Friday, May 20, 2022

मधेशको नयाँ शक्ति: जनमत पार्टी



सीके राउत मधेशको नयाँ शक्ति बनेका हुन्? राजनीतिक भन्दा पनि सामाजिक मुद्दा बोकेर स्थानीय तहको चुनावमा होमिएको सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेशमा नयाँ शक्तिका रूपमा देखिएको छ। ...... मधेश प्रदेशमा मधेश केन्द्रित दल विशेष गरेर जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो पहिचान बनाएका थिए। सरकारमा सहभागी हुने लगायत अन्य राजनीतिक मुद्दामा पनि यी दुई पार्टीलाई लिने गरिएको थियो। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनले सीके राउत नेतृत्वको जनमत पार्टीलाई अर्को शक्तिका रूपमा उभ्याएको छ। ....... मधेशका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा देखिएका बेथितिलाई उजागर गर्दै आएको जनमत पार्टीले स्थानीय चुनावमा पनि तिनै मुद्दा बोकेको थियो।

यो पार्टीले पहिलो पटकमै धेरै स्थानीय तहमा सफलता हासिल गरेको छ। केही स्थानीय तहमा जितेको छ भने केहीमा अग्रस्थानमा छ। अधिकांश स्थानमा प्रतिस्पर्धीका रूपमा रहेको छ।

....... मधेशका विभिन्न स्थानीय तहमा २० वटा वडाध्यक्ष जितको छ। त्यति नै सङ्ख्यामा प्रतिस्पर्धामा छ। ....... स्थानीय चुनावमा जनमत पार्टीले मधेशका राजनीतिक मुद्दाभन्दा पनि सामाजिक मुद्दालाई उठाएको थियो। अन्य मधेश केन्द्रित दलले भने राजनीतिक मुद्दामा नै जोड दिंदै आएका छन्। जनमत पार्टीले स्थानीय मुद्दालाई उठाएकाले जनताले रुचाएको विश्लेषकहरूको तर्क छ। ....... निर्वाचनअघि किसानका समस्यालाई लिएर पूर्व-पश्चिम राजमार्ग नै अवरुद्ध गरेको थियो। त्यस्तै, स्थानीय तहमा भएका भ्रष्टाचार, अनियमिततालाई उठाएर सम्बन्धित तहमै आन्दोलन गरेको थियो। ...... राउतले स्थानीय चुनावमा भने सुशासन र किसानका समस्यालाई नै केन्द्रमा राखेका थिए। यो निर्वाचनले नयाँ शक्तिका रूपमा उभ्याएको जनमत पार्टीका नेता बीपी साह बताउँछन्। “यो निर्वाचनमा गुमाउनलाई केही थिएन। जे-जति जित्यो, त्यो हाम्रा लागि उपलब्धि हो,” उनले भने। ........

जनमत पार्टी नयाँ शक्तिका रूपमा आएको

...... “वडास्तरमा ज-जसले जितेका छन्, तीमध्ये धेरैजसो राउतका पुराना कार्यकर्ता हुन्। त्यसलाई एउटा विचारधाराका रूपमा लिन सकिन्छ,” चन्द्रकिशोर भन्छन्, “राउतले निर्वाचनबाट जे जति पूँजी हासिल गरेका छन्, त्यसलाई संगठित गरेर अगाडि बढे भने राजनीतिमा एउटा उदीयमान शक्तिका रूपमा लिन सकिन्छ।”


No comments: