई वार्तामा बस्छु’
‘जनताका लागि जे पाइन्छ, त्यही दिन्छु’
‘चीनबाट हुन्छ कि जहाँजहाँबाट हुन्छ इन्धन ल्याइन्छ,’ उनले भने, ‘वनबाट दाउरा ल्याएर बाँडिएको छ, मट्टिटेल, गुइँठा जे पाइन्छ, त्यही ल्याइन्छ ।’ ...... प्रधानमन्त्री ओलीले आफू कुनै क्षेत्र, जात र समूदायप्रति कठोर नरहेको उल्लेख गरे । ‘नेपालका सबै वर्ग, समूदायका जनतालाई आफ्नै दाजुभाइ ठानेको छु, उनीहरुका समस्या मेरो समस्या हो,’ उनले भने, ‘मधेसको आन्दोलनले मधेसी जनता र सम्पूर्ण नेपाली जनताले दु:ख पाएका छन्, यी कुराहरुमा मैले कसरी समाधान गर्न सक्छु, त्यता ध्यान दिएको छु ।’
बाबुरामको नयाँ शक्ति साम्राज्यवादी र विस्तारवादीको डिजाइनमा : महरा
‘भारतको एकाधिकार तोडियो’
नयाँ शक्ति माओवादीलाई बिसर्जन गराउन मद्धत गर्छ .... ‘एमाओवादीलाई नै नयाँ शक्ति बनाउन सकिन्छ,’ उनले भने, ‘बाबुरामजीले गल्ती गर्नु भयो, गल्ती सच्याएर पार्टीमा फर्कनु पर्छ ।’ भट्टराईको नियत खराब नभए पनि घटनाक्रमले शंका उब्जाएको उनको तर्क थियो । ‘साम्राज्यवादी र विस्तारवादीले पनि नेपालमा नयाँ शक्ति खोजेको छ,’ महराले भने, ‘बाबुराम आत्मकेन्द्रित व्यक्तिवादी बाटोमा लाग्नु भएको छ ।’ यही बाटोमा अघि बढे भट्टराई दुर्घटनामा पर्ने उनले दावी गरे । ..... ‘यो नाकाबन्दीका कारण चीन, बंगलादेशलगायत मुलुकबाट इन्धन ल्याउने बाटो खुले छ,’ उनले भने,

‘इन्धन र नुनबाहेक अन्य कुरामा नेपाल आत्मनिर्भर बन्न सक्छ ।’.... संविधान संशोधनपछि मधेस आन्दोलन रोकिएर नाकाबन्दी खुल्ने विश्वास पनि उनले व्यक्त गरे ।



सीमांकन हेरफेर हुँदैन : माधव नेपाल
‘मधेसमा संविधानबारे अफबाह फैलाइयो’
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमांकन हेरफेर नहुने बताएका छन् । सिंगो तराई एक प्रदेश हुनै नसक्ने भन्दै उनले आन्दोलनरत मधेसवादी दललाई लचिलो भएर राजनीतिक सहमति र संवैधानिक प्रक्रियामा आएर समाधान खोज्न आग्रह गरे । ..... नेता नेपालले वर्तमान सरकार मधेस आन्दोलनलाई सम्बोधन गर्न अझ गम्भीर हुनुपर्ने बताए । मधेसमा संविधानबारे अपबाह फैलाइएकाले विभिन्न भाषाभाषीमा संविधान छापेर मधेसी जनतालाई अध्ययन गर्न दिनुपर्ने उनको सुझाव थियो । .....

'मधेस र पहाडलाई अलग गरेर राज्य विभाजन गर्नै हुँदैन । राष्ट्रहितका लागि मधेसवादी दल पनि गम्भीर हुनुपर्छ ।’

....... नेपाली जनताले आफ्नो संविधान आफैं बनाएकोमा भारतले अघोषित नाकाबन्दी गरेर दण्ड दिएको टिप्पणी गरे । सरकारले इन्धनको वैकल्पिक व्यवस्था गर्न लागेकाले धैर्य हुन जनतालाई आग्रह गरे । उनले कोइराला सरकार भारतीय नाकाबन्दीको व्यवस्थापन गर्न चुकेको आरोप लगाए । ‘वर्तमान सरकारले वैकल्पिक इन्धन आपूर्तिका लागि चीन, बंगलादेशबाट प्रक्रिया सुरु गरिसकेको छ ।

इन्धन आउँदैछ,’ नेता नेपालले भने

....... भारतीय नेतृत्वलाई बुझाउनुपर्छ । संविधान नेपाल भित्रको आन्तरिक मामिला हो । यसमा बाह्य हस्तक्षेपलाई नेपाली जनताले मन पराउँदैनन् ।’ ......

‘हाम्रो अतिराष्ट्रवादले हाम्रा जलविद्युत आयोजना बन्नै दिएन ।’

..... पत्रकारको एक प्रश्नमा उनले

मुलुकलाई आत्मनिर्भर बनाउन दैलेख लगायतका विभिन्न जिल्लामा भेटिएका सम्भावित पेट्रोलियम खानीको अनुसन्धान, उत्खनन्‌मा अबका सरकारले चासो दिनुपर्ने

बताए ।


भारतले गरेको नाकाबन्दी गलत छः सिटौला
अखण्ड झापा,मोरङ र सुनसरीका पक्षमा ८ दल
मोरङ जिल्लाका आठ वटा पार्टीले हाल चर्चामा आएको जिल्ला टुक्र्याउने विषयमा असहमति जनाएका छन् । ..... एमाले पार्टी कार्यालय पाञ्चालीमा मंगलबार बसेको आठ पार्टीको संयुक्त वैठकले झापा,मोरङ र सुनसरी जिल्लालाई अलग गर्ने र यी जिल्लाका केही भागलाई काटेर प्रदेश नम्बर २ मा मिलाउने कुराको विरोध गर्ने निर्णय गरेको एमाले मोरङका अध्यक्ष महेश रेग्मीले बताए । .... मंगलबारको वैठकमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिक, नेमकिपा, नेकपा(माले) सहभागी थिए । ..... यसैबीच नेकपा(एमाले) कोशी अञ्चल समन्वय कमिटीले पनि उक्त तीन जिल्लाका केही भाग टुक्र्याउने कुराको विरोध गरेको छ । एमाले केन्द्रीय सदस्य एवम् कोशी अञ्चल इन्चार्ज जीवन घिमिरेले मंगलबार विज्ञप्ति जारी गरेर हाल सीमांकन गरिएअनुसारको प्रदेश नम्बर १ मानै यी जिल्ला रहनुपर्नेमा जोड दिएका छन् ।


[अन्तर्वार्ता] वार्तामा जिम्मेवार प्रस्ताव चाहियो : यादव
उपेन्द्र यादवले वार्ताका लागि सरकारी गम्भीरता नदेखिएको गुनासो गरेका छन् ।

जति चरणमा वार्ता भए पनि मधेसमा दुई प्रदेशको बटमलाइनबाट पछि नहट्ने

उनको भनाइ छ । ......... उहाँहरूले हाम्रो आन्दोलनको संवेदनशीलता नै बुझ्नुभएन । हाम्रो कुनै नयाँ माग छैन । संविधान निर्माण हुनुअघिदेखि नै पहिलेकै सहमति पालनाको माग दोहोर्‍याइरहेका छौं । कांग्रेस, एमाले, एमाओवादीले सहमति गरेका हुन्, उहाँहरूकै रोहवरमा प्रधानमन्त्रीले हस्ताक्षर गरेको विगतको सहमति पालना होस् भन्ने मात्रै हाम्रो भनाइ हो । उहाँहरू कार्यान्वयन गर्दिन पनि भन्न नसक्ने, गर्दा पनि नगर्ने ।...... मधेसलाई हिमाल, पहाडसँग जोड्नु भनेको मधेसमै मधेसी जनतालाई अल्पसंख्यक बनाउनु हो । विगतमा मधेसीलाई मधेसबाटै यसरी विस्थापित गर्ने कुशल खेलाडी राजा महेन्द्र थिए । उनले तराईको जंगल कटाएर मधेसीलाई कमजोर बनाएका थिए । यो प्रस्ताव त्यसैको निरन्तरता हो । .....

त्यो नाकाबन्दी भन्ने शब्द मिलेन । सीमानाकामा धर्ना, अवरोध हो ।

..... निश्चित रूपमा पहाडका जनताले दु:ख पाउनुभएको छ । उपत्यकामा पनि पीडा छ । हामी पनि यसमा औधी दु:खी छौं । तर, मधेसमा त मान्छे मरिराखेका छन् नि । यसमा पनि त सबैको आवाज उठ्नुपर्‍यो । ......

हाम्रो माग सम्बोधन हुने भए वार्ता नगरे पनि हुन्छ । विगतको सम्झौता कार्यान्वयन हुनुपर्‍यो । विशेषगरी सीमांकनमा मधेसको चासो सम्बोधन हुनुपर्‍यो ।

No comments: