Monday, November 23, 2015

In The News (59)



सेना परिचालनबारे प्रधानमन्त्री र सेनापतिविच चर्को मतभेद
बिहीबार त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भने सेना परिचालनको बिषयलाई हल्का रुपमा कुरा नउठाउन चेतावनी दिए । ........ बैठकमा प्रधानसेनापति क्षेत्रीको भनाई थियो, ‘पहिला ल एन्ड अर्डर मेन्टेन गर्ने अपरेशनल प्लान बनाउनुपर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पूर्णरुपमा परिचालन हुनुपर्छ । उनीहरुले समेत परिस्थिति नियन्त्रणमा लिन नसकेपछि बल्ल सेनाको भूमिका आउँछ, त्यसको कानुनी र व्यावहारिक परिस्थिति नमिलाई सेनाको बारेमा सकैले पनि हल्का कुरा गर्दा परिस्थिति भड्किन सक्छ ।’


सरकारको दिनगन्ती सुरु भइसकेको प्रधानमन्त्रीको खुलासा
राजधानीमा सोमबार भएको एक कार्यक्रममा ओलीले सत्ता टिकाउन नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानविरुद्ध कसैसँग सम्झौता नगर्र्ने बताए । ‘कतिपय मान्छेले भन्न थालेका छन्, यस्तै हो भने यो सरकार टिक्दैन’, ओलीले भने, ‘सरकारमा बसिरहनु मेरो उद्देश्य होइन ।’ ..... ओलीले नेपालको रक्षा र विकासबाहेक आफ्नो अर्को उद्देश्य नहरेकाले सत्ताका लागि कसैसँग अनुचित सम्झौता गर्न आवश्यक नरहेको उल्लेख गरे ।....यो देशको विकास हुनुपर्छ, यो देश आधुनिकतातर्फ जानुपर्छ’, ओलीले भने, ‘हाम्रा जनता शान्ति सुरक्षा र सु–व्यवस्थाको स्थितिमा लोकतन्त्रको उपभोग गर्र्दै सुखी जीवन बिताउन पाउन, मेरो प्रयास त्यसमा छ ।’....प्रधानमन्त्री ओलीले सरकार जारी संकट अन्त्य गर्न सरकार प्रयासरत हरेकाले

जनजीवन छिट्टै सहज हुने दाबी गरे ।

....... ओलीले भारततर्फ लक्षित गर्र्दै जनताबाट निर्वाचित प्रतिनिधिले विधिसम्मत तवरले उत्कृष्ट संविधान जारी गर्दा कसैले टाउको दुःखाउन जरुरी नरहेको बताए ।
Major parties agree to advance Constitution Amendment Bill
A meeting of Nepali Congress, CPN-UML, UCPN-Maoist, Rastriya Prajatantra Party-Nepal, Rastriya Prajatantra Party and Madhesi Janaadhikar Forum-Democratic agreed to proceed with the Bill, currently pending at the House.


बाबुराम भन्छन्, ‘भारतसँग वाकयुद्ध रोक, मधेसीसँग वार्तामा बस’
उपेन्द्र यादवले लगाए खस–आर्य जातिलाई यस्तो आरोप



तेल र ग्यासको ‘ब्ल्याक’को पैसा बालुवाटारसम्म यसरी पुग्दो रहेछ, को-को छन् संलग्न ?
एक ट्याङ्करबाट दश लाखसम्म बढी पैसा लिएर कालोबजारीमा तेल बिक्री हुने गरेको बताउनुभयो । ‘तेलमा गरेको कालोबजारीको पैसा बालुवाटारसम्म पुग्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘एक ट्याङ्कर तेल ब्ल्याकमा बेचेर दश लाखसम्म कमिशन लिएको प्रमाण मैले पाएको छु ।’ ..... सहअध्यक्ष त्रिपाठीले तेलमा भएको कालोबजारीमा नेपाल आयल निगमका कर्मचारीदेखि राजनीतिक दलका नेताहरुसम्मको मिलोमतो रहेको आरोप लगाउनुभयो ।..... ‘भारतबाट दैनिक रुपमा उल्लेख्य इन्धन आइरहेको छ’, उहाँले भन्नुभयो, ‘तपाईहरु आफै पनि नेपाल आएका ट्याङ्कर र ग्यासको बुलेट गनेर हिसाव गर्नुस्, ती इन्धन कहाँ वितरण गरिएको छ । आफै थाहा पाइहाल्नु हुन्छ ।’ ...... आयल निगमका कर्मचारीहरु केही तस्करहरुसँग मिलेर नाकाबन्दीको फाइदा उठाएर करोडौ कमाउने उद्देश्यका साथ सक्रिय भएको उहाँले बताउनुभयो ।

‘नेपालभित्र तेल र ग्यास छ र त ब्ल्याकमा पाइन्छ’, त्रिपाठीले प्रश्न गर्दै भन्नुभयो, ‘अभाव हुन्थ्यो भने कसरी पाइन्छ ब्ल्याकमा तेल र ग्यास ।’

...... ‘एक ट्याङकरमा दश लाख रुपियाँसम्म बढी रकम लिइन्छ । त्यो पैसा बालुवाटारसम्म पुग्छ पैसा’, सहअध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘यो पैसा नेताहरुलाई पनि बाडिँन्छ ।

तस्करी गर्न नेताहरुलाई नाका बाँडफाँट गरिएको छ ।’

..... सरकारले अन्तर्राष्ट्रिय समुदायलाई देखाउन आफूसँग भएको इन्धन वितरण नगरेर दाउरा बिक्री थालेको उहाँले आरोप लगाउनुभयो । सरकारले आफ्नो असक्षमता लुकाउन दाउरा बिक्री गर्न पुगेको त्रिपाठीले उल्लेख गर्नुभयो । .... भारतीय नाकाबाट भित्रिएका इन्धन बोकेका ट्याङ्कर र ग्यासका बुलेटको सही वितरण प्रणालीमार्फत दिने हो भने अहिले देखिएको समस्या आधाभन्दा बढी कम भएर जाने जानकारहरुको भनाइ छ ।

No comments: