Tuesday, November 24, 2015

एक मधेस दो प्रदेश बटमलाइन हो

एक मधेस दो प्रदेश मधेसी क्रांति ३ को बटमलाइन हो। तीन बाहुन दल त्यहाँ नआएसम्म हामीसँग कुरै नगर। नारायणी नदी देखि झापा सम्म एउटा, कंचनपुर सम्म अर्को। बरु प्रदेश को नाम मधेस र थरुहट नभएर २ नंबर र ५ नंबर हुन सक्छ। साथै मगर को पनि क्लस्टर मिलाउ। मोटामोटी यो सात प्रदेश को सीमांकन नामांकन मा आउ तीन बाहुन दल। त्यहाँ नआउन सक्दा सम्म आफु आफु भेटघाट गर। हामी सँग भेटघाट गरेर काम छैन।


११ बुँदे माग मा तलमाथि हुँदैन। त्यस मध्ये काफल टिपे जस्तो गरेर दुई माग टिपने, सीमांकन नछुने, आदि इत्यादि गरे आंदोलन झन बल्झिन्छ। राजमार्ग पुर्ण रुपले अवरुद्ध भएर कालाबाजारी र तस्करी पनि पुर्ण रुपले नियंत्रण हुन्छ।

१० बिलियन डॉलर को अर्थतंत्र वार्षिक ५% ले वृद्धि भएको छ भने त्यसलाई २० बिलियन पुग्न लगभग १५ वर्ष लाग्छ। तीन बाहुन दल को लिडे ढिपी ले १० खरब को चुना लागिसक्यो। अर्थात अर्थतंत्र ले टाइम ट्रैवल गरेको छ। सन २०१५ को अर्थतंत्र सन २००० मा पुगेको छ, दरबार हत्या काण्ड भन्दा अगाडि।

अर्थतंत्र लाई कहाँ पुर्याउने विचार छ? बर्लिन को पर्खाल भत्किनु अगाडि पुर्याउने हो कि?

No comments: