Thursday, November 26, 2015

देश नै नरहने माग कुनै देशले किन पुरा गर्छ?

यो अन्तरवार्ता मलाई प्रासंगिक लागेको छ।

मधेसको माग पूरा गरे देशै रहँदैन
संंविधानमा असन्तुष्टि जनाउँदै मधेसी दलले आन्दोलन गर्दा जनजीवन अस्तव्यस्त भएको छ । संविधानका विभिन्न बिषयमा असहमति हुँदाहुँदै पनि राप्रपा नेपालले त्यस्तो बाटो रोजेन । गैर–संवैधानिक प्रकृयाबाट देशै टुक्राउने लक्ष्य राखेर मधेसी मोर्चाले गरेको आन्दोलनप्रतिचाहिं माथापच्ची गरिरहनु परेको छ । ..... गिरिजाबाबुले राजालाई किनारा लगाउने अनि समस्याको समाधान गर्ने भनेर ८ बुँदे सम्झौता गरे । अहिले मधेसी दलको माग त्यही ८ बुँदे सम्झौतामा आधारित छ । ......

यथार्थ यो हो कि ती माग पूरा गरेको खण्डमा देशै रहँदैन । अनि कसरी माग पूरा गर्न सकिन्छ । समस्याको चूरो यो हो ।

......... जनताको पक्षमा भनिएको मधेसी आन्दोलन केहि सीमित व्यक्तिको स्वार्थका लागि मात्रै देखिएको छ । विदेशीको सहाराबाट नेपाली जनताको माग पूरा हुन सक्दैन । जनताको चाहना बुझ्न बरू जनमत संग्रह गर्न सकिन्छ । जनताको अभिमत स्वीकार नगर्ने अनि विदेशीको मत लिने परिपाटी मधेस आन्दोलनमा देखिएको छ । ....... ०६२–६३ सालमा भएको आन्दोलन राजाको निरंकुशताको अन्त्यको लागि मात्रै थियो । तर गणतन्त्र, धर्मनिरपेक्षता भन्ने कुरा बीचमा घुसाइयो । अहिलेको समस्याको अर्को कारण त्यो पनि हो ।

गणतन्त्र आएपछि राजाले गर्न अस्वीकार गरेका काम धमाधम गरिए । त्यसैमध्येको एउटा हो ४० हजार भारतीयलाई नागरिकता दिने गरि गरिएको निर्णय ।

त्यही कारणले अहिले तराइमा बल्झिएको हो । सरकाले यस्ता बिषयलाई पुनः छलफल गरेर गहन छानबिन गर्नुपर्छ । विदेशीको हातमा पुगेको नागरिकता खारेज गर्नुपर्छ । त्यसपछिमात्रै समस्या समाधान हुन्छ । ........ अधिकांश माग सम्बोधन भएको अवस्थामा मधेसी मोर्चा आन्दोलनमा लाग्नु नै रहस्यको कुरा हो ..... यो संविधान राप्रपा नेपालले भनेजस्तो पनि बनेको छैन । कांग्रेस, एमाले वा माओवादीले भनेजस्तो पनि बनेको छैन । र, मधेसीले भनेजस्तो पनि बन्दैन । किनकि यो सम्झौताको संविधान हो । जसलाई दुई तिहाइको बलमा परिवर्तन गर्ने अधिकार प्राप्त छँदैछ । त्यसैले जनतालाई दुःख दिएर होइन, विधि र प्रक्रियामार्फत संविधान परिवर्तन गर्न सक्नुपर्छ । हरेक प्रजातन्त्रवादी यो मान्यतामा मान्यतामा आउनै पर्छ । जनतालाई दुःख दिएर जनताकै लागि लडेका हौं भन्नु हास्यास्पद हुन्छ । ...... अहिले देश भूकम्पको पीडामा पनि छ । १४ ओटा जिल्ला तहस–नहस भएको छ । मानिसको मनसमेत भत्किएको छ, ओत लाग्ने ठाउँ छैन । अर्कातिर मधेस आन्दोलनले मुलक आक्रान्त छ । भारतको नाकाबन्दीका कारण जनताले कष्ट भोग्नु परेको छ । यो समस्या समाधान गर्न सबै मिल्नुपर्छ भनेर नै पार्टी सरकारमा गएको हो । यदि हामीले आशा गरेअनुसार उनले काम गरेनन्, धरातल छोडे भने

कुनैपनि बेला सरकारबाट बाहिरिन सक्छौ ।

....... स्थानीय विकास मन्त्रालय सरकारसँग जोडिएको विषय भयो । जनताको घरघरमा यसको संरचना छ । त्यसकारण यसलाई व्यवस्थित गर्न तथा प्रान्तिय र आम निर्वाचनको तयारी गर्नुपर्ने हुँदा हाललाई परराष्ट्रसहित स्थानीय विकास मन्त्रालय अध्यक्षले नै हेर्ने भन्ने पार्टीको निर्णय हो ....... संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्रलगायतका विषयमा मत विभाजन हुँदा कांग्रेस, एमाले र एमाओवादीले साथ दिएनन् । तर, भोट हाल्दा सबै नेपाली जनताले कांग्रेस, एमाले र एमाओवादीका प्रतिनिधिलाई पनि हिन्दु देखेरै भोट हालेका थिए । तर उनीहरूले जे गरे, त्यो नेपाली जनताले हेरिरहेका छन् । अहिले हिन्दुत्व राप्रपा नेपालमा मात्रै रहेछ, उसलाई भोट नदिँदा ठूलो गल्ती गरिएछ भन्ने महसुश उनीहरुले गरेका छन् । यो नै पार्टीको उपलब्धी हो । ....... हामी संख्यामा हारेका हौं तर जनतामा गएर फेरि त्यसलाई स्थापीत गर्ने आधार बाँकी नै छ ।

जनताले हिन्दु राष्ट्रमा विश्वास व्यक्त गरे देशको पहिलो शक्ति बन्न सक्छौं ।

..... अहिले नयाँ शक्तिको चर्चा भइरहेको छ । वास्तवमा राप्रपा नेपालको लक्ष्य नै नयाँ शक्ति निर्माण हो । हाम्रो नयाँ शक्ति भनेको नेपाली जनताको सुख र समृद्धि हो ।



तर यसलाई मानने हो भने केही कुरा मान्नु पर्ने हुन्छ।
  • पहिलो कुरा त के मान्नु पर्यो भने मधेसी भनेको नेपाली नै होइन। यो कुरा मानने हो भने मधेस आंदोलन भनेको अराजकता मात्र हो, राजनीतिक आंदोलन नै होइन। 
  • नेपाली हो को? बर्मा, भुटान, असम मा पनि नेपाली छ। असम को गवर्नर नै अहिले एउटा यस्तो व्यक्ति छ जसले आफुलाई नेपाली भन्छ। कस्तो देश भारत? कस्तो राज्य असम? नेपाली गवर्नर हुन पाउने? त्यो गवर्नर ले आफु नेपाली यस मायने मा भनेको कि राज ठाकरे मराठी हो, मोदी गुजराती हो, म मराठी, गुजराती होइन, म नेपाली हो भनेको। उसले नागरिकता को कुरा गरेको होइन, जातीयता को कुरा गरेको। नागरिकता त ठाकरे, मोदी सबै को भारतीय हो। नागरिकता राजनीतिक सम्बन्ध को कुरा हो। जातीयता सांस्कृतिक, पारिवारिक आदि हुने हुन्छ। भने पछि असम को नेपाली गवर्नर र नेपालका मधेसी को जात मिल्छ त? पक्कै मिल्दैन। नेपालका मधेसी को जात मिल्ने भनेको लालु सँग, नीतिश, अखिलेश सँग। तर लालु सँग, नीतिश, अखिलेश सँग भारतको नागरिकता छ, नेपालका मधेसी सँग त्यो छैन। जात मिल्ने नागरिकता नमिल्ने। कोही सँग जात नमिल्ने, नागरिकता मिल्ने, कोहीसँग जात मिल्ने नागरिकता नमिल्ने, आखिर को हो यो मधेसी? आयो कहाँ बाट? चाहेको के मधेसीले? 
  • कोही मान्छे छ जसले न कहिले कम्प्यूटर देखेको छ, न त्यो के हो थाहा छ। अनि उसले एक जना कोही मान्छे तीन घंटा सम्म त्यो कम्प्यूटर को अगाडि बसेको देख्यो भने के भनला? आँखा बंद छैन। आँखा बंद छ भने ध्यान गरेको भन्ने। आँखा खुला छ। भने पछि ध्यान गरेको होइन। मधेसी को हो नबुझ्ने लाई, लोकतंत्र भनेको एक व्यक्ति एक मत हो भन्ने कुरा नबुझ्ने लाई, कसैलाई नागरिकता पत्र विहीन राख्न पाइँदैन, त्यो मानव अधिकार को हनन हो भन्ने नबुझ्ने लाई, यो मधेस आंदोलन अराजकता नै लाग्छ। 
  • मैले कहिले भात खाएकै छैन भने, मैले कहिले चामल देखेकै छैन भने, कसैले भात खाएको देखदा म असमंजस मा पर्ने संभावना हुन सक्छ। आखिर त्यो मान्छे ले मुखमा क्वाप क्वाप राखेको हो के? ती सेता सेता ऑक्सीजन का दाना हुन कि के हुन? तर मैले आजीवन दिनमा दुई पटक भात खाएको छु भने अर्को मान्छे ले भात खाएको देख्दा के खाएको भन्न मिल्छ? भन्यो भने मैले ढाटेको हो कि होइन? 
  • मधेसी को जातीय पहिचान भात हो। मधेसी ले गरेको आंदोलन भात हो। मधेसी ले खोजेको एक व्यक्ति एक मत लोकतंत्र भात हो। मधेसी को भारत मा हुने बिहेबारी भात हो। मधेसी ले चाहेको एक मधेस दो प्रदेश संघीयता भात हो। 
  • खस को जातीय पहिचान छ, त्यो पहिचान भारत मा अझ बढ़ी मजासंग फस्टाएको छ नेपालमा भन्दा। खस ले गरेको प्रत्येक राजनीतिक आंदोलन मा मधेसी को सहयोग अपरिहार्य रहेको छ। त्यत्रो इतिहास छ। खस त १००% भारत बाट आएको समुदाय, भारतमा बिहेबारी नहुने कुरै भएन। खस ले संघीयता नबुझेको हो भने सात मध्ये छ प्रदेश मा खसको वर्चस्व हुने गरी कसरी कोर्यो नक्शा? 
  • सन १९५० मा नेपालको जनसंख्या ८३ लाख थियो भनेर नेपाल सरकारले भन्छ। सन १९५८ सम्म मधेसी ले काठमाण्डु जान वीसा लिनुपर्ने व्यवस्था थियो। त्यो ८३ लाख मा मधेसी गनेको होइन होला। ८३ लाख जनसंख्या वार्षिक औसत ३% ले बढेको हो भने त्यो २३ वर्षमा दोब्बर हुन्छ। अर्थात १९७३ मा एक करोड़ ६६ लाख। सन १९९६ मा आएर तीन करोड़ ३३ लाख। सन २०१९ मा ६ करोड़ ६६ लाख। वार्षिक २% वृद्धि दर हो भने ३५ वर्षमा दोब्बर हुन्छ। वृद्धि दर २.५% हो भने २८ वर्ष मा दोब्बर हुन्छ। सन १९५० को ८३ लाख सन १९७८ मा एक करोड़ ६६ लाख। सन २००६ मा आएर तीन करोड़ ३३ लाख। त्यसमा अझ मधेसी जोड़ेकै छैन। 
  • सन १९६० मा तराई मा पहाड़ी ६% थियो अहिले ३६% भयो। त्यो भारत बाट मान्छे पसेर त्यसो हुन्छ कि पहाड़ बाट मान्छे मधेस झरेर त्यसो हुन्छ? 
  • एकोहोरो किसिमले नेपाल पहाड़ बाट मान्छे भारत पनि ठुलो संख्यामा छिरेको छ मधेस पनि झरेको छ। किनभने अमेरिका बाट मेक्सिको मान्छे जाँदैन, मेक्सिको बाट अमेरिका पुग्छ। तर नेपालबाट जति मानिस भारत छिरेका छन त्यो लुकाउन नेपालको जनसंख्या जति हो त्यति भनिँदैन। हाम्रा मानिस भारतमा ८० लाख मात्र हो भन्छन। अंक गणित मिलिराखेको छैन। ७० लाख त प्रचंड ले मात्र प्रेशर कूकर बम पड़काएर पठायो, जम्मा ८० लाख मात्र कसरी भयो? कति छ भारत लाई पनि थाहा छैन। हिन्द महासागर मा कति पानी छ कसलाई के थाहा? कति बाल्टी पानी होला हिन्द महासागरमा? 
  • नेपालबाट भारत मान्छे जान पाऊँछ। १९५० को संधि ले त्यो दिएको छ। बस भाड़ा चाहिं लाग्छ, त्यो बाहेक अरु केही लाग्दैन। वीसा पासपोर्ट केही लाग्दैन। कहीं नभएको जात्रा हाँडी गाउँ मा। दुनिया मा अरु कतै छैन यस्तो। अरु जहाँ पनि वीसा पासपोर्ट चाहिने हुन्छ। कनाडा अमेरिका दुबै गोरा देश, दुश्मन पनि होइन, तर बॉर्डर टाइट छ। पहाड़ बाट मधेस झर्न पाउने हुन्छ। त्यो आधुनिक राज्य को सिद्धांत हो। एउटा देशभित्र मान्छे जुन सुकै ठाउँ मा जान पाऊँछ। जागीर खान पाऊँछ, घरजम गर्न पाऊँछ। त्यो जुन सुकै देशमा त्यही हो। 
  • मधेसी को जातीयता, अनुहार, लुगाफाटा भारत को हिंदी बेल्ट का मान्छे सँग किन मिल्न गयो भनेर वाल्ल पर्ने जुन व्यवहार देखाइन्छ, त्यो नौटंकी हो, मनोज गजुरेल को प्रहसन। मधेसी कहाँ बाट आयो भनेर जुन जिज्ञासा राखिन्छ, भुटान को मान्छे लाई भुटानी किन भनियो, पाकिस्तान को लाई पाकिस्तानी किन भन्ने बुझ्छन। मधेसी मधेस को खाँटी मान्छे भएकोले नै मधेसी भन्ने गरिएको होला। कि कसो? हजारौं वर्ष को इतिहास छ। अझ पाहुना मान्छे ले मधेसी यहाँ कहाँ बाट आयो भन्ने? 
  • मधेस मा भारत बाट टन्न मान्छे आउने गरेको भए सन १९५८ मा मधेसी थियो मधेस मा ९४% अहिले त्यो बढेर हुनुपर्ने ९८% अझ ९९% तर त्यो घटेर भएको छ ६४% -- अझ उल्टो! 
  • मधेसी ले भनेको छ, आयौ ठीक छ, मजासंग बस। तर यो कनि बैठे दिय, कनि गोर पसारे दिय, कनि सुतहु दिय सम्म ठीक छ। अब आएर यो घर नै मेरो भन्ने?  
  • मधेसी को माग पुरा गरे देश रहँदैन भनेको कुन देश हो त्यो गायब हुने? मधेसी ले राजनीतिक अधिकार पाए पहिला नेपाल कब्ज़ा गर्छ त्यस पछि युद्ध गरेर भारत पनि कब्ज़ा गर्छ भनेको कि के भनेको? देश नरहनु भनेको के? देश नरहनु भनेको मधेसी प्रधान मंत्री हुनु हो? मधेसी सेनापति हुनु हो? मधेस मा मधेसी मुख्य मंत्री भयो भने देश गायब हुने हो? देश नरहनु भनेको के? कि अझ ठुलो भैंचालो गएर देश पाताल पुग्ने हो। मधेसी सँग के छ त्यस्तो क्षेप्यास्त्र? 
  • नेपाल भारत भुटान बंगलादेश ले १० वर्ष भित्र आर्थिक एकीकरण गर्ने भनेर बजाप्ते सही गरेका छन। नेपालमा चाहिँ र ले बदमाशी गरेको हुन सक्छ। जुन सुकै मुद्दा मा र ले बदमाशी गर्ने यसमा गरेन भन्नु तार्किक हुँदैन। भुटान लाई भारतले हपकाएको हुन सक्छ। तर बंगलादेश ले त स्वेच्छाले सही गरेको हो। बड़ो सोंच विचार गरेर आफुलाई फाइदा हुने देखेर सही गरेको हो। त्यो आर्थिक एकीकरण भनेको के? चार देशका मानिस चार मध्ये जुन सुकै देशमा गएर काम गर्न पाउने। चार देशमा एउटै मुद्रा चल्ने। राजनीतिक रुपले फरक फरक भए पनि आर्थिक रुपले एउटै देश। दुनिया भरि बाट जसरी सहज ढंगले पूँजी भारत आउने गरेको छ, त्यसरी नै नेपालमा पनि आउने भो। त्यो एकीकरण पछि नेपाल भूपरिवेष्टित देश हुँदैन। कति राम्रो। हामीलाई यूरोपियन यूनियन मा किन नलिएको भनेर टर्की ले चित्त दुखाएको दुखायै छ। किन होला? के टर्की मा राष्ट्रियता नामको चीज छैन? के टर्की का जनता स्वाभिमानी छैनन? के टर्की मा र घुसेको छ? 
  • मधेसी लाई marginalize गरेर नेपाल अगाडि बढ्ने हो भने त नेपाल अहिले कमसेकम ब्रुनाई हुनुपर्ने। मधेसी लाई marginalize गरेको आज देखि हो? 





No comments: