Tuesday, November 24, 2015

मधेसी मथिको दमन को लामो श्रृंखला

यो रातारात भएको कुरा होइन। पृथ्वी नारायण ले के गरे? राणा ले के गरे? महेंद्र ले के गरे? ती आफ्ना ठाउँ मा छन। यहाँ गणतंत्र को स्थापना र मधेसी क्रांति पछि को जिक्र गरिँदै छ।

पहिलो संविधान सभा लाई असफल पार्ने हर संभव प्रयास भयो। माधव नेपाल ले "रगतको खोलो बगाउने" चेतावनी दिएकै हुन। मधेसी जनजाति ले चाहे जस्तो संघीयता मा गए रगतको खोलो बगाउने। दोस्रो संविधान सभा को चुनाव मा व्यापक धाँधली भयो। त्यस पछि पनि लोकतान्त्रिक प्रक्रिया को कदम कदम मा खिल्ली उड़ाइयो। काँग्रेस ले चुनाव जिते पछि आफ्नो मेनिफेस्टो झ्याल बाहिर फाल्यो। अंततः व्हिप जारी गर्न नमिल्ने संविधान सभा मा व्हिप जारी गरियो।

सशस्त्र मधेसी दल मास्ने निहुँ मा दोस्रो संविधान सभा चुनाव अगाडि माधव नेपालको सरकार ले तराई मा यस्तो त्रास को वातावरण सिर्जना गर्यो कि आम मधेसी लाई सुरक्षित महसुस गर्न काँग्रेस एमाले मध्ये एक समातेको बेस जस्तो लाग्न थाल्यो। नभएको सशस्त्र मधेसी मासियो, अनि कुना कुनामा सशस्त्र पहाड़ी खड़ा गरियो।

मधेस को कुना कुनामा सशस्त्र मात्र खड़ा गरिएन, संविधान जारी गर्नु केही हप्ता अगाडि त्यस सशस्त्र लाई shoot at sight order जारी गरियो। सड़क मा एउटा कतै जुलुस निस्केको छैन, shoot at sight? त्यो फ़ासिस्ट चरित्र हो। ज्ञानेन्द्र सरकार ले पनि सड़क मा मान्छे छताछुल्ल भए पछि बल्ल २००६ मा shoot at sight order जारी गरेको।

जबरजस्ती एउटा नस्लवादी संविधान ल्याउने काम भयो। मधेसी मोर्चा ले अनिश्चितकालीन बंद भनेको त फ़ासिस्ट सरकार ले त्योभन्दा कड़ा बंद आफै घोषणा गर्यो: अनिश्चितकालीन कर्फ्यू। महात्मा गांधी बाट सिकेर मधेसी ले जेल भरो आंदोलन के गर्नु, प्रत्येक मधेसी को घर लाई नै फ़ासिस्ट सरकारले जेल बनाई दियो। राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन र सर्वोच्चको आदेश को उल्लंघन गर्दै टाउको, छाती र पिठ्यु ताकी ताकी गोली हानियो। त्यो सिलसिला फेरि शुरू गरिएको छ।

भारत, अमेरिका, चीन, युरोप एउटा कुनै शक्ति को साथ छैन यस नस्लवादी सरकार लाई। तर यो फ़ासिस्ट सरकार सुसाइड मिसन मा कूदेको कुदै छ। अंततः मधेसी को अधिकार लाई नभएर कमसेकम तेल र गैस का लागि भए पनि काठमाण्डु का सर्वसाधारण ले सिंह दरबार र बालुवाटार नघेरे सम्म यो फ़ासिस्ट सरकार टस से मस हुने छाँटकाँट देखिँदैन।





No comments: