Sunday, November 22, 2015

In The News (54)



हुँदै नभएको “भिडन्त”को कथा : किन ताकीताकी हानिँदैछ गोली ?
काठमाण्डौका मिडियाले प्रहरी र प्रदर्शनकारीबीचको भिडन्त भने पनि‚ प्रहरीले आफूहरुलाई घेरामा हालेर प्रदर्शनकारीले फायर गरेको भने पनि घाइतेहरुले बिल्कुलै फरक दाबी गरेका छन् । ती दुबै ठाउँमा कुनै भिडन्त नभएको र धर्नाकर्मीहरु खाना खाइरहेको बेला प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र गोली प्रहार गरेको थियो । ...... सत्य परेशान हुन सक्छ तर पराजित हुनसक्दैन ! ..... हिजो साँझदेखि नै सप्तरीको भारदह र रुपनीका साथीहरुको सम्पर्कमा छु । आन्दोलनकारीहरुले बाटो छेकेर अवश्य बसेका थिए तर गाडीहरु नआउँदै, बिना कुनै पूर्वजानकारी राति साढे १० बजेतिर प्रहरीले भारदहमा अन्धाधुन्ध गोली चलाएको थियो । सैयौँ राउण्ड गोली चल्यो । दर्जनौ मेरा दौतरीहरु, गाउँघरका बाल्यकालदेखिका मित्रहरु घाइते भएका छन् । रुपनी र भारदहमा गरी दुई प्रदर्शनकारीको मृत्यु भएको छ । ...... त्यति गरेर पनि प्रहरीले राजमार्ग खुलाउन सकेन । अन्दाज गर्न सकिन्छ, जनप्रदर्शनमा सहभागीको । तैपनि प्रहरीले भन्छ, पहिला हामीमाथि आक्रमण भयो रे । म काठमाण्डौका पत्रकार मित्रहरुलाई विनम्र आग्रह गर्न चाहन्छु, कृपया स्थानीयहरुसँग भेटेर, कुराकानी गरेर वास्तविक धरातलीय यथार्थलाई समाचार बनाउनुहोस् । प्रहरीको एकतर्फी बयानलाई समाचार नबनाऊ । ....

मधेसमा समाज र राज्यबीचको सम्बन्ध असमान प्रकारको छ । राज्य, प्रहरी, प्रशासनबाट क्षुब्ध मधेसी समाज काठमाण्डौका अधिकांश पत्रकारसँग पनि सन्तुष्ट छैन् । पत्रकार मित्रहरुको ध्यान जाओस् ।

....... ती दुबै ठाउँमा कुनै भिडन्त नभएको र धर्नाकर्मीहरु खाना खाइरहेको बेला प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र गोली प्रहार गरेको थियो । रुपनीको एक पसलमा खाना खाँदै गरेका अमरेन्द्र झा (दाह्री पालेको)माथि पहिला अश्रुग्यास प्रहार गरिएको थियो । पछि उनको टाउकोमा गोली हानेको झाले दाबी गरे । भारदहमा सहिद भएका वीरेन्द्र रामका मीत मोहम्मद अकबर अलीले भने,

‘हामी एउटा पसल अगाडि उभिएर हेरिराखेका थियौँ, प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्न थाल्यो । मेरै अगाडि मेरा मीत वीरेन्द्र ढले । मेरो पेटमा गोली लागेको छ ।’

संस्थागत भ्रष्टाचार .....उखान तुक्के सरकार र तिनका सम्पूर्ण सम्यन्त्र संस्थागत भ्रष्टाचार गर्दै एक तर्फ मधेशी जनताको ह...

Posted by Upendra Mahato on Saturday, November 21, 2015

No comments: