Wednesday, November 18, 2015

एक चोटि नक्शा हेरौं

यो हो झापा।



झापा र बंगलादेश बीच त्यो साँघुरो न साँघुरो के हो त्यो? अझ गोर्खालैंड राज्य बने पछि त त्यो ढ़याप्प बंद नै हुने भो।

त्यत्रो नेपाल मा सब ठाउँ छोडेर झापा मा नै ३ खरब को फैक्ट्री चीन ले बनाउने प्लान बनाउनु किन होला? केपी ओली र कृष्ण सिटौला लाई भारत परस्त भन्ने हरुले भारत परस्त भन्न छोड्नु पर्ने बेला आयो।

झापा र बंगलादेश बीच त्यो कुखुरा को घाँटी जस्तो के हो त्यो? एह, त्यो भारत हो?



अरुणाचल प्रदेश लाई चीन ले भारत नै मान्दैन। भने पछि त्यो पूरै North East भारत को शरीर बाट यदि छिनाउनु पर्यो भने त्यो कुखुरा को घाँटी काम लाग्ने जस्तो देखियो।

एह। त्यस्तो पो त!

हुन त दुई अणु शक्ति बीच युद्ध हुने जमाना यो होइन। तर रूस ले अमेरिका लाई दुई तीन ठाउँ मा गिजयाउन भ्यायेकै छ।
दुबै अणु शक्ति हुन।

त्यो कुखुराको घाँटी छिनयाउनु भन्दा बढ़ी उपयोगी कुरा हो छिनयाउन सक्छु भन्ने आभाष दि राख्नु। Bargaining chip को रुपमा ठाउँ ठाउँ मा प्रयोग गर्नु।

South China Sea चीनको त्यस्तै कुखुराको घाँटी हो। चीनको अर्थतंत्र तहसनहस पार्नु छ भने त्यो घाँटी मा गले में खिंच खिंच गरे पुग्छ। त्यो चीन ले पनि बुझ्छ अमेरिका ले पनि।

तर यो घाँटी को कुरा भारत को सरोकार को विषय हो भने हो, मधेस को सरोकार त्यो होइन। भारत को सुरक्षा का मुद्दा मा मधेस सदा संवेदनशील रहनेछ। तर एक मधेस दो प्रदेश त मधेस को आतंरिक राजनीतिक मुद्दा हो। झापा मधेस को अभिन्न अंग हो। पहाड़ बाट झापा झर्ने पहाड़ी हरु मधेस जान भनेरै हिडेका थिए। मधेस आइपुग्यो त।

जनकपुर को मान्छे जब ट्रेन चढेर पटना पुग्छ उसले यो पटना शहर मेरो जनकपुर कै एउटा टोल हो भन्ने क्लेम गर्दैन।


No comments: