Friday, May 27, 2022

Balen Shah: May 27

सर्वोच्चको फैसलाले दूरगामी असर पार्छ : बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क समेत गरे । ...... भट्टराईले वीरगन्जजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोडने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट हुनु नेपालको विकासमा ठूलो दूरगामी असर पर्नु उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि स्मरण गराए । ...... ‘जेहोस् हामीलाई यो चाहिन्छ । यो विमानस्थलबिना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । हामीलाई चाहिन्छ । टाढा पठाएर हुँदैन । विदेशीहरु आउने भनेको राजधानीमै हो । फेरि त्यो निजगढको अन्तर्राष्ट्रिय विमानस्थल भनेको वीरगञ्जस्तो सबभन्दा महत्वपूर्ण हाम्रो व्यापारिक नाका हो । जहाँबाट काठमाडौंसँग सबैभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ । त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फाष्ट ट्रयाक लगायतको आवश्यक छ । रेलको आवश्यक्ता छ । एयरपोर्ट हुँदा न अन्तर्राष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन । नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो ।’ ......

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैंत्री नभएको पनि दोहोर्याए ।



चुनावमा कमजोर भएपछि जसपा र लोसपामा सुरु भयो एकताको बहस विगतको चुनावमा तत्कालीन राजपा (अहिलेको लोसपा) ले स्थानीय तहमा २५ पालिका जितेको थियो भने तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको जसपा) ले २७ पालिका जितेको थियो । यसपटक पनि जसपाले २७ पालिका र लोसपाले १६ पालिका जितेका छन् । ....... दुवै दलको बीचमा एकता कायम रहेको भए वा चुनावी तालमेल भएको भए योभन्दा राम्रो नतिजा आउन सक्थ्यो भन्नेमा दुवै दलका नेता सहमत छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि स्थानीय तह निर्वाचनमा जसपा नेपाल र लोसपा नेपाल मिलेर गएको भए विगतको भन्दा राम्रो नतिजा आउँथ्यो भनेका छन् । उनले विगतमा भएको कमी कमजोरीलाई सच्याएर आएमा आफूहरु गला मिलाउन तयार रहेको र त्यो समयको पनि माग रहेको बताएका छन् । ....... राजनीतिमा उतार चढाव भइरहने भन्दै उनले मिलेर अगाडि बढ्न लोसपालाई आग्रह गरेका छन् । ....... ‘दुवै दलका नेताहरुले महसुस गर्न थालेका छन् कि चुनावमा दुवै दल मिलेर जानु पर्थ्यो,’ उनले भने, ‘अहिले दलका नेताहरुले महसुस गर्न थालेका छन्, यसबारे पक्कै पनि अगामी दिनमा यसको विषयमा दुवै दलको बीचमा कुरा हुन्छ ।’ ....... सोनलका अनुसार अब जसपा र लोसपाबीच एकता हुँदैन तर मोर्चा बनाएर सहकार्य भने गर्न सकिन्छ । ‘एकता गरेर हामीले हेरिसक्यौं, अब यो सम्भव पनि छैन,’ उनले भने, ‘मोर्चा वा गठबन्धन बनाएर साथ साथ गयो भने देशको एउटा वैकल्पिक शक्ति बन्न सक्छ ।’ ...... एकता होइन, गठबन्धनमा आफूहरुको जोड रहने ......... लोसपाका अर्का नेता राजीव झाले मधेस प्रदेशका धेरै ठाउँमा लोसपा र जसपा बीचको प्रतिस्पर्धाका कारण काँग्रेस, एमाले, माओवादी केन्द्र बलियो भएको बताए । ‘जसपा र लोसपामात्र एक अर्काको मित्र शक्ति हो, यसलाई नकार्न सकिँदैन,’ उनले भने, ‘दुवै दल मिलेमा आगामी चुनावमा एक्लैले ६० देखि ८० सिट जित्न सकिन्छ ।’



बालेनको जितको उल्लास, तस्बिरमा हेर्नुहोस्
नवनिर्वाचित मेयर बालेन्द्रसँग अन्तर्वार्ता : के–के छन् काठमाडौंको मुहार फेर्ने भिजन ? ‘र्यापरको’ को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् । ....... संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको संरक्षण र विकासलगायत अधिकार स्थानीय तहका क्षेत्राधिकारभित्र पर्दछन् । जनप्रतिनिधिमा इच्छाशक्ति भएमा छोटो समयमै स्थानीय तहले ठूलो फड्को मार्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन् । ..........

शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ ।

......... बालबालिकालाई घरदेखि विद्यालय जाउँ जाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं । काठमाडौँ उपत्यकाको इतिहास, संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यानका बारेमा बालबालिकाले सजिलो तरिकाले बुझ्ने गरी पाठ्यक्रम बनाउँछौँ । ......... भक्तपुर नगरपालिकाका बालबालिकालाई त्यहाँको इतिहास, कला, संस्कृति, बाजागाजा, खानपिनका बारेमा जानकारी छ । .......... साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ । कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । ......... पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । ........ निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो । ........... पहिलो कुरा आम मानिसको मनोविज्ञान शैक्षिक पूर्वाधार नै पहिलो शर्त हो भन्नेछ । ...... विद्यालयको शौचालय, बगैँचामा निकै सुधार गर्न सक्छौँ । कक्षाकोठा र शौचालय अपाङ्ग मैत्री बनाउन सकिन्छ । छात्राका लागि आवश्यक सेनेटरी प्याड लगायतको व्यवस्था गर्न सकिन्छ । ....... महानगरका ३२ वटा वडामा वडा क्लिनिकको व्यवस्था गर्छौँ । वडा क्लिनिकमा चिकित्सक, नर्स र प्रयोगशाला राख्छौँ । वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा ६ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउँछौँ । .......... पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुनसक्छ । .......... नागरिक आरोग्यताका लागि विभिन्न स्थानमा उद्यानको निर्माण गर्छौं । उद्यानमा पुगेर शारीरिक अभ्यास गर्न सकिन्छ । ........ ‘टेलिमेडिसिन’ सेवा सञ्चालनमा ल्याएर उहाँहरुलाई अतिरिक्त आम्दानीको वातावरण बनाउन सकिन्छ । सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बीमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिन्छ । ......... अहिले भइरहेको ‘बोरिङ’बाट नै खानेपानी उपलब्ध गराउने हो । बोरिङको ‘लेभल’ हामीले बढाउन आकासे पानीको प्रयोग गरी भूमिगत जल सतहलाई ‘रिचार्ज’ गर्नुपर्छ । घरका छतमा परेको पानी पाँच फिट गहिरो खाडल खनेर ग्राभेल राखेर जमिनमुनि पठाउने हो । एउटा घरको आकासे पानी जमिनमुनि पठाउँदा १० वटा घरलाई खानेपानी पुग्छ । यसले बोरिङ गरेको छ उसले अनिवार्य ‘रिभर्स बोरिङ’ गर्नुपर्छ । ........... मेलम्चीको पानी आउँदैछ । पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिँदैछ । मेलम्चीबाहेक दैनिक १३ करोड लिटर पानी जलाधार क्षेत्रबाट आइरहेका छन् । हामीलाई चाहिएको दैनिक ४३ करोड लिटर हो । ....... वडा नं १७ मा मात्रै १७ बढी ढुङ्गेधारा छन् । ........ अहिले नुवाकोटको सिसडोलमा ‘डम्पिङसाइट’ छ । ‘इन्सिनरेटर सेल’ राखेर बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । त्यसको अनुगमन महानगर र भौतिक पूर्वाधार मन्त्रालयबाट पनि भएन । त्यसलाई जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्छौं । ......... फोहर लिनका लागि हामी दुई प्रकारका गाडीको व्यवस्था गर्छौं । .......... जैविक मललाई राजधानी नजिकका खेतीयोग्य काभ्रेपलाञ्चोक, धादिङलगायत जिल्लामा बिक्री गर्न सकिन्छ । ........ महानगरले १२ महिनाको तलब दिने सुनिश्चिता भएपछि युवाले यहीँ काम गर्छन् । ........ कुनै कार्यालय मध्याह्न १२ देखि साँझ ७, कुनै अपराह्न २ देखि राति ९ बजेसम्म सञ्चालन गर्न सकिन्छ । रात्रिकालीन सुरक्षाका लागि पहिलो चरणमा महानगर क्षेत्रमा १० हजार सिसिटिभी क्यामेरा जडान गर्छौं । ........... हरेक बसमा सिसिटिभी र जिपिएस सिस्टम जडान गर्छौं । टोलटोलमा सिसिटिभी र सडक बत्ती हुन्छन् । प्रत्येक व्यक्ति कहाँ पुगेको छ भनेर जिपिएसबाट ‘ट्र्याक’ गरेर हेर्न सकिन्छ । सिसिटिभी तत्काल खरिद गरेर जोड्न सकिन्छ । ........... एउटै छाता सङ्गठन भएपछि यात्रु कुरेर बस्नु परेन । अहिले काठमाडौँमा जाम हुनुको मुख्य कारण यात्रु कुरेर चोकमा बसिरहनु पनि हो । प्रतिस्पर्धा नभएपछि ती बसहरु निरन्तर चलिरहन्छन् । त्यसले गर्दा सडकमा सवारी चाप हुँदैन । ......... साइकलका लागि मुख्य सडकभन्दा बाहिर छुट्टै लेन हुनुपर्छ । बीचमा बगैँचा हुनुपर्छ । काठमाडौँका सडकमा छुट्टै साइकल लेन बनाउन सम्भव छैन । सडक साना छन् । साइकल लेन छुट्याउँदा सडक झन् साँघुरो हुन्छ । सैद्धान्तिक कुरा गरेर भएन, व्यावहारिक छ कि छैन भनेर पनि हेर्नुपर्छ । काठमाडौँमा ट्र्याम, ट्रलीबस, मोनोरेल सम्भव छैन । बाहिरी चक्रपथ बनाउँदा छुट्टै साइकल लेन बनाउन सकिन्छ । ......... काम भइरहेको स्थानमा अनुगमन भइरहेको छैन । सडकमा ढलान गरियो तर ढलानमा प्रयोग गरिएका सामग्रीको गुणस्तर कस्तो छ ? ......... निर्माणकर्ताले जस्तो प्रतिवेदन दियो त्यसलाई मान्ने गरिएको छ । अब त्यस्तो हुँदैन, सडकमा कस्ता सामग्रीको प्रयोग गरिएको छ, पहिले त्यो महानगरको प्रयोगशालामा परीक्षण हुन्छ । अनुगमनलाई प्रभावकारी बनाउँछौँ । बाटामा हुने खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘इन्फ्रास्ट्रक्चर एम्बुलेन्स’को व्यवस्था गर्नेछौँ । ........... प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोपिन्छ । हरेक घरमा कम्तीमा एउटा रुख हुनुपर्ने व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको पाइँदैन । महानगरले कर तिरे बापत नागरिकलाई फल दिने बिरुवा उपलब्ध गराउँछ । फल दिने रुख भए पो नागरिकले त्यसको संरक्षण गर्छन् । त्यसबाट उत्पादन भएको फल खान पनि पाउँछन् । ......... महानगर क्षेत्रमा करिब ४५ खाली स्थान छन् । त्यसलाई विभिन्न प्रयोजनका लागि सदुपयोग गर्न सकिने गरी विकास गर्छौं । यसले महानगर क्षेत्रलाई हराभरा बनाउन मद्दत पुर्याउँछ । हामीले ‘भर्टिकल गार्डेन’को पनि सोच राखेका छौँ । सरकारी कार्यालयमा खाली रहेका जग्गामा पोखरी खन्न र रुख रोप्न आग्रह गर्दछौँ । .......... सरकारी कार्यालयले चर्चेको केही जग्गा लिएर महानगरको लगानीमा सार्वजनिक शौचालय बनाउँछौँ । कार्यालयसँग सहकार्य गरी ‘कम्पाउन्ड’ को पर्खाल भत्काएर थोरै जग्गामा शौचालय बनाउन सकिन्छ । सार्वजनिक शौचालयको पर्याप्त व्यवस्था गर्न हामीले नगरभित्र रहेका रेस्टुरेन्टसँग पनि छलफल गरेका छौँ । रेष्टुरेन्टको शौचालयलाई पनि सर्वसाधारणले प्रयोग गर्न सक्ने बनाउँछौँ । .......... त्यसबापत उहाँहरुलाई करमा केही छुट दिन सकिन्छ । त्यस्ता रेष्टुरेन्टमा विशेष प्रकारका सङ्केत राखिनेछ । त्यस्तो सङ्केत राखेको स्थानमा कसैसँग अनुमति नलिइ शौचालयको प्रयोग गर्न सकिन्छ । काठमाडौँ महानगरले यस्तो संस्कार विकास गरेपछि त्यो देशव्यापी हुन्छ । यसले रेष्टुरेन्टको व्यापार वृद्धिमा पनि सहयोग पुर्याउँछ । ........ काठमाडौँका प्राचीन कला, संस्कृतिको संरक्षण गर्न ‘अरनिको’ नै चाहिन्छ भनेर मैले पैरवी गर्दै आएको छु । ............ म आफैँले पनि लिच्छविकालीन, मल्लकालीन इतिहासका बारेमा गहिरो अध्ययन गरेको छु । संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ । ......... सबै पार्टीका शीर्ष नेता तथा प्रतिस्पर्धी सबैले मलाई टेलिफोन गरेर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण नै गर्नेछौँ । जनताको पक्षमा काम गर्न कसले नमान्नु होला र ? .......... काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकासँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्ने छौँ ।


पाकिस्तान सरकारले पेट्रोलको मूल्य ३० रुपैयाँले बढाउँदा इमरान खानले किन गरे भारतको प्रशंसा बिहिबार ट्विट गर्दै देशको इतिहासमा एकै पटकमा भएको सबैभन्दा उच्च वृद्धि गराएर वर्तमान सरकारले विदेशी मालिकलाई खुसी बनाएको प्रतिक्रिया दिए । ...... खानले शेहबाज शरिफ नेतृत्वको वर्तमान सरकारलाई विदेशीले बनाइदिएको आयातित सरकार भन्ने गर्छन् । खानले विगतमा उनको सरकारले रुसबाट ३० प्रतिशत सस्तो तेल किन्ने प्रयास गरेको तर नयाँ सरकराले त्यसलाई अघि नबढाएको आरोप लगाए । ........ ‘अमेरिकाको सामरिक साझेदार हुँदाहुँदै पनि भारतले रुससँग सस्तोमा तेल किनेर तेलको मुल्य २५ भारु कम गर्न सफल भएको छ । ठगहरुको गुटको कारण हाम्रो देश महँगीसँग जुध्नुपर्ने भएको छ ।

No comments: