Monday, May 23, 2022

News: May 23



मधेशमा कमजोर भयो जसपा र लोसपा : सीकेको उदय, कांग्रेसलाई ‘सुखद’ प्रदेशमा जनाधार धेरै रहेको भनिएका जसपा र लोसपा निर्वाचन परिणाममा ठूला दलभन्दा निकै पछाडि छन् । मधेशका २० स्थानीय तहमध्ये जसपाले तीन स्थानको प्रमुखमा मात्रै जित हात पारेको छ । लोसपाले सर्लाहीमा मेयर र उपमेयर जितेर खाता खोलेको छ । ....... आठ जिल्लाका एक सय ३६ पालिकामा अहिलेसम्मको मतगणनामा पनि कांग्रेस, एमाले र माओवादीकै अग्रता छ । ......... लोसपाले २०७४ को चुनावमा सप्तरी, महोत्तरी र सर्लाहीमा बढी सिट जितेको थियो । लोसपाले यसअघि जितेको जनकपुर उपमहानगर र जलेश्वर नगरपालिकामा उसका उम्मेदवार चौथो–पाँचौं स्थानमा छन् । मधेशका १ सय ३६ स्थानीय तहमध्ये लोसपाले २६ मा नेतृत्वको दाबेदारी नै गरेन भने ८ जिल्लाका १ हजार २ सय ७१ वडामध्ये ५ सय २२ मा उम्मेदवार नै उभ्याएन । ...... अन्य प्रदेशमा भन्दा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी थियो । ....... लोसपाका शीर्ष नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झाको गृहनगरमै लोसपा कमजोर देखिएको छ । लोसपाका नेताहरूले २५ स्थानीय तह भन्दा बढी जित्ने लक्ष्य बनाएको थियो । तर उनीहरूको लक्ष्य पूरा हुने अवस्था छैन । ....... चुनावमा पार्टीले अपेक्षा गरे अनुसार मत नल्याएपछि भाँडभैलो शुरू भएको छ । पार्टी पराजय हुनुमा अध्यक्ष महन्थ ठाकुर र मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जिम्मेवारी लिनुपर्ने भन्दै राजेन्द्र महतो निकट नेताहरूले आक्रोश पोखेका छन् । ....... उनीहरूले पार्टीको नेतृत्व तुरून्त फेर्नुपर्ने तर्क राखेका छन् । चुनाव अघिसम्म लोसपाका नेताहरूले यस पटक कम्तीमा पनि ३५ सिटमा पालिका प्रमुख जित्ने अपेक्षा राखेका थिए । अहिलेसम्म लोसपाले एक ठाउँमा पनि पालिका प्रमुख जितेको छैन । .......... २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट ल्याएको थियो । तत्कालीन राजपाका अधिकांश नेताहरू अहिले लोसपामा आबद्ध छन् । त्यसैले यसपटक कम्तीमा ३५ सिट ल्याउने लोसपाका नेताहरूले अनुमान गरेका थिए । ......... लोसपाले अपेक्षा गरे अनुसार परिणाम ल्याउन नसक्नुमा पार्टीको केन्द्रीय अध्यक्ष तथा मधेश प्रदेश समितिका अध्यक्षले जिम्मेवार लिनुपर्ने बताए । उनले भने, ‘पार्टी नेतृत्वले लोसपालाई एउटा क्लब जस्तै बनायो । पार्टीलाई फराकिलो बनाउन सकेन । युवाहरूलाई जिम्मेवारी दिइएन । त्यसको परिणाम अहिले देखिएको छ ।’ ......... ‘यो अवधिमा संगठन विस्तारको नाममा सिन्कोसमेत भाँचिएन । यस्तो अवस्थामा कसरी पार्टीले चुनाव जित्छ ?’ ........ ९ महिनासम्म संगठन विस्तार तथा सुदृढीकरणको लागि पार्टी नेतृत्वले केही काम नगरेको महतो निकट नेताहरूको भनाइ छ । लोसपाले अहिलेसम्म कार्यकारिणी समिति बाहेक अन्य कुनै समिति बनाएको छैन । पार्टीका भ्रातृ संगठनहरू बनाइएका छैनन । यहाँ सम्म की अध्यक्ष ठाकुरले केन्द्रीय समितिसमेत बनाउन सकेका छैनन् । ........ लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोकै गृह वडामा लोसपा पराजित भएको छ । मतदाता सूचीमा ठाकुरको नाम सर्लाहीको बलरा नगरपालिका ३ मा छ । ........ मतदाता सूचीमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सर्लाहीको चन्द्रनगर २ मा रहेको छ । ....... २०६४ को पहिलो मधेश आन्दोलनको उत्कर्षमा सत्ताको केन्द्रमा थियो नेपाली कांग्रेस । जनसंख्याका आधारमा प्रतिनिधित्व, संघीयता र मधेसलाई गरिएको विभेद अन्त्यको माग गर्दै थालिएको मधेस आन्दोलनबाट कांग्रेसले त्यतिबेला दुई नोक्सानी खेप्यो । पहिलो, कांग्रेसका मधेशी मूलका नेता छिन्नभिन्न भए । दोस्रो, आधार क्षेत्र रहेको मधेश गुमायो । मधेश आन्दोलनको रापतापकै बेला २०६४ चैतमा भएको पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसले मधेशमा ठूलो नोक्सानी बेहो¥यो । उक्त चुनावमा विद्रोहकै जगमा राष्ट्रिय राजनीतिमा उदाएका माओवादी र मधेशवादी दलले भुइँ तहसम्म जरा फैलाए । .......... आन्दोलनको रापताप बाँकी नै रहेका बेला भएको २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस नै मधेशमा सबैभन्दा ठूलो दल बन्यो । मधेशका १ सय ३६ पालिकामध्ये कांग्रेसले प्रमुख÷अध्यक्षमा ४० र उपप्रमुख÷उपाध्यक्षमा ३५ सिट जित्यो । त्यतिबेलाको संघीय समाजवादी पार्टी (हाल जसपा) दोस्रो ठूलो दल बन्यो । उसले मधेशमा प्रमुख÷अध्यक्ष २६ र उपप्रमुख÷उपाध्यक्ष २५ तहमा जित्यो । तेस्रो ठूलो दल भने तत्कालीन राष्ट्रिय जनता पार्टी (हालको लोसपा) बन्यो । उक्त पार्टीले प्रमुख÷अध्यक्षमा २५ र उपप्रमुख÷उपाध्यक्षमा ३० सिट जितेको थियो । माओवादी केन्द्र भने मधेशमा चौथो शक्तिका रूपमा देखिएको थियो । उसले मधेसमा २१ प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख÷उपाध्यक्ष पद जित्यो । मधेसमा सबैभन्दा कमजोर देखिएको एमालेले प्रमुख÷अध्यक्ष १८ र उपप्रमुख÷उपाध्यक्ष १९ सिट जितेको थियो । .......... पहिलो मधेश आन्दोलनपछि गुमाएको शक्ति २०७४ को स्थानीय तह निर्वाचनमा फर्काएको कांग्रेस यसपाला पनि बलियो शक्तिका रूपमा मधेसमा देखिएको छ । मतगणनाले मधेशमा कांग्रेस बलियो शक्तिकै रूपमा रहने बरू उसले अघिल्लो स्थानीय तहमा हासिल गरेको शक्तिलाई थप विस्तार गर्न सक्ने देखिएको छ । ....... पहिले पटक मूलधारको राजनीतिमा समाहित सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशमा ठूलो जित हासिल नगरे पनि राजनीतिक आधार तयार पार्न सक्ने संकेतहरू देखिएका छन् । जनमत पार्टी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा प्रमुख पद जितेको छ । मधेशका १ सय २५ भन्दा बढी पालिकामा उम्मेदवारी दिएको जनमत पार्टीले अहिलेसम्म ४ वटा वडाध्यक्ष जितिसकेको छ ।

बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनमतको जीत डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले यसअघि नै विजयी भइसकेको छ ।
सिंहदरबार गाउँमा होइन, जनता राज स्थापित गर्छौं हाम्रो नगरपालिकामा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँछौं । यहाँका जनताले सामन्तवादको अन्त्य गरेका छन् । अब जनता राज स्थापित हुन्छ । यो हनुमाननगर कंकालिनी नगरपालिकामा जनता राज आइसक्यो । म मेयरमा निर्वाचित भइसकेपछि धेरै संख्यामा जनताहरू विजय जुलुसमा सहभागी भएर एउटा सन्देश दिए कि यहाँ अब जनता राज कायम भयो । हामीले जनमत पार्टीको एजेण्डाअनुसार काम गर्नेछौं । ......... यसअघि यो पालिकामा खुल्लारूपमा भ्रष्टाचार र अनियमितताहरू भइरहेको हामीले हे¥यौं । विगतका जनप्रतिनिधिहरूले गरेका भ्रष्टाचार वा अनियमितता अब यो पालिकामा हुँदैन भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु । कुनै पनि योजना वा कार्यक्रममा कमिशन हुन्थ्यो त्यो कुरा पूर्णरूपमा यहाँ बन्द हुन्छ । पहिला यो नगरपालिकामा करारमा कर्मचारी राख्दा लाखौं रूपैयाँ घुस लिइन्थ्यो । तर अब ती कुराहरू हुँदैन । ......... विगतमा हामीले नारा दियौं अब त्यो नारालाई पूरा गर्ने समय आएको छ । ......... जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो, जसले भ्रष्टाचारविरोधी आन्दोलन नै चलायो । अरू कुनै पनि पार्टीले आजसम्म भ्रष्टाचारविरोधी आन्दोलन चलाएका छैनन् । ........ यदि हामी सफल नभएको भए यहाँ फेरि पाँच वर्षसम्म जनताले सामन्तवादको सामना गर्नुपथ्र्यो । यहाँका जनता सचेत छन् । यसअघिका मेयर नगरपालिकामा कहिल्यै बस्नुभएन । आफ्नै घरमा बस्नुहुन्थ्यो, सर्वसाधारण जनता कहिल्यै भेट्न पाउँदैथ्यो । जोसँग पहुँच हुन्थ्यो उसले मात्र भेट्न पाउँथ्यो । म एउटा गरिब परिवारको हुँ, एउटा गरिब मान्छेले पनि राजनीति गर्न सक्छन् भन्ने कुरा जनमत पार्टीले स्थापित ग¥यो । ......... हामी पैसा बाँडेर, रक्सी, मासु आदि खुवाएर चुनाव जितेका होइनौं । हाम्रो एकदम न्यून खर्च भएको छ । हामीले प्रचार प्रसार, पर्चा, पम्पलेट आदिमा मात्रै रूपैयाँ खर्च गरेका थियौं । चुनावमा मेरो खर्च भनेको बढीमा दुईदेखि अढाई लाख रूपैयाँसम्म मात्रै खर्च भएको छ । त्यसबाहेक हाम्रो कुनै खर्च भएको छैन । .......... जसले पैसा खर्च गरेर कुनै पदमा पुग्छन्, त्यसको कैयौं गुणा बढी भ्रष्टाचार र अनियमितता गरेर उठाउँछन् । हामी त्यसको सख्त विरोधी हौं । हामी स्वच्छ राजनीतिकरूपमा अगाडि बढेका छौं ......... हामीले पैसा खर्च गरेनौं तर वैचारिक राजनीतिलाई अगाडि बढायौं । अब मधेशका जनता सचेत हुँदैछन्, हामीले विचारलाई अगाडि बढाउँदै राजनीतिक संस्कारको विकास गर्दैछौं । हामीले अपेक्षा गरेअनुसारको सफलता पाउन सकेका छैनौं, तैपनि हाम्रो जीत भयो । चुनावको पूर्वसन्ध्यामा अन्य उम्मेद्वारहरूले धेरै पैसा खर्च गरे, तर पनि अधिकांश जनताले हामीलाई नै विश्वास गरे । सामन्तवादीहरूले पैसा बाँड्दा पनि जनताले परास्त गरिदिए । ......... अहिलेसम्म हाम्रो पालिकामा १०+२ को कक्षा छैन । म आफ्नो कार्यकालभित्र १०+२ को पढाई सुरू गराउँछु । अँग्रेजी माध्यममा विद्यालयहरूमा पढाई सुरू गर्छौं । त्यसको गृहकार्यमा हामी लागिसकेका छौं । यस्तै, सीपमूलक रोजगारका लागि तालिमहरूको व्यवस्था गर्छौं । हाम्रो पार्टीको एजेण्डा नै हो कि १० जना युवाको रोजगारी त्यसका लागि हामीले तयारी गरिरहेका छौं । बेरोजगारीको समस्या, विदेशिनुपर्ने अवस्था लगायतलाई हामी समाप्त गर्ने प्रयास गर्छौं । ........ हामीले अपेक्षा गरेनुसारको सफलता त प्राप्त गर्न सकेनौं तर जहाँ–जहाँ जनमतका प्रतिनिधिहरू विजयी भएका छन्, त्यहाँ एउटा उदाहरणीय कार्य हुनेछ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु । ....... विगतका पाँच वर्षमा जनताले गाउँ–गाउँमा सिंह मात्रै पाए, तर दरबारको अनुभूति गर्न सकेनन् ।

No comments: