Thursday, May 26, 2022

टीम बालेन को धन्यवाद रैली

बालेन एउटा व्यक्ति होइन। आज त बालेन एउटा आन्दोलन हो। यो संस्कार भएको आन्दोलन हो। आफ्ना अग्रज को आदर गर्छ। त्यही पुरानो पुस्ता लाई मोटो पेंशन दिन त यस आन्दोलन ले देशको नेतृत्व लिनुपरेको छ। बुढेसकाल मा आमा बाबु को हेरचाह गर्छु भन्ने युवा नालायक होइन। 

चुनावी अभियान का बिभिन्न अन्तरवार्ता हरु मा सुन्न सकिन्थ्यो बालेन ले बराबर हामी हामी भन्थ्यो। एउटा टीम छ। यो एक व्यक्ति होइन। एउटा टीम थियो र छ। अब त यो आन्दोलन भइसक्यो। बालेन चुनाव लडेको काठमाण्डु मा, लौरो ले भोट पाइरहेको थियो विराटनगर मा। काठमाण्डु मा बालेन नलडेको भए धरान मा नजितने। धरान को स्वतंत्र उम्मेदवार एकलै माइक फुंकेर हिडेको अवस्था थियो। मान्छे हरु उसँग हिड्न डराउँथे। किनभने देशमा ३० वर्ष देखि दलीय तानाशाही चलिरहेको छ। सच्चा लोकतंत्र आउनै बाँकी छ। 

टीम बालेन ले केही दिन अगाडि छलफल गरेर निर्णय गर्यो। विजय रैली नगर्ने। हामीले कसैलाई परास्त गरेकै होइन। यो त बालेन लाई भोट नदिने हरुको पनि जित हो। देश का बिभिन्न ठाउँ बाट मानिस हरु बस रिज़र्व गरेर कठमाण्डु विजय रैली मा सहभागी हुने भन्दै थियो। टीम बालेन ले भन्यो जुन ठाउँ मा हुनुहुन्छ त्यही ठाउँ मा धन्यवाद रैली आयोजना गर्ने तैयारी गर्नुस। काठमाण्डु नआउनुस। त्यो धन्यवाद रैली ले स्थानीय संगठन निर्माण को बीजारोपण गर्नेछ। 

सही निर्णय। सटीक निर्णय। चुनावी अभियान सकिएको होइन। चुनावी अभियान त अब बल्ल शुरू भयो। छ महिना भित्र देशव्यापी लड्नुछ। 




No comments: