Wednesday, May 18, 2022

News: May 18



संगठन होइन, सञ्जालले फत्ते गर्दै गरेको मिसन राजधानी शहर र उपत्यका मात्रै होइन, देशैभरि र प्रवाससमेतका मानिसहरूको जिज्ञासा छ– कसरी एकाएक शक्तिमा आए बालेन ? ....... महाभूकम्प ०७२ पछिको पुनर्निर्माणमा उनले काठमाडौंभित्र र बाहिर आफ्नो पेसागत दक्षताको प्रयोग गरिसकेका छन् । काठमाडौं शहरका बारेमा उनले व्यक्त गरेका विचारहरूले धेरैलाई छोएको देखिन्छ । कतिपयले नानीमैया दाहालको पञ्चायतकालीन जितसँग दाँजेर हेरे पनि बालेनको उदय, उद्‌भव निकै फरक देखिन्छ । .........

जनआन्दोलन ०४६ का कमान्डर गणेशमान सिंहले कुनै बेला भनेका थिए, ‘काठमाडौंमा मैले लौरो उठाए मात्रै पनि जितिन्छ ।’

गणेशमान परिवारबाट यतिखेर उनकै बुहारी सिर्जना सिंह काठमाडौंकाे मेयर उठेकी छन् । उनलाई गठबन्धनको बलियो साथ छ । ‘लौरो’ भने बालेन्द्र ‘बाहुबली’ को हातमा पुगिसकेको छ । सिर्जना सिंह यो रिपोर्टाज लेख्दा बेलासम्म तेस्रो स्थानमा संघर्षरत छिन् । .......... खासमा भीम उपाध्यायसँग बालेनको कुनै उठबस छैनरहेछ । ....... बालेनले सधैँ बोल्दाखेरि ‘हामी, हामी’ भन्छन्, जबकि कि उनी सिङ्गै एक्लो उठेका छन् । उनले भनेका ती ‘हामी’ को को हुन् ? ........ बालेनको कोर टिममा चार सदस्य छन् । ........ एक, कुमार बेन । ललितपुरमा स्वतन्त्र उम्मेदवार उठेका, र सधैँ जित्दै आएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारका छोरा कुमार व्यञ्जनकार सामाजिक काम गर्छन् । स्काउटलगायत संस्थामा आबद्ध छन् । उनलाई कुमार बेन भनेर चिन्ने गरिन्छ । उनी सिनेक्षेत्रसँग पनि सम्बद्ध छन् । यसपालि बालेनको पक्षमा कलाकारहरूको शुभेच्छा तान्न उनको अग्रणी भूमिका छ । बुवालाई भोटमा सघाउन छाडेर यिनी बालेनका पक्षमा फुलटाइम खटिएका छन् । ........ दुई, रविन भारती । रविन बालेनसँग स्कुलमा सँगै पढेका सहपाठी हुन् । अहिले धादिङको धुनीबेँसी गाउँपालिका वडा– २ मा स्वतन्त्रबाट वडाध्यक्ष उठेका उनी पहिले एमालेमा सक्रिय थिए । बालेनको रणनीति बनाउन मुख्य भूमिका खेल्नेमध्ये उनी एक हुन् । ......... तीन, भिक्टर पौडेल । भिक्टर रुटिन अफ नेपाल बन्दका सञ्चालक हुन् । आरओएनबी भनेर चिनिने यो फेसबुक, ट्वीटर पेजबारे शिलापत्रले केही समयअघि छुट्टै रिपोर्टिङ गरेको थियो । खासगरी नयाँ पुस्तामा यो पेजको छुट्टै आकर्षण छ । ....... चार, गणेश कार्की । कार्की ब्लगर, भ्लगर तथा वातावरण विज्ञान अध्येता हुन् । सामयिक विषयहरूमा लेख्दै आएका उनले आफ्नै पहलमा केही संस्था तथा अभियानहरूसमेत अघि बढाइरहेका छन् । विगत एक वर्षयता उनी बालेनसँग जोडिएर क्रियाकलाप गरिरहेका छन् । बालेनको अभियानमा केही स्रष्टा, अभियन्ताहरूलाई जोड्नमा उनको भूमिका छ । ...... यो कुनै बनिबनाउ संगठन भने होइन । केवल नेटवर्क, अर्थात् सञ्जाल हो । ......

तीन सातामै यो कस्तो लहर आयो । जबकि वैशाख दोस्रो साता नलाग्दासम्म शहरमा सबथोक शान्त थियो ।

........ अहिलेसम्म काठमाडौं महानगरको चुनाव प्रचारमा जम्मा डेढ लाख रूपैयाँ मात्रै खर्च भएको छ । ........ अचम्म ! जबकि हिजोआज वडा सदस्य जित्न पनि लाखौँ खर्च हुन्छ भन्छन् कतिपय उम्मेदवारहरू नै । ........ ‘तपाईं ढुक्क हुनुस्, त्यस्तो कुनै औपचारिक टिम छैन । हामी सबै स्वयंसेवी आएका हौँ । चिया खाजा खर्च सप्पै हाम्रो आफ्नो पकेटको हो । काठमाडौंमा परिवर्तन आओस् भनेर हामीले सानाे भूमिका निभाएको मात्रै हो ।’ ........ ‘खासमा हामीसँग भोट गन्न पुग्ने प्रतिनिधि पनि छैनन् । अनि भएकालाई पनि भोट कसरी गनिन्छ, वास्तवमा थाहा छैन ।’ ....... ‘आज बिहान प्रतिनिधि नपाएर बालेन आफैँ भोट गन्न बसे । तर, कागजमा कसरी भोट काउन्ट गर्ने विधि थाहा नपाएर एमालेका प्रतिनिधिहरूको कागजमा हेर्दै थिए ।’ ........ तेस्रो विश्वको महानगर, जहाँ पहिल्यै भीमकाय कांग्रेस र एमालेको दबदबा छ । यस्तोमा ‘एकला चलो रे’ गर्न कति सम्भव होला ? ...... काठमाडौंको नरदेवीमा जन्मेका मधेसी मूलका यी नेपालीले पहिलोपल्ट काठमाडौंमा यति सशक्त छाप छाड्दैछन् । हिजोआज गैरीगाउँमा बस्ने उनको हिपहप संगीतको फ्यान फलोइङ टन्नै छ । मूलधारको समाज र मिडियालाई ढिलोगरी हेक्का हुनु अनौठो लाग्दैन । र्‍याप सुन्ने सीमित युवाहरूमा खुम्चिएको उनको परिचयलाई उनको इन्जिनियर अनुभवले विस्तारित त गरिदियो । तर, त्यो चुनावी लहर ल्याउने हदसम्म फैलिइसकेको थिएन । अनि उनको आफ्नो विश्वसनीय व्यक्तित्व बनिसकेको पनि त थिएन । ......... यस्तोमा कामयाब बन्न गए– दुईवटा फेसबुक समूहहरू । एमआरआर अर्थात् मेन्स रुम रिलोडेड, र आरओएनबी, अर्थात् रुटिन अफ् नेपाल बन्द । .......... उसो त विगतमा रवीन्द्र मिश्रले आफ्ना ९ लाखभन्दा बढी फलोअरमध्येका काठमाडौंवासीलाई मतदातामा बदल्ने कोसिस नगरेका होइनन्, तर बालेन निकटस्थको सानो झुण्ड रणनीति बनाउन जति माहिर निक्लियो, मिश्र उति काबिल निस्किन सकेनन् । बालेन पक्षले सञ्जाल भरपूर प्रयोग गर्‍यो, तर भर्चुअल स्पेसमा सीमित भएर बसेन । समाजसँग प्रत्यक्ष संवाद गर्न निस्कियो । ......... ‘यसरी घरदैलो गर्ने क्रममा बालेनले स्वयम् केशव स्थापितलाई समेत घरैमा गएर भेटे,’ उनको कोर टिमले शिलापत्रलाई सुनायो । त्यो बेलासम्म बालेनलाई स्थापितको घर कहाँ छ भन्नेसमेत थाहा थिएन । घुम्दै जाँदा यत्तिकै पुगेका रे ! ......... ‘तपाईं हाम्रो अभिभावक हो, म महानगरमा मेयर उठ्न लागेको छु, के सुझाव छ बुवा ?’ बालेनले सहयोगको अनुरोधसहित सोधेका थिए । पहिलो भेटमै उनले स्थापितलाई सिधै बुवा सम्बोधन गरे । .......... स्थापितलाई मोडल महानगरको भिजन दिन कुनै कागज पल्टाउनुपर्दैन । मोनोरेलदेखि घर भत्काएर सडक फैलाउनेसम्मका सारा योजना भटटट सुनाएछन् । महानगरको फेर्ने यत्राविधि संरचनाबारे स्ट्रक्चरल इन्जिनियर बालेनले सम्झिन पनि सकेनछन् । ‘बाँकी त भाइ, म आफैँ मेयरमा उठ्नेबारे सोच्दैछु,’ स्थापितले टुंग्याएछन्, ‘पार्टीले टिकट दिएछ भने दुई/चार आइडिया तिमीलाई पनि सुनाऊँला ।’ ......... आफ्नो टिकट पक्का भएपछि स्थापितले सामुन्नेमा कुनै प्रतिस्पर्धी देखेनन् । उनले आफूले ०५४ सालमा पाएको ८४ हजार भोट सम्झे । निरीह प्रतिस्पर्धीहरू सम्झे । काठमाडौंमा के के गर्ने, के के नगर्ने, योजना सुनाउन थाले । सिधै जित घोषणा गरे हुन्छ, भोटै मागिराख्नुपर्ला र भनी आत्मविश्वासपूर्ण प्रश्न पनि सोधे । ............. सामाजिक न्यायको कुरा गर्ने पार्टी एमालेबाट उम्मेदवार बनेका स्थापितले बालेनको ‘प्रथम नागरिक हैसियत’ माथि प्रश्न उठाउँदै गए । उनले शाही खानदानका नभई बालेन मधेसी भएको चुनौती दिए । बालेनलाई उनले काठमाडौंको ‘शाह’ नभई मधेसी ‘साह’ भएको भन्दै अन्तर्राष्ट्रिय ठगसमेत करार गरे । पछि भेटेका बेला समेत उनले ‘राम्रो इन्जिनियर बन्नू’ भन्दै बालेन आफ्नो पेसामै ठीक रहेको कटाक्ष गरे । .......... रणनीति सुनाए, ‘हामीले बालेनलाई प्रस्ट भन्यौँ– व्यक्तिकेन्द्रित आलोचना आरोप फिटिक्कै नगर्नू, खालि आफ्नो योजना मात्रै सुनाउनू ।’ उनीहरूले यो पनि थपे, ‘खासमा बालेन आफैँ सचेत छन्, के बोल्न हुन्छ, के बोल्न हुँदैन भन्ने कुरामा । हामीले अझै बलियो आधार दियौँ ।’ ........ संगठन होइन, सञ्जाल । यो नै बालेनको अग्रताको आधार बन्यो । ड्रेसकोड त्यसअगावै तय गरिएको थियो । कालो चस्मा, टिसर्टबाहिर कोट लगाउने । दाह्री राख्ने । ३२ वर्षे बालेन त्यसअघि बढिजसो अनौपचारिक पोशाकमा बढी देखिँदा रहेछन् । चुनावले हुलिया बदल्न लगायो । ........... सिनेक्षेत्रसँग जोडिएका कुमार बेनले निश्चल बस्नेत, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराईलगायतलाई भेटेरै बालेनलाई किन सघाउने भन्नेमा त्यसअगावै कन्भिन्स गरिसकेका थिए । सार्वजनिक छवि भएका, अनि सफल करिअर भएका यी नामहरूले बालेनका पक्षमा फेसबुकमा लेखिरहे । युवा समर्थकमा यसको ठूलो प्रभाव पर्‍यो । ......... यो पंक्तिकार वसन्तपुरमा बालेनको घरदैलो तथा कोणसभा हुँदा अवलोकन गर्न दुई साताअघि पुगेको थियो । युवापुस्ताका दर्जनभन्दा बढी र्‍यापर तथा कलाकारहरूले गीतसंगीत, कविताका माध्यमबाट बालेनको पक्षमा आवाज बुलन्द गर्दै थिए । हेर्ने दर्शक तथा विदेशी पर्यटकको लर्को थियो । फोटोपत्रकारहरू लाइन लागेर बालेनको फोटो खिच्न बसेका थिए । तीन हजारभन्दा बढीको संख्या जुट्यो । बालेनलाई घरदैलो गर्नै मुस्किल भयो । तर यो माहौल सहजै तयार भएको होइन । बालाजुको घरदैलोमा जाँदा बालेनसँग १० जना मानिस मात्रै थिए । यसरी त हुँदैन भनेर उनै एमआरआरका साथीहरूले आपसमा छलफल गरे । बालेनको आगामी भ्रमण कुन टोलमा छ भन्ने सूचना पहिल्यै राख्न थाले । ............... त्यसपछि अलि–अलि गर्दै युवा थपिँदै गए । नाराहरू स्वतस्फुर्त तयार हुँदै गए । जब ढिलोगरी निर्वाचन आयोगमार्फत बालेनले लौरो चिह्न पाए । त्यसपछि तुरुन्तै उनी आफैँले नारा बनाए । ‘बुढाबुढीलाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने ।’ ......... खासमा शिलापत्रले जो–जोसँग कुरा गर्‍यो, उनीहरू बालेनको जित अन्तिमसम्म सुनिश्चित नहुञ्जेलसम्म आफ्नो सार्वजनिक परिचय दिनै धकाउँछन् । माथि भनिसकियो, यीमध्ये रुटिन अफ नेपाल बन्दले सम्पूर्ण रूपमा बालेनलाई सघाएको छ । तर, यसका सञ्चालकलाई व्यावसायिक सन्तुलन मिलाउने चुनौती छ । उनले सुनीता डंगोललाई उपमेयरमा राम्रैगरी सघाएका छन् । .......... ‘उनी पृथ्वीनारायण शाह र महेन्द्रप्रति सम्मान गर्छन्, त्यसो त उनी बीपी कोइराला, मदन भण्डारीहरूप्रति पनि आफ्नो श्रद्धा व्यक्त गर्छन्,’ अर्का सहयोगीले भने । ........ बालेनलाई ठूला दलका केही नेताहरूले सँगै काम गर्न प्रस्ताव लैजान थालेका छन् । बालेन कसैसँग पनि नजिक हुन तयार छैनन् । बरु उनलाई भक्तपुरमा नेमकिपाले गरेको कामले छोएको छ । .........

बालेनले भनेका छन्, ‘संगठन चाहिन्छ भन्ने कुरा अनुभूति हुँदै गएको छ । हामी सल्लाह गरेर टुंगोमा पुग्छौँ ।’

......... केशव स्थापितले हिजो दिउँसो बोलेका थिए, ‘अहिले दिउँसो जेसुकै होस्, राति ८ बजेपछि मेरो अग्रता सुरु हुन्छ । अहिले म होटलमा सुतिरहेको छु । ८ बजेपछि अर्केष्ट्रा सुरु हुन्छ ।’ .......... संगठनबेगरका बालेन समर्थकलाई यो टिप्पणीले राम्रैसँग तर्साएछ । शनिबार राति ठीक ८ बजे राष्ट्रिय सभागृहअगाडि बालेनको पक्षमा जुलुस सुरु भयो । फुपूका छोराको म्यादी पोशाक लगाएर भाइरल भएका भाइको नाममा बालेन समर्थकको जुलुस लाग्यो, ‘सागर, बसन्ते, किस्ने । बालेनले हो जित्ने ।’ ........... अब स्थापितले भित्री नेवारबस्तीमा आफ्नो जादू चल्ने दाबी गरेका छन् । उनले यो पनि भनेका छन्, ‘जित्ने मैले हो । बालेन तेस्रो हुने हो । भित्री नेवारबस्तीको मत गन्न बाँकी छ ।’ ........ बालेनको कोर टिम भने पाँचवटा कारणले ढुक्क छ । .......... एक, बालेनले ‘काठमाडौं गाउँपालिका’ का सम्पदाहरूबारे जति गहिराइका साथ चासो देखाएका छन्, त्यसले उनीहरूलाई पहिल्यै छोइसकेको छ । बालेनले सिङ्गै शहरलाई म्युजियम मानेर हालको भक्तपुरको शैलीमा विकास गर्ने भनी गरेको बाचालाई नेवाः गुठीका सदस्यहरूले समेत मन पराएका छन् । टिम बालेनका एक सदस्यको दाबीमा, उनीहरूले अरु पदमा आफ्नो निर्णय दिए पनि मेयरमा बालेनलाई सघाउने पहिल्यै वचन दिइसकेका छन् । ......... दुई, केशव स्थापितले फेरि मेयर जितेमा पहिलेझैैँ घर भत्काएर ठूलो सडक बनाउँछु भनेको स्थानीयले मन पराएका छैनन् । बागबजारदेखि कमलादी निस्कने बाटो बनाउन घर भत्काउने स्थापितको घोषणालाई बालेनले फेरि पनि विकासका लागि घर भत्काउने भनी नरम प्रतिवाद गरेका थिए । ............ ‘हामीले स्थापितलाई बुवा र सिंहलाई आमा भनी बोलाउन लगाएका छौँ, बालेनलाई । खासमा सिंहलाई हामीले कमजोर प्रतिष्पर्धीकै रूपमा मानेका हौं,’ टिम बालेनका एक सदस्यले भने । उनले यो पनि थपे, ‘सिंहको राजनीतिक सुरुवातको आफ्नै इतिहास भए पनि योपल्ट उनको उम्मेदवारी विशुद्ध पारिवारिक विरासतले भएको हो । कांग्रेसकै समर्थकले त्यो ठानेको हामीले पायौँ ।’ ........... चार, भित्री नेवारबस्तीभन्दा बाहिरका एमाले किल्लाहरूमा बालेनको फराकिलो अग्रता । सुरुवातमा मत गनिएका वडाहरूमै बालेनको लिड भएकाले अब मानिसहरूको ध्यान भित्री बस्तीमा जान्छ । त्यसमा पनि बालेन अगाडि आउन सक्छन् भन्नका लागि टिम बालेनले पाँचौँ कारण दिएको छ । ........... पाँच, घरैपिच्छेको नयाँ पुस्ता । नेवाः बस्तीको युवा पुस्तालाई बालेनले जति अपिल गर्न सकेका छन्, स्थापित र सिंहले नेवार समुदायको भईकन त्यति अपिल गर्न सकेका छैनन् । ‘भित्री नेवारबस्तीबाट आउने भोट कि बालेनको हो, कि सुमन सायमीको । स्थापित र सिंहले पाउने चान्सै छैन,’ अर्का सदस्यले आत्मविश्वास सुनाए । एमाले पारिवारिक पृष्ठभूमिका सुमनको घरमा कुनै बेला मदन भण्डारीलगायत शीर्षस्थ एमाले नेता भूमिगत बस्दा रहेछन् । एमाले समेतको मतलाई उनले खिच्दै लगेका छन् । अनि काठमाडौंमा गुठी आन्दोलनलगायत महत्त्वपूर्ण अभियान चल्दा त्यसका अभियन्ता अगुवा रहेछन् सुमन । काठमाडौंमा सडक विस्तार अभियानको समेत विरोध गरेर चर्चामा आएका सुमनले स्थापित र सिंहकै भोट काट्नेमा बालेन पक्ष ढुक्क देखियो । ....... आइतबार साँझ यो रिपोर्टाज टुंग्याउँदै गर्दा राजधानीमा झमझम पानी परिरहेको छ । समर्थकहरू भिजीभिजी सडकमा उभिएर स्थापितलाई गाली गरिरहेका छन् । बालेनको टिम विश्लेषण गर्दैछ, ‘संगठन भएको भए उनीहरूलाई सम्झाउन सकिन्थ्यो कि । स्थापितको विरोध गर्ने हाम्रो कुनै नीति नै छैन ।’ .......... ‘एउटा कुरा भने पक्का छ, हामी जितले मात्तिने छैनौँ । जति भोट बढ्दै जान्छ, तपाईंले उति बालेनको झन् नरम बोली सुन्न पाउनुहुनेछ ।’


Routine of Nepal banda





बालेनले ल्याइरहेको शान्त आँधीमा एउटा मानिसको सम्झना बालेनको उम्मेदवारी एउटा ठूलो सन्देश बन्न गएको छ । ....... कतिपयले पचाउन गाह्रो मान्ने र्‍याप गीतका शब्दहरूमा कविता खोजिहिँड्ने बालेनको इन्जिनियर सोचलाई अकस्मात् संघीय राजधानी शहरले अनुमोदन गर्ने लक्षण देखायो । यसअघि उनले विभिन्न पोडकास्ट अन्तर्वार्ताहरूमा नमुना राजधानी शहरबारे आफ्ना जुन सोचहरू अघि सारे, त्यसले जनमनलाई छोएको देखियो । ........ बालेन अघि सरेर देखा परिररहेकाे यो लहरमा एउटा मानिसको सम्झना हुन गएको छ, त्यो हो उज्वल थापा । पहिलो संविधानसभाको अवसान बेलाको आसपासमा कुकुर चिह्नसहित विवेकशील नेपाली दलले आफ्ना गतिविधिहरू थालेको थियो, एकदमै लो प्रोफाइलमा । ....... रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता हुनुपूर्व विवेकशील पार्टीको अभियानकारी छवि थियो । मिश्रसँग फुट, जुट र फेरि फुटपछि विवेकशीलहरू अलिक लामै थकानतर्फ गएका छन् । ........... मिलन पाण्डेलगायतको समूह सुस्ताएको देखिन्छ । अनि मिश्रसँग एकता गर्न हतारिएको भन्दै उनको आलोचना गर्ने कर्मा तामाङ आफू संयोजक रहेको विवेकशील नेपाली दललाई अघि बढाउन खोजिरहेकी छन् । ......... ‘आमनागरिकले राजनीतिमा आफ्नो पनि जिम्मेवारी छ भनी लिएको देखेँ । पुराना दलहरूले सही भूमिका निर्वाह गर्दैनन् भने नागरिकहरू स्वयम् अगाडि आउनुपर्छ भन्ने पाठ हो यो । पहिले विचारधाराको राजनीति थियो, अब डेलिभरीको राजनीतितर्फ जाँदै छ ।’ ......... बालेनले चुनाव जिते भने यहाँका गैरदलीय युवाले पनि सामाजिक रूपान्तरणमा ठोस योगदान गर्न सक्छन् भन्ने सन्देश जानेछ । उनले पाकिस्तान, बंगलादेश र श्रीलंकाको दृष्टान्त दिँदै त्यहाँ सामाजिक अभियानहरू अघि बढ्न नसकेकोमा दिल्ली र काठमाडौंको नयाँ शिक्षा हुन सक्ने बताए । ....... राम्रो टिम बन्न सकेन भने डेलिभरी गर्न कठिन हुन सक्छ । बालेनले मौका पाए, र गर्न सके त देशैलाई उदाहरण भयो । नत्र ३२ वटा वडाहरूमा उनका सहकर्मीहरूको कमी हुँदा अलिका भीमकाय दलहरूले उनलाई पाइला–पाइलामा छिर्के हान्न सक्छन् ।



अनि लाेकप्रिय बन्याे 'रुटिन अफ नेपाल बन्द' 'त्यो समयको बन्द भनेको रुटिनजस्तै हुन्थ्यो । त्यसैलाई ब्यङ्ग्य गर्नका लागि नै मैले नाम रुटिन अफ नेपाल बन्द राखेको थिएँ ।' ...... पेज सुरु गर्दा भिक्टरका २ उद्देश्य थिए, बन्दको जानकारी दिनु र त्यसको विरोध गर्नु । दोस्रो लोडसेटिङको रुटिन दिनु । ...... सुरुमा जोक्स र फोटोहरूको बाहुल्य थियो । अहिले भने धेरै जसो समाचार पाेस्ट भएको हुन्छ । ...... ९ वर्षे यो यात्रापछि रुटिन अफ नेपाल बन्दले २० लाख सदस्य पाएको छ । ...... 'सुरुमा त बन्द, लोडसेडिङ र रगतले अडियन्स तान्यो । पछि युथ टार्गेटेड विषयवस्तुले पेजलाई थप माइलेज दियो ।' ....... कुनै सूचना वा समाचार आए त्यसलाई तीन चरणमा प्रमाणित गरेर मात्रै पाेस्ट गर्ने गरेको भिक्टर बताउँछन् । ....... पेजका लागि भिक्टर 'वान मेन आर्मी' नै हुन् । सुरुवाती दिनमा पेजमा पाेस्ट गर्न अरुलाई पनि अधिकार दिएका थिए । तर, त्यहाँ पनि सत्यताको डर भएपछि उनी आफूले मात्रै पाेस्ट गर्न थाले । ........ २४ घण्टा नै पेजमा सक्रिय रहनुपर्ने भएकाले भिक्टरकाे व्यक्तिगत जीवन प्रभावित भएकाे छ । ....... भिक्टर भन्छन्, 'कतै घुम्न जाऊँ भने पनि केही अपडेट आइहाल्यो कि भन्ने कुराले पिरोल्छ । केही छुट्यो भने यत्रो वर्ष दुःख गरेर पाएको यो विश्वास टुट्ने हो कि भन्ने डर लाग्छ । त्यसैले अहिले पेजका कारण मैले आफ्नो जीवन जिउन पाएको छैन ।' ......... पछिल्लो केही समय पेजबाट पनि कमाइ सुरु भएको छ । ....... 'अहिले फिल्म तथा म्युजिक भिडियोको प्रचारप्रसार गर्न हामीलाई दिनुहुन्छ । त्यसबापत हामीले पैसा लिने गरेका छौँ । त्यसबाट आएको कमाइले पकेट खर्च चलेको छ ।' ........ पछिल्लो केही समयदेखि केही ब्राण्ड र विज्ञापन एजेन्सीहरु पनि रुटिन अफ नेपाल बन्दबाट प्रचार गर्न थालेका छन् । ...... भिक्टरले 'वीआईएम' विषय पढेका हुन् । उनी अहिले आफ्नै आईटीको 'स्टार्टअप'को विषयमा अध्ययन गरिरहेका छन् । .......



Google makes major health hire

No comments: