Sunday, May 15, 2022

News: May 15



हनुमानगर कंकालिनीको मेयर/उपमेयरमा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका शैलेशकुमार साहले २९४ मत पाएका छन्।

तराई-मधेशमा बज्यो सीके राउतको हर्न, ७ पालिकामा अग्रता, २० मा प्रतिस्पर्धा प्रारम्भिक मतगणनामा जनमत पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको हो । ........ मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले अग्रता लिएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकामा जनमत पार्टीका मेयर पदका उम्मेदवार इन्द्रदेव कौगडिया, हनुमान नगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझी, वलान विहुल गाउँपालिकामा अध्यक्ष पदमा जनमत पार्टीका खेमचन्द्र यादवले अग्रता कायमै राखेका छन् । त्यसै गरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीका उम्मेदवार जितेन्द्रकुमार यादवले अग्रता कायम राखेका छन् । ......... जनमत पार्टीका अध्यक्ष राउतले २० वटा पालिकामा जनमत पार्टी प्रतिस्पर्धामा रहेको बताउँछन् । मतगणनास्थलमा प्रहरी, प्रशासनदेखि अन्य राजनीतिक दलका नेताहरूले धाँधली गरिरहेको उनको आरोप छ । ...... 'कतिपय मतगणनास्थलमा हाम्रो पार्टीको उम्मेदवारलाई पनि जान दिइएको छैन, कतिपय ठाउँमा प्रतिनिधिलाई पनि जान दिइएको छैन,' राउतले आरोप लगाउँदै लोकान्तरसँग भने, 'कतिपय स्थानमा त वडाध्यक्ष जितेको भए पनि आयोगले धाँधली गर्दै अन्य उम्मेदवारलाई जिताएको घोषणा गरेका छन् ।' ...... सप्तरीको कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदमा जनमत पार्टीको उम्मेदवारले जितेको उनको दाबी छ । तर, निर्वाचन आयोगले पछि घोषणा गर्दा २२ मतले अन्य उम्मेदवार जितेको घोषणा गरेर धाँधली गरेको राउतले आरोप लगाए । कञ्चनरुपजस्तै अन्य पालिकाहरूमा पनि जनमत पार्टीका उम्मेदवारलाई पराजय गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।



चुनावमा विवेकशील साझालाई लज्जास्पद मत, ३ अंकको आंकडा छुनै मुस्किल स्वतन्त्र उम्मेदवार बालेन शाहले २ हजार ८ सय मत प्राप्त गर्दा साझाकी समीक्षा बास्कोटाले मात्र २३ भोट पाएकी छिन् । ..... उपमेयरमा सुनिता डंगोलले २ हजार भोट पाउँदा साझाकी कृति कंशाकारले मात्र ३५ भोट पाएकी छिन् । ...... पोखरा उपमहानगरमा पनि साझाले पाएको भोट लज्जास्पद देखिएको छ । गठबन्धनका धनराज आचार्यले १ हजार १ सय २१ मत पाउँदा साझाकी सुशीला केसीले ८ भोट पाएकी छिन् ....... चितवनको भरतपुरमा ४ हजार ८ सय मत गन्दा साझाका प्रविन काफ्लेले ८ भोट पाएका छन् ..... ‘मान्छेमा इमान्दारी भए सचेत जनताले पत्याउँदा रहेछन् भन्ने उदाहरण बालेन शाह हुन् । रवीन्द्रजीहरूले वैकल्पिक राजनीतिलाई धमिल्याउनुभयो,’ साझा पार्टीबाट अलग्गिएका उनका एक पूर्व सहकर्मीले भने, ‘चुनावको पूर्वसन्ध्यामा राप्रपासँग एकताको चर्चापछि त्यो पार्टी वैकल्पिक राजनीतिको वकालत गर्न पनि योग्य रहेन ।’

जनकपुरधाममा स्वतन्त्रको अग्रता, गठबन्धनका मेयरको लज्जास्पद मत सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ३ मत पाएका छन् ।



काठमाडौंमा वालेनको अग्रता बढ्दै, कसको कति मत ?

No comments: