Monday, May 16, 2022

नेपाल मा आर्थिक क्रान्ति हुनु जरूरी छैन

आर्थिक क्रान्ति भनेको द्रुत गतिको विकास हो। दुई अंक को आर्थिक वृद्धि लगातार २० वर्ष, ३० वर्ष भयो भने त्यसलाई आर्थिक क्रांति भनिन्छ। त्यो नेपाल मा हुनु जरूरी छैन। नेपाली जनता को इच्छा विरुद्ध गएर त्यो आर्थिक क्रान्ति गर्न संभव नै छैन। भोट दिने फेरि फेरि उही घिसिपिटी पार्टी, उही घिसिपिटी नेता लाई अनि ख्वाब देख्ने आर्थिक क्रान्ति को? त्यो पाइँदैन। 

३० वर्ष पंचायत चल्यो। ३० वर्ष त लुटतंत्र पनि चल्यो। लुटतंत्र फाल्ने र अब नया पुस्ता अगाडि आउने। वर्षौं पिंजड़ा मा राखिएको चिड़ियाखाना को जनावर को जब पिंजड़ा खोलिन्छ कहिले काहीं के हुन्छ भन्दा त्यो जनावर ठामेठाम बसेको बस्यै हुन्छ। बानी लागेको। गुलामी को बानी। उही घिसिपिटी पार्टी, उही घिसिपिटी नेता लाई पटक पटक भोट दिने नेपाल का मतदाता त्यही पिंजड़ा का सुगा हुन। 

नया पुस्ता ले बालेन को नेतृत्वमा अब देश को मुहार फेर्नुपर्छ। आर्थिक क्रान्ति चाहिएको हो भने काठमाण्डु मा जे गर्यौ त्यो अब उपत्यका भरि गर, प्रदेश भरि गर, देश भरि गर। नेपाल मा अरु कुनै बाटो आर्थिक क्रांति संभव नै छैन। 

नया पार्टी सजिलो काम हो। प्रत्येक पालिका का लागि एउटा पब्लिक फेसबुक पेज र प्रत्येक तहको प्रत्येक कमिटी का लागि एउटा व्हाट्सप्प ग्रुप। बस। त्यति मात्र। अनि बिजली को गतिमा पार्टी खड़ा हुन्छ। आर्थिक क्रान्ति चाहिएको हो भने त्यति जमर्को गर। नया पुस्ताले गर। ३० वर्ष मुनि का ले गर। 

तर एक्शन भनेको ऑफलाइन हो। इंटरनेट ले पार्टी बन्दैन। 










No comments: