Wednesday, November 25, 2015

In The News (62)

सरकारले स्थिति थप जटिल बनायोः कांग्रेस
बडुले भने,'सीमाकंनको बिषय तत्काल हुन नहुने भएकाले तत्काल राजनीतिक निकासको बाटो त्यही हो ।' ..... जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक समावेशी शिद्धान्तका आधरमा राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने व्यवस्था सहितको संशोधन विधेयक पारित भएमा भारत सकारात्मक हुने र त्यसको प्रभाव आन्दोलनरत मधेशी मोर्चामा समेत पर्ने बुझाई कांग्रेसको छ । कांग्रेसले संशोधन विधेयकलाई पारित गर्ने र सीमांकनका बिषयमा राजनीतिक संयन्त्र या संसदीय समिति बनाएर हल खोज्ने गरी साझा धारणा बनाउन सत्तपक्षसंग प्रस्ताव गरेको थियो । सरकार पक्षसंग कुरा नमिलेपछि विहिबारको व्यवस्थापिका संसदको बैठकमा कांग्रेसले संशोधन विधेयक अघि बढाउनका लागि सरकारलाई दबाव दिने भएको छ । ..... प्रचण्डले भनेजस्तो भन्ने हो भने अहिले पूर्वमा आन्दोलन उठेको छ । भोली ताम्सालिङ र खुम्बुवानमा आन्दोलन उठ्न सक्छ । त्यहि बेला परिस्थिती कस्तो होला ?
प्रधानमन्त्रीद्वारा छलफल तीव्र
एकै दिन दाहालसँग तीन पटक भेट
तराई-पहाड छुट्टयाउन सकिन्न: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले दाहालले अघि सारेका सहमतिका विकल्पमा कांग्रेस र मधेसी दलहरू तयार हुने हो भने आफू त्यसका लागि बाधक नबन्ने सन्देशसहित छलफल अघि बढाउन आग्रह गरेको स्रोत बताएको छ । ओलीले उच्चस्तरीय समितिका संयोजक दाहाललाई सत्तारूढ दलका तर्फबाट वार्ता अघि बढाउने जिम्मेवारी दिएका छन् । ..... संसद मधेसी दलहरूले अवरुद्ध गरिरहेका छन् ...... ओलीले तराई र पहाडका जिल्ला मिलाएर प्रदेश बनाउनै नहुने मान्यता गलत भएको बताएका छन् ..... पहाड र तराई नमिलाउने हो भने विकास हुन नसक्ने भएकाले त्यसलाई ख्याल गर्न उनले आग्रह गरे । नयाँ संविधानले धेरै जनतालाई अधिकार दिएको उल्लेख गर्दै ओलीले अधिकार नै नभएको भन्ने भ्रमपूर्ण प्रचार भएको बताए । अध्यक्ष वैद्य सहितको टोलीले भने आन्दोलनकारीसहित सबै वर्ग समुदायले उठाएका मागहरू सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । टोलीले भारतसँगको असमान सन्धि/सम्झौताहरू खारेज गर्नुपर्ने लगायतको माग राखेको छ । नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएकाले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि ध्यानाकर्षण गराएको छ ।
आगो तापिरहेका थियौँ, ताकी ताकी गोली हाने: घाइते
एसएसबीद्वारा नेपालीमाथि गोली प्रहार
एमाले सांसदद्वारा भारतीय राजदूतलाई देश निकाला गर्न माग
भारतीय राजदूत मधेस आन्दोलनको प्रवक्ता भएको भन्दै सुनुवारले तत्काल स्वदेश फर्काउने माग गरे । ‘भारतीय राजदूतले राजनीतिक पार्टी चलाएजस्तो गुटबन्दी गर्दै हिंडेका छन्,’ उनले बुधबार राज्य व्यवस्था समितिको बैठकमा भने, ‘उनलाई अबिलम्ब देशनिकाला गर्नुपर्छ ।’
सङ्कटको दिशामा देश
बलजफ्ती गरेर संविधान बनाइयो ..... यो पूर्वमाले, मसाले र मण्डलेको गठबन्धन सरकार हो । अनि प्रश्न उठ्छ– मण्डले गठबन्धनमा आधारित यो सरकार कसरी युगान्तकारी परिवर्तन र महान ऐतिहासिक उपलब्धिको संवाहक बन्यो ? ..... भारतीय विस्तारवादी शासक वर्गको हस्तक्षेप र अघोषित नाकाबन्दीको कारण देशको राष्ट्रिय अस्मिता र अर्थतन्त्रको स्थिति निकै विकराल तथा क्षतविक्षत बन्न पुगेको छ । ..... यदि ती साँच्चै देशभक्त हुन् भने भारतसित गरिएका सबै असमान सन्धि–सम्झौताहरू खारेज गरी देशको हितमा नयाँ सन्धि–सम्झौताहरू गर्न, भारतसितका बिप्पा, जलविद्युत सम्बन्धी पीटीए, पीडीए लगायत राष्ट्रघाती सम्झौता रद्द गरेर देखाउन र देशलाई आर्थिक दृष्टिले आत्मनिर्भर बनाउन अग्रसर बनुन् । अन्यथा सत्ता र कुर्सी जोगाउनका लागि गरिने चर्का भाषणबाजीको कुनै अर्थ र मूल्य हुँदैन । ...... नवनिर्माणतिर ध्यानै दिइएको छैन ...... भूकम्पबाट पैदा भएको भन्दा पनि नाकाबन्दीबाट पैदा भएको आर्थिक क्षति अझै बढ्दै गइरहेको छ । फलत: अब देश आर्थिक महामन्दी र गम्भीर मानवीय सङ्कटको महाभुमरीमा फँस्ने खतरा निकै टड्कारो बन्दैछ । ..... सबैभन्दा पहिलो कारण त दोस्रो संविधानसभा पश्चात् सरकार र प्रतिपक्षमा रहेका प्रमुख राजनीतिक दलहरूले संविधानसभा भित्रैका तथा बाहिर रहेका राजनीतिक दलहरूलाई उपेक्षा गरेर निकै हठ तथा दम्भ प्रदर्शनका आधारमा पश्चगामी संविधान बनाउनु नै हो । ..... देशभित्रका प्रतिक्रियावादी शासक वर्ग तथा विस्तारवादी शक्तिको चपेटामा परी आफ्ना हक—अधिकारबाट बञ्चित रहिआएका मधेस, थारूवान लगायत विभिन्न क्षेत्रका जनसमुदायमा पैदा हुँदै आएको उत्पीडन विरोधी सङ्घर्षलाई पनि लिनुपर्छ .....

भारतीय शासक वर्गको एउटा गुटले नेपालका प्रमुख सत्ताधारी तथा प्रतिपक्षलाई उक्साएर छिटै संविधान लेख्न लगाउने र अर्को गुटले संविधानसभा भित्रकै अर्को पक्षलाई टेवा दिएर आन्दोलनको निहुँमा वितण्डा मच्चाउन निर्देशित गर्ने गर्दै आएको कुरा स्पष्ट नै छ । यी सबै कुरा नेपालमा ठूलो अस्तव्यस्तताको स्थिति पैदा गरी आफ्नो हस्तक्षेपलाई अझै बढाउने भारतीय शासक वर्गको रणनीतिक गुरुयोजनामा आधारित रहेको कुरा स्पष्ट नै छ ।

..... चौथो कारणका रूपमा विस्तारवादलाई गुहार्ने तथा दलाली गर्ने आन्दोलनको नेतृत्वमा विद्यमान प्रवृत्तिलाई लिनुपर्छ ..... जलस्रोतको क्षेत्रमा विश्वकै दोस्रो ठूलो धनी देश भनेर चिनिने नेपालले ऊर्जाको समस्यामा किन छट्पटाइरहनुपरेको छ ? अरू त कुरै छोडौं,

नेपालले पानीसम्म पनि आयात गर्नुपर्ने स्थिति किन पैदा भयो ?



‘अंगीकृत नागरिक उच्च पदमा पुग्नुपर्छ भन्ने छैन’
मधेस आन्दोलन सुरु भएको तीन दिनपछि राजधानी छाडेर तराई झरेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो उत्तेजक अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । वार्ता र कूटनीतिक पहलका क्रममा अरू दलका नेता काठमाडौं आइरहे पनि महतोले आन्दोलन सफल नहुन्जेल मधेस नछाड्ने जिकिर गरे । ..... ४० दिनसम्म आफैमाथि बन्द गरेर बन्दको समर्थनमा हिमाल, पहाडबाट चुइँक्क आवाज आएन । सरकार पनि बोलेन । दुनियाँका सामु मधेसी जनता लडेको लड्यै छ । उसको जायज माग पुरा गर्न कतैबाट समर्थन आएन । अनि मधेसी जनता निसहाय भएर मजबुर भएर सीमामा धर्ना दिन पुग्यो । ....... यति पीडा हुँदा पनि सरकारले खोकला राष्ट्रवादको नारा दिएको छ । मधेस आन्दोलन र भारतको विरोधमा जनता उक्साइएको छ । ......

खाना पकाउन ग्यास अभाव भयो, गाडी चढ्न इन्धन भएन, पीडा त छ, तर २५० वर्षदेखिको उत्पीडनबाट मुक्ति पाउन त्योभन्दा ठूलो कुरा हो । त्यसमा हामीले सहयोग चाहेको हो । पहाड, हिमालका जनताले समर्थन गर्‍यो भने सरकारलाई दबाब पर्छ । हामीले काठमाडौँको साथ खोजेका छौँ ।

...... आन्दोलन गर्ने मधेसी, नाकाबन्दी गर्ने मधेसी, तर यहाँको मिडिया, सरकार र खसवादी मानसिकता बोकेकाले यो मधेसीले गरेको भन्दैन, भारतले गरेको भन्छ । मधेसीले गरेको भन्यो भने दुनियाँले सोध्छ कि किन तिम्रै देशका जनताले नाकाबन्दी गरेको ? आपूर्ति ठप्पबारे सारा दुनियाँले सोध्छ । दुनियाँको दबाब पर्छ । खोकला राष्ट्रवाद देखाएर भारतको समस्या देखाइएको छ । जबकि यो समस्या आन्तरिक हो । ........

४० दिनसम्म हामीले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार, विदेशी, मानवअधिकारवादी कोही बोलेनन् । ४० भन्दा बढीले ज्यान गुमाइसक्दा पनि कोही आएनन् । त्यसैले बाध्य भएर नाकाबन्दीमा पुगियो ।

...... लड्नका लागि पार्टी नै खोलेका हौं नि । ...... अधिकार प्राप्तिका लागि गुलाम बच्चा जन्माएर के गर्ने ? मुक्ति दिलाउनुपर्छ । ट्युसन पढाएर, २/३ घन्टा बढी पढेर कम्प्लिट भइहाल्छ । यो वर्ष पढ्न नपाए अर्को वर्ष पढे भइहाल्छ । तर अधिकार बिनाको बच्चा के काम ? ........ सार्वभौम त हो, ह्विप पनि लाग्दैन । तर यसमा पार्टीको नैतिकतामा भर पर्छ । ह्विप त लगायो । संविधान जारी हुनुभन्दा अगाडि ठूला दलका मधेसी सभासदले चर्काचर्का भाषण त गरे । तर ह्विप जारी गरेर असोज ३ गते साइन गरायो । .... ह्विप त जारी गरिहाल्यो नि । ...... एमाले, कांग्रेसले विगतका सम्झौता पुरा गर्छौं भनेका थिए । त्यसको आधारमा जनताले मत दिएका थिए । उल्टापुल्टा संविधान बनाए । जनतालाई धोखा दिए ...... हामीले स्वायत्त प्रदेश मागेका थियौं । तर अहिलेको प्रदेशको जिल्ला विकासजति पनि अधिकार छैन, प्रान्त लिएर के गर्ने ? ......... नागरिकताको सम्बन्धमा । हाम्रो सीमाक्षेत्रमा भारतसित रोटीबेटीको सम्बन्ध छ । र वैवाहिक सम्बन्धको नाताले पहिले जुन नागरिकता पाइरहेको थियो, त्यही कायम हुनुपर्छ । संविधानमै प्रस्ट रूपले लेख्नुपर्‍यो । कानुन बनाएर दिन्छु भन्नुहुन्न । विवाह हुने बित्तिकै नागरिकता पाउनुपर्छ । अहिलेको संविधानले सम्बन्ध तोड्ने काम गरेको छ । ...... वैवाहिक अंगीकृतको हकमा अधिकार पाउनैपर्छ । विवाह गरिआउने महिला त हाम्रो परिवारको सदस्य हुन्छ नि । यसले ठूलो परिवारिक विभेद हुन्छ ।

अधिकार दिन सकेनौ भने कसले छोरी दिन्छ ?

..... सेना र पुलिसमा मधेसीले पनि हतियार बोक्न चाहन्छ । ..... जुन समुदायको बाहुल्य भए पनि मधेसी, पहाडी मिलेरै बसेका थियौँ । हिजोसम्म सँगै बस्ने । तर अहिले प्रदेश छुट्याउँदा समुदायको आधारमा प्रदेश बनाउन मिल्दैन । मधेसको भूभाग लिएर जान मिल्दैन । ....... हेर्नुस्, यसमा जालसाजी भइहाल्यो । संसद संविधानकै रूपान्तरित त हो नि । हाम्रो राजीनामा नै स्वीकृत गरेनन् । हामीले छुट्टा राजीनामा पेस गरेका थियौं । ......

बाबुरामको राजीनामा स्वीकृत भयो,, तपाईहरूको किन भएन ?...... यही त षडयन्त्र भयो । तत्कालीन सभामुखले षडयन्त्र गरे ।

...... हाम्रै ५ भोटले केपी ओलीले जितेको भए सबै आरोप हामीमाथि लाग्थ्यो । त्यो डरले पनि हामी गयौँ । ....... हाम्रै ५ भोटले केपी ओलीले जितेको भए सबै आरोप हामीमाथि लाग्थ्यो । त्यो डरले पनि हामी गयौँ । ......

ढुंगा त हामीले हानेको हो नि । दसगजामा बसेर हामीले हानेको हो ।

..... हामी मात्र हैन, विगतमा कांग्रेस, एमाले, माओवादीका नेताले पनि भारतमा बसेर नेपालका लागि आन्दोलन गरेका छन् । हामी किन बस्न नपाउने ? ....... कांग्रेस, एमाले, एमाओवादी संविधान बनाउने दलले सीमांकन लगायत ११ बुँदे माग प्याकेजमा धारणा, रोडम्याप ल्याउनुपर्छ । अनि त्यसपछि बुँदागत कुरा हुन्छ । सीमांकन लगायतका मुद्दामा हाम्रो त प्रस्टै छ नि ।
सिरहाका एमाले कार्यकर्ताको पार्टी त्याग्ने चेतावनी
सत्तारुढ एमालेका सिरहा क्षेत्रनम्वर २ समितिले मधेशी जनाताका माग तत्काल पूरा नगरे पार्टी बहिष्कार गर्ने चेतावनी दिएको छ । ..... पत्रकार सम्मेलन सिरहा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष केदारनाथ यादवले अब पनि माग पूरा नगरे पाटी बहिष्कार गर्ने चेतावनी दिए । सम्मेलनमा

सगरमाथा अञ्चल समन्वय कमिटिका पूर्व सदस्य सत्यनारायण यादवले मधेशप्रति अनुदार पार्टी नेतृत्वले यस्तै हर्कत कायम राखे सिरहा जिल्ला मात्र होइन, सिङ्गो २ नं. प्रदेश अन्तर्गतका पार्टी कमिटिहरुले पार्टी बहिष्कार गर्ने चेतावनी दिए ।

No comments: