Wednesday, November 25, 2015

नेपालमा माओवादी गृह युद्ध किन भयो?

नेपालमा माओवादी गृह युद्ध किन भयो? भन्नेले भन्छन नेपालमा वर्गीय विभेद का विरुद्ध लड़न माओवादी गृह युद्ध भयो। नेपालमा राजतन्त्र का विरुद्ध लड़न माओवादी गृह युद्ध भयो। तर गाँठी कुरा अर्कै छ। नेपालको अर्थतंत्र ज्युँ का त्यूँ अडिग रहनु तर जनसंख्या वृद्धि भएर जानु।

नेपालमा भुकम्प किन गयो? भारतीय चट्टान ले एशियन चट्टान लाई धक्का दिँदा दिँदा प्रेशर बिल्ड भएर त्यो प्रेशर रिलीज़ भएको। त्यसै लाई भुकम्प भनिन्छ। प्रेशर बिल्ड हुने प्रक्रिया चलिरहन्छ अझै लाखौं वर्ष। प्रेशर रिलीज़ पनि भइरहन्छ। भुकम्प पनि आइरहन्छ।

माओवादी गृह युद्ध भयो, अनि नेपाल बाट ७० लाख मानिस भारत छिरे। दुई लाख मान्छे सीरिया बाट टर्की छिर्दा CNN, BBC सबै तिर छताछुल्ल। ७० लाख नेपाली भारत छिर्दा गाइगुइ केही भएन। कसैले थाहा पनि पायेन। फ़ासफ़ुस। केही न केही। जनसंख्या वृद्धि को प्रेशर बिल्ड भएर त्यो प्रेशर रिलीज़ भएको हो।

फेरि अर्को भुकम्प जाँदैन भन्न सकिँदैन।


No comments: