Saturday, May 07, 2022

काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ

स्वतंत्र मेयर ले काम नै गर्न सक्दैन होइन कि काठमाण्डु को स्वतंत्र मेयर ले देश नै बदल्न सक्छ। लोकतंत्र मा मतदाता ले पनि फड्को मार्न सक्नुपर्छ। रिस्क लिन सक्नुपर्छ। आँट गर्न सक्नुपर्छ। घरि घरि उही घिसीपिटी पार्टी, उही घिसीपिटी नेता हरु लाई जिताउँदै जाने हो भने परिवर्तन को कल्पना गर्न छोड्नुपर्छ। देश लाई घिसीपिटी अवस्था मा कायम राख्ने लोकतान्त्रिक अधिकार जनता सँग छ। नभएको होइन। होइन यदि छलांग मार्ने इच्छा छ भने जनता ले पनि हिम्मत देखाउन सक्नुपर्छ। नया उम्मेदवार, स्वतंत्र उम्मीदवार अहिले को उपलब्ध बाटो हो।

त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?

प्रचंड ले धम्की दिए जस्तो। मेरो छोरी लाई जिताउ होइन भने देश फेरि गृह युद्ध मा जान्छ भनेको कि के भनेको त्यो? पुराना भ्रष्ट पार्टी ले त भन्छ नै, हामीलाई जिताउ होइन भने स्थानीय सरकार ठप्प हुन्छ। त्यो लोकतान्त्रिक भाषा नै होइन। आरजु देउबा ले म बजेट रोकिदिन्छु माथि बाट भनेर थर्काए जस्तो। लोकतंत्र मा भोट माग्ने तरिका त्यो हुँदै होइन। 


बालेन शाह काठमाण्डु को स्वतंत्र मेयर बन्नु ले देश लाई एउटा नया राजनीतिक पार्टी दिन सक्छ। फ़िनलैंड को प्रधान मंत्री लाई हेरौं। फ्रांस मा मैक्रॉन ले एक्लै जितेका हुन। पछि पार्टी गठन गरेका हुन संसदीय चुनाव लड़न। पुरानो पुस्ता ले गर्न पनि नसक्ने, नया पुस्ता ले गर्न खोज्यो भने त्यहाँ पनि अड़काउन खोज्ने? त्यो त भएन। ज़ेलेन्स्की एक्लै जितेको हो त्यो पनि राष्ट्रपति मा। देश चलाएको छ। काठमाण्डु ५० वर्ग किलोमीटर पनि छैन।     


मेयर लाई मात्र किन, खुद मुख्य मंत्री लाई शक्तिविहीन बनाएर राखेको छ संविधान ले। समाधान संविधान संसोधन हो, उही घिसीपिटी पार्टी, उही घिसीपिटी नेता होइन। 

महानगर को बहस सबै लाइवस्ट्रीम गर्ने कुरा छ। कदम कदम मा बाँझो हाल्दै गए जनता ले देखलान नि त। जनता त्यति निरिह हुनु भएन। 

कर्मचारी लाई लागु हुने अवकाश को कानुन नेता हरु लाई पनि लाग्ने हो भने बल्ल देश ले विकास गर्छ। मतदाता मालिक हो। देउ एक एक लाई अवकाश। होइन भने उही घिसीपिटी अवस्था कायम रहन्छ। 

टीम छैन भनेको के? बालेन को टोल टोल मा कमिटी छ। 




न टिम, न राजनीतिक अनुभव : के स्वतन्त्रबाट उठ्नेले जिते हाँक्न सक्लान् स्थानीय सरकार?  ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरे मात्रै काम हुन्छ। एकदमै राम्रो रह्यो मेरो अनुभव। सबैले सहयोग गरे। सबै पार्टी प्रतिनिधिले सहयोग गरे। आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठियो। सबै पार्टीलाई मिलाएर लिने प्रयास भयो। त्यस्तो कम्प्लेन छैन्,’ उनले भने। .......  उनको व्यक्तित्वको छायाँमा परेका थिए सबै। त्यसैले उनलाई अरुलाई भन्दा सहज थियो। नत्र ३३ जनाको कार्यपालिकामा राप्रपाका ५ जना मात्रै सदस्य हुनु नेपालगन्ज उपमहानगर हाँकिरहेका राणाका लागि कम्ति असहज अवस्था थिएन। अहिले पनि मेयर राणा स्थानीय तहमा सुझबुझ भएका नेता जितेर आउनुपर्ने सुझाव दिन्छन्। .......  २०७४ सालको स्थानीय तह निर्वाचनमा ६ जनाले स्थानीय तहको प्रमुख/अध्यक्षमा स्वतन्त्रबाट चुनाव जितेका थिए। निर्वाचन आयोगका अनुसार ५ जनाले उपप्रमुख/उपाध्यक्ष जिते। ९१ वडा अध्यक्ष र १ सय ३१ जना सदस्यले स्वतन्त्रबाट चुनाव जितेका थिए। ......  काठमाडौं महानगरपालिकामा बालेन साह, सुशील थापासँगै देशभरका स्थानीय तहको प्रमुख/अध्यक्ष पदका लागि २ जहार १ सय ६ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष/उपप्रमुखका लागि ५ सय ४२, वडा अध्यक्षका लागि ४ हजार ३ सय ३, वडा सदस्य २ हजार ३ सय ३३ जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका छन्। कूल ९ हजार २ सय ८४ जना स्वतन्त्र उम्मेदवार छन्।








आधुनिक प्रविधिको प्रयोग बढाएर कृषकहरुलाई आत्मनिर्भर बनाउँछौ : बलराम आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले शनिबार एकै दिन नगरभित्रका ९ वटा वडामा घरदैलो सम्पन्न गरेका छन् ।

No comments: