Wednesday, November 18, 2015

दार्चुलामा भूकम्पको धक्का: यो आत्तिनुपर्ने कुरा हो


दार्चुलामा भूकम्पको धक्का
दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउसो २ बजेर १० मिनेटमा भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट १० किलोमिटर पश्चिम भारत केन्द्रबिन्दु बनाएर ३.६ म्यानेच्युटको भूकम्प आएको हो । ..... कम म्याग्नीच्यूडको भए पनि केन्द्रबिन्दु नजिक भएकाले दार्चुलामा कम्पन बढी महसुस गरिएको थियो । यसले कुनै क्षति भने पुर्‍याएको छैन ।

भुकम्प कहाँ जान्छ त्यो कसैले भन्न सक्दैन। कति ले भन्छन अब नेपालमा ९० वर्ष ढुक्क भएर बसे हुन्छ। त्यो भनाइ सही होइन। अर्को ठुलो भुकम्प तीन महिना मा या तीन साल अथवा ३० साल मा पनि जान सक्छ। ठेगान हुँदैन। उही हो, ६० वर्ष काटि सक्यो ठुलो भुकम्प गएको छैन भने संभावना बढ्दै जान्छ। जसो जसो समय बित्छ, संभावना बढ्दै जान्छ। अर्को ठुलो भुकम्प जान्छ त्यो गारंटी कुरो हो। कहिले जान्छ कसैले भन्न सक्दैन। भु विज्ञान त्यहाँ सम्म पुगिसकेको छैन।

अस्ति भुकम्प गए पछि केही भु विद हरुले भने, सबैले होइन तर केहीले भने, हामीले योभन्दा ठुलो भुकम्प जान्छ भंठानेका थियौं। जति प्रेशर बिल्ड भएको थियो, त्यो सबै रिलीज़ भएको छैन। त्यस कारन यो भन्दा पनि ठुलो भुकम्प पश्चिम नेपालमा जाने संभावना ठुलो छ भनेर भने।

त्यस कारन यो सानो पराकम्पन लाई पनि मैले ठुलो मानेको छु।

देशलाई बाहुन नेता हरुले लथालिंग पारेर राखेका छन। यस्तो अवस्थामा पहिले भन्दा ठुलो भुकम्प गए देश गारंटी फेल्ड स्टेट बन्छ। तर बाहुन नेता हरु लाई त्यसको मतलब हुने कुरा भएन।



No comments: