Tuesday, May 24, 2022

जनमत पार्टी ले गरेका गलती हरु

जनमत जितेको नगरमा उद्योग स्थापना गरिने घोषणा: पहिलो चरणमा १००-१५० जनालाई रोजगारी दिईने

गलती १: Don't Bring A Knife To A Gunfight

अंग्रेजी मा एउटा उखान छ। बंदुक को लड़ाइ भइरहेको ठाउँ मा चक्कु लिएर नपुग। लोकतान्त्रिक चुनावी परिवेश मा पैसा अस्त्र हो। म राजनीति गर्न चाहन्छु तर मलाई भाषण त गर्नै आउँदैन भन्न पाइन्छ? फंडरेजिंग त्यस्तै हो। आफ्नो एक तिहाई समय पार्टी अध्यक्ष ले फंडरेजिंग लाई दिन सक्नुपर्छ। त्यो काम कोषाध्यक्ष लाई आउटसोर्स गर्न सकिँदैन। 

त्यो भनेको भ्रष्टाचार गर तिमी पनि भनेकै होइन। जनमत का पढ़ेलेखेका नेता हरु ले चुनाव लड्नु लाई जॉब एप्लीकेशन बनाए। जब कि चुनाव लड्नु र जित्नु उद्यमी बन्नु हो। एउटा निर्वाचित मेयर को एउटा प्रमुख काम नै ठेकेदार हरु सँग डील गर्नु हो। ठेकेदार हरु लाई अछुत सम्झे जनमत का नेता हरु ले। 

हामी ठेकापट्टा दिँदा पुर्ण पारदर्शी, पुर्ण डिजिटल बाटो जान्छौं र स्पष्ट मापदंड का आधार मा दिन्छौँ। ठेक्का पाए पछि पनि ठेकेदार ले हिसाबकिताब पुर्ण पारदर्शी, पुर्ण डिजिटल राख्नु पर्नेछ। त्यति भन्ने र त्यस बाटो जाने हो भने ठेका पाउने संभावना भएका ठेकेदार हरु खोज्ने। र तिनीसँग चुनावी खर्च माग्ने। त्यति जमर्को त गर्न सक्नुपर्यो। 

ठेकेदार भनेको कंस्ट्रक्शन मात्र होइन। शिक्षा र स्वास्थ्य को क्षेत्र मा ठेक्का दिन सकिन्छ। 

गलती २: पैसा लिएर भोट दिने मतदाता नगण्य छन 

यो प्रशांत किशोर ले भनेको कुरा। यो तथ्यांक हो। पैसा लिएर भोट दिने मतदाता १-२% होलान। मसँग भोट किन्ने पैसा नै छैन म चुनाव कसरी जित्न सक्छु र भन्ने अलापविलाप गर्नु हुँदैन। बरु बार बार को पैसा लिएर भोट नदिनुस भन्ने रटान ले मतदाता को अपमान गरिरहेको हुन्छ। 

गलती ३: The Consumer Is Always Right

अंग्रेजी मा अर्को उखान छ। उपभोक्ता को निर्णय सधैँ सही हुन्छ। जनमत लाई जिताएन जनता ले, अब सुशासन नपाउने भो जनता भन्दै हिँड्ने बेला होइन यो। बरु हामीलाई किन भोट दिनु भएन भन्दै फिल्ड मा जाने बेला हो। सोध्ने र चुपचाप सुन्ने। टिपोट गर्ने। 

गलती ४: पार्टी ले उम्मेदवार लाई एक पैसा दिँदैन भन्ने घोषणा 

जुन दिन जनमत ले त्यो घोषणा गर्यो त्यही दिन चुनाव हार्यो। यथार्थ त्यो थियो भने पनि त्यो घोषणा गर्नु जरूरी थिएन। होइन भने ठुला पार्टी हरुको मुटु मा ढयांगरो बजिरहेको थियो त्यति बेला सम्म। त्यस पछि बज्न छोड्यो। यो सीके राउत भनेको फासफुस रहेछ भन्ने भयो त्यसपछि। 

गलती ५: चुनावी अभियान भनेको एक महिना हो 

जनमत ले वर्षौं मेहनत गर्यो। आफ्नो ठाउँ मा त्यो ठीक छ। तर अरुले चुनावी अभियान एक महिना गरे हामीले एक वर्ष गर्यौं भन्ने सोंच सही भएन। त्यही ठाउँ मा अर्को पार्टी को चुनावी सभा मा मान्छे हरु लटरम्म झुम्मिएको देखेर जनमत का नेता हरु लाई अचम्म लाग्ने गर्थ्यो। यी त मेला हेर्ने हरु रहेछन जस्तो। 

गलती ६: सीके 

सीके दुइधारे तलवार हो जनमत का लागि। एक किसिम ले त्यस्तो स्वच्छ छवि को पार्टी अध्यक्ष अर्को छैन कुनै पार्टी सँग। बालेन ले तर उछिन्यो। सीके लाई अगाडि सार्न पाउनु राम्रो हो। तर बढ़ी फोकस सीके मा कम फोकस एजेंडा मा भयो भने बैलेंस बिग्रियो। सीके लाई ओवरएक्सपोजर (overexposure) को समस्या थिएन। पार्टी मध्यधार मा आए पछि मीडिया ले गहिरो रूचि देखायो सीके प्रति तर सीके गायब भए। मीडिया मा आइ रहँदा लोकल लेवल मा काम गर्ने कार्यकर्ता को हौसला बुलन्द रहन्छ। आफ्नो पार्टी अध्यक्ष कहिले पनि समाचार मा नआउँदा पार्टी छ कि छैन कि जस्तो हुन्छ। 

गलती ७: पार्टी महाधिवेशन को फोटो वीडियो सोशल मीडिया मा बाढ़ी 

त्यति राम्रो महाधिवेशन गर्यो पार्टी ले जनकपुर मा। तर फोटो आदि बारे क्लैंप्डाउन (clampdown) -- बहुत सीमित संख्या मा फोटो हरु बाहिर आए। जब कि सोशल मीडिया मा फोटो र वीडियो को बाढ़ी ल्याउन सक्नुपर्थ्यो। यस्तो लाग्थ्यो काठमाण्डु मीडिया जनमत छँदै छैन भन्ने प्रपंच रचिरहेको छ र जनमत पार्टी ले त्यसमा पुरा कोआपरेट (cooperate) गरिरहेको छ। 

गलती ८: सन्देश 

सबैभन्दा राम्रो चुनावी सन्देश एक शब्द को हुन्छ। डिस्टिल (distill) गरेर एक शब्द। त्यस पछि को राम्रो एक वाक्यांश हुन्छ। त्यस पछि को एक वाक्य। यदि चुनावी सन्देश एक पाराग्राफ हो भने त्यो चुनावी सन्देश नै होइन। जनमत ले जनता लाई निबन्ध दियो। पार्टी अध्यक्ष र केंद्रीय समिति थिंक टैंक होइन। राजनीतिक सम्वाद सरल भाषा मा हुन्छ। त्यो नियम अब्राहम लिंकन ले पनि मान्थ्यो। उ कम दिमाग को मान्छे थिएन। 

गलती ९: अन्य 

के के गलती भए त्यो आतंरिक छलफल को विषय हो। अहिले जनमत का नेता कार्यकर्ता त्यो गहन छलफल गरिरहेका छैनन भने अर्को चुनाव पनि हारछन। अबको चुनाव मा राष्ट्रिय पार्टी नबन्नु भनेको रविन्द्रपथ। 

धाँधली भयो। दादागिरी भयो। सब भयो। तर त्यो धाँधली को प्रयास काठमाण्डु मा पनि भयो। त्यो पनि मतदान सकिए पछि। बालेन लाई खसेका भोट बढ़ी बदर देख्ने पुर्वाग्रही कर्मचारी हरु। तर मार्जिन नै यति धेरै कि गड़बड़ गर्न डर लाग्यो। 

जनमत को प्रमुख फोकस प्रदेश सरकार रहन्छ कि केंद्र त्यो जनमत आफैले निर्णय गर्ने कुरा हो। तर म देखिरहेको छु यो चुनावी पराजय ले संभावना संकुचित पक्कै बनाएको छ। अब एक्लै प्रदेश सरकार बनाउने प्रयास शायद उत्तम हो। प्रदेश सरकार लाई थप शक्ति प्रदान गर्न केंद्र को पनि चुनाव लड्ने। तर प्रमुख फोकस प्रदेश सरकार बनाउन। शायद। 








No comments: