Tuesday, May 24, 2022

News: May 24

काठमाडौं महानगर प्रमुखमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । ...... बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् ।​ बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् । ...... मोहम्मद इमुमामुदिन राइनले भने अहिलेसम्म बालेनलाई प्रत्यक्ष रुपमा नदेखेको बताए । यद्यपि उनको चर्चा गाउँमा दिनहुँ हुने गरेको उनी बताउँछन् । उनले काठमाडौं महानगरको मतगणना सम्पन्न भएपछि बालेनको भव्यरुपमा सम्मान गर्न, स्वागत गर्न र बधाई ज्ञापन गर्न आफू लगायत गाउँका धेरै जना काठमाडौं जाने तयारीमा रहेको बताए ।​



माओवादी मधेसमा पाँचौँ दल, गम्भीर समीक्षा गर्ने तयारी मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ । ....... २०७४ सालको निर्वाचनमा माओवादीले मधेसबाट २१ स्थानीय तह जितेको थियो । पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशमा एमालेले २३ स्थानीय तह, नेपाली काँग्रेसले ४४ स्थानीय तह, जनता समाजवादी पार्टीले २४ स्थानीय तह, लोकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानीय तह र नेकपा एकीकृत समाजवादीले ४ स्थानीय तहमा जितेको छ । ........ यो प्रदेशका अझै १६ स्थानीय तहको मतगणना जारी छ । ....... मधेस प्रदेशमा प्रभु साह फ्याक्टरलाई समेत माओवादी नेताहरूले नकार्न सकेका छैनन् । प्रभु साह माओवादीमा हुँदा मधेसमा उनको जबरजस्त प्रभाव थियो । उनी एमाले प्रवेश गरेपछि त्यो लेबलको नेताको अभाव देखिएको छ । उनको स्थान अरू कुनै माओवादी नेताले लिन सकेका छैनन् । एक ढंगले माओवादी मधेसमा नेतृत्वविहीन अवस्थामा जस्तै देखिएको छ । ....... ‘मधेसमा निर्वाचनका बेला पैसाको निकै ठूलो चलखेल भयो । पार्टीका तीनै तहले स्रोतको व्यवस्थापन गर्न सकेन । प्रायजसो स्थानीय तहमा पहिले जितकालाई दोहोर्‍यायौं तर जनताले रुचाएनन् ।’

बाइडेनले भने – ताइवानलाई समर्थन गर्नेछौँ, चीनले दियो यस्तो जवाफ बाइडेनले सोमबार जापानका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन गरिरहेका थिए । यसै क्रममा एक पत्रकारले उनलाई ताइवानमा आक्रमण भए अमेरिकाले समर्थन गर्छ कि गर्दैन भनेर सोधेका थिए । जवाफमा, बिडेनले ‘गर्छौँ’ भन्ने जवाफ दिए । ..... बाइडेनले भने, ‘हामी एक चीन नीतिमा सहमत छौँ । हामीले यो नीतिमा हस्ताक्षर गरेका छौं । तर ताइवानलाई बल प्रयोग गरेर चीनसँग मिलाउन सकिँदैन ।’

No comments: