Monday, May 30, 2022

May 30: Balen Shah





‘काठमाडौंले व्यवस्थाको परिवर्तन खोजेको होइन, असन्तुष्टि पोखेको हो’
पहिलो बैठकमै तनाव : मेयर बालेन साहलाई वडाध्यक्षले भने- प्रक्रिया सिकेर आउनुस्
नवनिर्वाचित अध्यक्ष यादवको घोषणा- गाउँपालिकाभर नि:शुल्क वाईफाई
हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन आगामी ३०० किलोमिटर कालोपत्रे गर्ने र २४ वटा पुल बनाउने लक्ष्य छ । यस्तै ६७ वटा पुल निर्माण सुरु गर्न यो रकम उपयोग हुनेछ । ...... ३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा यो राजमार्ग निर्माण गर्ने घोषणा गरेका थिए । त्यसको १४ वर्षपछि ०६१ सालमा दुई देशबीच निर्माणका लागि औपचारिक सम्झौता भयो । ..... हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । पहाडबाट तराईसम्म खनिएका फेडर रोडलाई पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै हुलाकी राजमार्गमा जोड्ने गरी काम भइरहेको छ ......... यो १७ सय ९२.२५ किलोमिटर लामो राजमार्ग हो । यसको पूर्व–पश्चिम खण्ड ९७५ किलोमिटरको छ भने महेन्द्र राजमार्गसँग जोड्ने सहायक खण्ड र सडकहरु ८१७ किलोमिटरका छन् । ........ यो राजमार्गको प्रथम चरण अन्तरगतका १७ सडकमध्ये १० वटा खण्डमा भारत सरकारले काम गरिरहेको छ, जसको लम्बाइ २१८ किलोमिटर छ । यो राजमार्गको धेरै खण्डहरु वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्य हुने गरेका छन् ।

मेयर बालेनकी श्रीमति भन्छिन्- घरभित्रबाट जितेको मानिसको बाहिर कहिल्यै हार हुँदैन
मेयर बालेनले प्रधानसेनापति शर्मालाई किन भेटे ? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । आज मेयरका रुपमा सपथ लिएलगत्तै भद्रकालीस्थित सैन्य मुख्यालय पुगेका शाहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

मेयरमा पराजित भएर पनि खुसी मनाइरहेका बिपी साह को हुन् ? उनले भनेका छन्, ‘हाम्रो जनमत पार्टी (जपा) र मेरो लागि पनि यो आम चुनाव पहिलो थियो । जनमत पार्टी वा मैले हार्ने कुनै सिट नै थिएन । १ मत भए पनि हामी जित्ने नै हौँ । र, उम्मेदवारी दिएको हरेक पालिकामा हामीले जित्यौँ । हामीले कुनै सिट गुमाएनौँ। भूमिका मात्र फरक भयौं ।’ ......... सबैलाको कुल सदर मत १९६९६ छ । त्यसको १० प्रतिशतभन्दा बढी मत अर्थात् १९८९ मत साहले पाए । ‘पहिलो प्रयास मै १० प्रतिशतभन्दा बढी मत ल्याउनु ठूलो उपलब्धि हो’, उनको दाबी छ,

‘आउँदो चुनावमा हाम्रा एक जना मतदाताले अर्को एक जना मतदाता मात्र थप्ने हो भने हामी प्रक्रियागत चुनाव सहजै जित्ने छौँ ।’

...... उनले आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहन पनि आग्रह गरेका छन् । ...... सबैलाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव विजयी भएका हुन् । उनी माओवादी नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाइ हुन् । पाँच दलीय गठबन्धनका अघोषित उम्मेदवार भए पनि यादव मात्र २१ प्रतिशत मत ल्याएर प्रक्रियागत विजयी भएको भन्दै पराजित उम्मेदवार साहले विजयी सबैमा बधाई ज्ञापन गरेका छन् ।


‘काठमाडौंले व्यवस्थाको परिवर्तन खोजेको होइन, असन्तुष्टि पोखेको हो’ लिच्छविकालदेखि नै बाहिरबाट आएका मान्छेहरुले शासन गर्दै आएको पृष्ठभूमि छ । ...... बाहिरबाट आएर शासन गर्छन्, दुई–चार वर्षमै आफ्नो अवस्था सुधार्छन् तर काठमाडौंलाई जस्ताको त्यस्तै छोड्छन् । ...... लहर चाहिं के रैछ भने बहुदल पछिका राजनीतिक दलका नेता र पार्टीले काठमाडौंलाई राम्ररी हेरेनन्, काठमाडौंवासीका कलासंस्कृति, भाषालाई राम्ररी हेरेनन् भन्ने लहर आयो काठमाडौंमा । ........ केही वर्षअघिसम्म राजनीतिमा जतिसुकै परिवर्तन आए पनि यहाँका युवाहरुलाई मतलब हुँदैनथ्यो । तर अहिले पछिल्लो समयमा राजनीतिप्रति यहाँका स्थानीय युवाको सचेतना बढेको छ । अर्कोतिर विकासका नाममा काठमाडौंमाथि दमन गरियो, त्यसलाई युवाले बुझे । काठमाडौंका स्थानीय मानिसका विदेशमा पढ्ने छोराछोरीले समेत घरमा फोन गरेर भोट चाहिं बालेन साहलाई दिनू है भने । त्यसको अर्थ त काठमाडौंका युवा राजनीतिक रुपमा जागरुक भए भन्ने हो । तर महत्वपूर्ण कुरा चाहिं यहाँका युवा काठमाडौंको भाषा संस्कृतिलाई लिएर जागृत भएका हुन् कि या विकासको मात्रै कुरा हो भनेर बुझ्नुपर्ने हुन्छ । ..... बालेन साहसँगै स्वतन्त्र उठ्नुभएका सुमन सायमीको मत हेर्नुपर्ने हुन्छ, उहाँले सम्मानजनक मत पाउनुभएको छ । उपमेयर सुनिता डंगोलले मत पाउनुभएको छ, त्यो पनि अभियानको पक्षमा आएको मत हो ।

काठमाडौंको फोहाेरबारे अध्ययन गर्न कार्यदल गठन
महानगर चलाउन सिक्दैछन् मेयर बालेन ! वडाध्यक्षहरुले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे । वडाध्यक्ष विमलकुमार होडाले व्यंग्य गरे, ‘संसदीय बैठक प्रणाली सिक्नुस् । मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।’ ....... पहिलो बैठकमा मेयर साहले वडाध्यक्षहरुबाट ‘बैठक सञ्चालनको प्रक्रिया सिकेर आउनुस्’ भनेको सुन्नु परेको छ । ..... उपमेयर सुनीता डंगोलले नेपाल भाषामै सपथ लिइन् । ....... सोमबार नै नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राखे । सुरुमा परिचय, त्यसपछि धन्यवाद प्रस्ताव थियो । त्यसपछि उनले फोहोर मैला व्यवस्थापनको प्रस्ताव राखे । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उनले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको तथा हरेक घरमा क्यान्सर रोग, छालाको रोग पीडित रहेको पाएको बताए । ......... सोलिड वेष्ट (ठोस फोहोर) बारे आफूलाई पनि ज्ञान रहेको भन्दै उनले आधुनिक रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । ७५ प्रतिशत फोहोरलाई मलमा रुपान्तरण गर्न सकिने भन्दै उनले भने, ‘यसका लागि उपकरण ल्याउनुपर्छ, महानगरमा पनि प्रपोजल होला ।’ सिसडोेललाई बस्न योग्य बनाउनुपर्ने र बञ्चरेडाँडामा पनि फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै बालेनले आफू, उपमेयर समेत रहेको टोली बनाउने प्रस्ताव गरे । महानगरभित्र रहेका रेष्टुरेन्टका शौचालयलाई सार्वननिक शौचालयका रुपमा प्रयोग गर्ने पनि उनले प्रस्ताव राखे । यसका लागि आफूले चेन रेष्टुरेन्टहरुसँग छलफल समेत गरेको भन्दै मेयर साहले महानगरले संकेत चिह्नहरु राखिदिनुपर्ने सुनाए । उनले अघि भने, ‘यो काठमाडौंबाट सुरु भएपछि देशभर हुनेछ भन्ने विश्वास छ ।’....... यसअघि पनि वडाको नेतृत्व गरिसकेका वडाध्यक्षहरुले फोहोर व्यवस्थापनको समस्यालाई हलुका ढंगले नलिन आग्रह गरे । ...... वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले मेयर बालेनलाई म होइन, हामी भन्न सुझाए । ‘म नभनौं, हामी भनौं । म मात्र भनेर लोकप्रिय हुने कुरा नगरौं, हामी सबै मिलेर महानगर बननऔं, यसमा साथ दिन तयार छौं’ उनलेभने । ....... कार्यपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीका प्रतिनिधि रहेको भएपनि मेयरले एक्लो महसुस गर्नु नपर्ने उनले बताए । ......... हरेक काम गर्दा सल्लाह र छलफल गर्न आग्रह गर्दै उनले भने, ‘एजेण्डाहरु आउनुभन्दा पहिला दलका साथीहरुसँग एकचोटी सरसल्लाह गरेर यो यो एजेण्डा छ, के छ सुझाव भनिदिनुस् ।’ त्यसो नभए आउँदा दिनमा अप्ठ्यारो पर्ने वडाध्यक्ष पराजुलीले बताए । उनले अघि भने, ‘प्रमुखजीलाई के भन्न चाहन्छु भने प्लिज, बि केयर फुल एबाउट ह्वाट यू से ! प्लिज, बि करेक्ट एवाउट ह्वाट यू डू ! त्यसो भए हामी एक ढिक्का भएर जान सकिन्छ । बाँकी प्रमुखको हातमा छ, तपाईंको रोजी, हाम्रो छाडी ।’

जित पक्का भएपछि बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

No comments: