Saturday, November 21, 2015

बाबुराम को समाजवाद बाबुराम लाई सलाम

बाबुराम ले संविधान मा नाना थरि अधिकार हरु लेखेका छन। सब पैसा पर्ने अधिकार हरु। म भा भए नलेख्ने। मैले चाहिँ पैसा बचत हुने अधिकार हरु मात्र लेख्ने। जस्तो की वाक स्वतंत्रता। मेरो पर्सनल फेवरेट। वाक स्वतंत्रता छैन भन्दा पो पुलिस खटाउनु पर्यो। वाक स्वतंत्रता छ भन्यो भने पुलिस खटाउनु परेन, सरकार को पैसा बचत भो।

तर बाबुराम ले लेखेका अधिकार हरु पैसा पर्ने अधिकार हरु छन। त्यो पनि अलि अलि होइन। भने पछि बाबुराम ले नै पुर्याउनु पर्यो। प्रयास गर्छन र सक्दैनन् भने राजनीति बाट सन्यास लिने, अनि वनवास जाँदा आफ्नो यो महँगो न महँगो संविधान आफुसँगै लाने। लेख्ने ले लेख्लान योभन्दा काम महँगो संविधान।


No comments: