Friday, November 20, 2015

In The News (50)





सकसमा ठूला दलका मधेसी नेता
कार्यकर्ताको सहभागितामा आँखा चिम्लिदै आएका जिल्लास्तरका नेतालाई भने लम्बिदो आन्दोलन र त्यसमा भइरहेको जनसहभागिताले दवाब थेग्न समस्या परिरहेको छ । कार्यकर्ताहरुको सहभागिता भए पनि जिल्ला नेताहरु मधेस आन्दोलनको समर्थन वा विपक्षमा निस्किएका छैनन् ।

३ महिना यता आफूहरुको राजनीति निष्क्रिय जस्तो भएको एमालेका एकजना जिल्ला स्तरीय मधेसी नेताले सुनाए । कांग्रेसका एकजना सक्रिय जिल्ला नेता भन्छन् 'हामी मधेसमा कति समस्या झेलेर बसेका छौं भन्ने केन्द्रमा नेताले बुझ्दैनन् ।'

..... मधेस आन्दोलनको सम्बोधनमा भइरहेको ढिलाईले सिंगो मुलुकलाई समस्या परेको भन्दै सर्लाही कांग्रेसका सभापति लक्ष्मण राय आफूहरु मधेसकै बासिन्दा र सक्रिय राजनीतिक कार्यकर्ता भएकाले समस्या महशुस हुनु स्वभाविक भएको बताउँछन् । उनले कांग्रेसले समस्या समाधानका लागि गरेको संविधान संशोधनको पहललाई सार्थकता दिन ढिलाई भइरहेकोमा चिन्ता व्यक्त गरे । 'अब धेरै भइसक्यो, ढिला नगरौं, मधेसलाई बेलैमा सम्बोधन गर्नुपर्छ,' उनले भने । ...... एक साता अघि मात्र

कांगेस क्षेत्र नं. ४ का अध्यक्ष दिनेश मिश्रका भाइलाई कांग्रेस भनेरै कुटपिट भयो ।

भौतिक रुपमा समेत जिल्लाका मधेसी नेताहरु असुरक्षित महशुस गर्न थालेका छन् । बजारमा निस्किदा मोर्चाका कार्यकर्ताबाट मात्र होइन आम व्यक्तिबाट ओइरिने अनेकथरी प्रश्नबाट घेरिने गरेका छन् उनीहरु । ..... आन्दोलनमा नगई पार्टीमा बस्ने ती नेता आफू एक्लो र असुरक्षित महसुस गर्छन् । आन्दोलन बढ्न थालेपछि कांग्रेस जिल्ला सभापति राय अधिकांश समय काठमाडौं बसे । कांग्रेसका केही नेता त मधेस आन्दोलनको समर्थनमा झण्डा लिएरै जुलुसमा निस्के । जिल्ला समितिका र महासमिति सदस्य पनि आन्दोलनको समर्थनमा जुलुसमा सहभागी भएका थिए । एमाले र एमाओवादीका जिल्ला नेता पनि समस्या झेल्दै छन् । ...... एमाले नेता माधवकुमार नेपाल गत आइतबार छठको शुभकामना कार्यक्रमका लागि सर्लाहीको हरिपुर आउने कार्यक्रम तय भएको थियो । उनी आउँदा मुठभेड हुने सम्भावना देख्दा-देख्दै पनि पार्टीका मधेसी नेताले पार्टी भित्र विरोध गर्न सकेनन् । कारण थियो, कार्यक्रम नगर्न सुझाब दिँदा नेताले शंकाको नजरले हेर्छन् कि भन्ने डर । मधेसी मोर्चाले सक्रिय बिरोध गर्ने जनाएपछि नेपालको कार्यक्रम स्थगित हँंुदा पार्टी भित्रका मधेसी नेताहरुले पनि राहत अनुभव गरेको ती नेताले सुनाए ।

मधेसको पक्षमा बोल्दा पार्टीले शंकाको घेरामा राख्ने संभावनाले उनीहरुलाई कठिनाई छ । पार्टीमा कटिबद्ध छु भनेर प्रमाणित गर्नै समस्या पर्न थालेको छ ।

...... एमालेका पूर्वजिल्ला उपाध्यक्ष एवं क्षेत्र ४ मा मधेसी मोर्चाका नेता राजेन्द्र महतो र महेन्द्र राय यादवविरुद्ध सभासद उठेर पराजित राजनारायण साह पनि मलंगवामा संकट ब्यहोर्दै छन् । उनी मोर्चाले अघि सारेका मागबारे तीन ठूला दल र सरकारले स्पष्ट पार्न ढिलाई गर्न नहुने वताउँछन् ।

'दैनिक गाली सुनेर मधेसमा बस्नै कठिन भइसक्यो,'

उनले भने, 'आन्दोलन टुंग्याउनेतर्फ सबै दल अग्रसर हुनुपर्छ । लामो आन्दोलनले कुनै पनि पार्टी र देशलाई फाइदा पुग्दैन । जनताको पीडालाई छिटो सम्बोधन गर्नु पर्छ ।' ....... संविधान बनाउने मुख्य तीन दलका जिल्ला नेतालाई मधेसी आन्दोलनकारीले मधेस विरोधीका रुपमा चित्रित गर्ने गरेका छन् । यस्तोमा यी दलका कार्यकर्ताहरुलाई आन्दोलननिरपेक्ष रहन कठिन हुँदै गएको छ ।

एमालेका एक नेता मधेसी नेता कार्यकर्ता अहिलेसम्म पार्टीमा अडिग रहनुलाई ठूलो साहस मान्नु पर्ने बताउँछन् । उनले भने, 'पार्टीले सुरक्षा दिन सक्ने अवस्था छैन ।

यस्तो बेला कार्यकर्ताको कुरा नेतृत्वले सुनिदिनु पर्छ । यथार्थ कुराभन्दा शंका गर्ने परिपाटी त्याग्नुपर्छ ।' ...... संविधानमा मतदान गरेको भन्दै मलंगवामा एमालेकी सभासद कमलादेवी महतोको घरमा आगजनी भयो । त्यही दिन साहको घरमा पनि आगजनी गर्न एक समुह पुगेको थियो । नेता मात्र नभई घरका सबै सदस्यसमेत असुरक्षित महसुस गर्छन् । एमाओवादी जिल्ला अध्यक्ष कमल बुढाथोकीले मधेसी नेता कार्यकर्ता संकटको अबस्थामा रहेको स्वीकारे । 'मधेस आन्दोलनका कारण मधेसी नेता कार्यकर्ता केही असहज अबस्थामा हुनुहुन्छ,' उनले भने, 'त्यसलाई निराकरण गर्नुपर्छ । अन्य पार्टीका नेता कार्यकर्तालाई मधेसमा कठिनाई सृजना गर्ने काम भएको छ ।' ......

मधेस आन्दोलन चर्किएपछि विभिन्न पार्टीमा रहेका मधेसी मूलका सभासदहरु दसैं, तिहार र छठ मान्न पनि जिल्ला आउन सकेका छैनन् ।

... संविधानमा हस्ताक्षर गरेका सभासदहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका सर्लाही जिल्ला अध्यक्ष अशोक यादवले बताए ।
अवुधावीबाट ‘इन्डक्सन चुलो’ लिएर फर्के खेलाडी
मधेसी मोर्चासँग कांग्रेसले शनिबार वार्ता गर्ने
सीमांकनबारे छलफल गर्न कांग्रेस तयार : प्रवक्ता बडु
बडुले सीमांकन चलाउनै हुन्न भन्ने कांग्रेसको औपचारिक निर्णय नभएको भन्दै सबै बिषयमा छलफल हुनेगरी कांग्रेसले वार्ता गर्न लागेको बताए । ‘हामी सबै बिषयमा छलफलका लागि तयार छौं,’ पार्टीभित्रै विभिन्न विकल्पहरुमा छलफल भईरहेको बताउदै बडुले भने, ‘अहिल्यै त्यसलाई सार्वजनिक गर्दा वातवरण बिग्रन सक्छ । सीमांकनको बिषयमा छलफल गर्न पनि कांग्रेस तयार छ ।’ .... ‘सीमांकनकै बिषयमा सत्तापक्षको औपचारिक धारणा के हो हामी जान्न चाहेका छौं,’ उनले भने, ‘त्यसपछि नै वार्तामा बसेर छलफल गर्नुको सार्थकता हुन्छ ।’


संविधान संशोधन विधेयक अघि नबढाएर ओलीले नाकाबान्दी गरिरहेको निधीको आरोप
उनले मुलुकमा तीन किसिमको नाकाबन्दी रहेको भन्दै

भारत र मधेसी मोर्चाको भन्दा खतरनाक नाकाबन्दी प्रधानमन्त्री ओली र उनको पार्टी एमालेले संविधान संसोधन विद्येयक अघि नबढाएर गरिरहेको

बताएका हुन् । ...... कांग्रेस नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव अहिलेको संकट समाधानको प्रस्थान विन्दु हुने ..... संसोधन प्रस्तावको भाषामा भने सहमति खोज्न सकिने .....

मेचिदेखि महाकालीसम्मको तराईको भूभाग मात्रै समेटेर प्रदेश बनाउँदा अखण्डता कमजोर नहुने

भन्दै संघीयताले अखण्डतालाई झनै बलियो बनाउने दावी गरे । उनले भने, ‘टुक्रिने बिश्लेषण गलत हो । कांग्रेस सीमांकन फेरबदल गर्न चाहदैन भन्ने कुरा गलत हो ।’
माधव नेपालको घर तोडफोडमा एमालेको ध्यानाकर्षण
माधव नेपालको रौतहट स्थित घरमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण र तोडफोड गरेको घटना ..... राजनीतिक नेतृत्व तहका बरिष्ठ नेताहरूको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्याको समाधान हुन सक्दैन । यसले परिस्थितिलाई झन् खराब र नाजुक बनाउने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ ।


९८ औं दिन पनि सप्तरीमा प्रदर्शन
मधेसी मोर्चा सप्तरीको निर्णयानुसार शनिबारदेखि राजमार्ग ठप्प पार्ने कार्यक्रम रहेको छ । ..... ‘सरकारले मधेसी मोर्चासित वार्ताको नौटंकी मात्रै गरिरहेको छ,' मोर्चा आबद्ध फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले भने, ‘पटक–पटकको नौटंकीमा बसेर समय खेर फाल्नुकोसाथै आन्दोलनलाई अझ उचाईमा पुर्‍याउने निर्णयअनुसार आफूहरु राजमार्ग ठप्प पार्ने अभियानमा जुटेका छौं ।’
पहिले तीन दल मिल
अन्तर्राष्ट्रियकरणको अर्थ

No comments: