Friday, May 20, 2022

News: May 20

बालेन लोकप्रियताको अर्थ बालेन त्यति बाचाल पनि हुन चाहेनन्, चर्को स्वरमा पनि बोलेनन् । पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन् । समग्रमा उनले आफूलाई कालो चस्मा भित्रै लुकाई राखे । .......

काठमाडौं महानगरपालिकाको मेयर पदको लागि बालेनले प्राप्त गरेको सुररुवाती मतको भित्री कारण पर्गेल्न नसकेर धेरै राजनीतिक पण्डितहरू यतिखेर 'हाइवरनेसन’ मा छन् भनिन्छ ।

धेरैको चुनावी आकलन र विश्लेषणले पनि अन्तर्निहित सत्यको पहलुलाई खुट्याउन सकेको छैन। ............ बालेन एक प्रवृत्ति हो र यस्तो प्रवृत्ति खास–खास समयमा खास–खास सन्दर्भमा उदाउँछ। ...... राजनीतिक मूलधारका दलहरूले अनदेखा गरेको आधुनिक युवापुस्ता र तिनीहरू रम्ने–रमाउने 'साइबर संसार’ (सोसल मिडिया, सञ्जालीय गतिविधि र मतदातासँगको 'कनेक्टिभिटी') र त्यसमार्फत देखा पर्दै गरेको पुस्तागत एकतालाई पनि यस्ता परिचर्चाभित्र जोड्नु वाञ्छनीय नै हुन्छ। ........ हाम्रोतिर उनी भोट माग्न पनि आएनन्। उनको तर्फबाट अरू कोही माइक फुक्दै पनि आएन। हाम्रो टोलतिर मूलधारका दलको राम्रै बर्चस्व छ, जुन बालेनका निम्ति ठूलो व्यवधान थियो। त्यसलाई चिर्ने उनले प्रयास नै गरेनन्। ......... तर मत खसाल्ने दिनसम्म आइपुग्दा हाम्रो घरभित्र बालेनको जबरजस्त क्रेज पसिसकेको थियो र त्यो निकै दबाबमूलक थियो। बालेन क्रेज मूलत: मिडिया सिर्जित थियो। मिडियाले खास–खास समयमा उसले रुचाएका (वा भनौं मिडिया अपील भएका) खास–खास व्यक्तिलाई यसरी प्रस्तुत गरिदिन्छ कि त्यो व्यक्ति वास्तवमै त्यस्तै छ भन्ने भान पर्छ जनसाधारणमा । र, त्यो वास्तविक जस्तै लाग्छ। यसो भनौं, बालेनले प्रत्यक्ष र सामूहिक भेटघाटको मूलढोकाबाट भन्दा मिडिया क्रेजको जस्केलाबाट मतदाताको घरसम्म पुग्ने चुनावी रणनीति अख्तियार गरे। ........... कुनै पनि सम्भावित विवादभन्दा माथि रहने चुनावी रणनीति लिएको बुझ्न सकिन्छ। ....... पार्टीका उम्मेदवारहरूले जस्तो अरुलाई बिझाउने कुरा पनि गरेनन्। .......

राजनीतिक दलको विकल्प राजनीतिक दल नै हो, स्वतन्त्र उम्मेदवार होइन

......... यसपटकको चुनावमा काठमाडौं महानगरपालिकामा कम्तिमा २० हजार बढी मतदाता १८ वर्ष पूरा गरी पहिलोपटक मताधिकार प्रयोग गर्ने अवस्थामा पुगेका थिए । उनीहरूलाई बालेनको क्रेजले झ्याप्पै आकर्षित गर्‍यो। ...... युवा मतदाताको ठूलो पंक्ति २०४० सालपछि जन्मिएको हो। त्यो युवा पंक्तिको मेमोरी (समझ) मा २०४७ सालको राजनीतिक परिवर्तन त्यति गढिलो छैन। त्यसपछिका राजनीतिक ऊहापोहले उनीहरूलाई खासै आकर्षित गरेकै छैन। उनीहरू सिद्धान्तभन्दा 'पर्फर्मेन्स’ र सेवा प्रवाहमा शीघ्रता तथा सुधारको अपेक्षा गर्छन्। राजनीतिक दलका पुराना नेताकार्यकर्तालाई उनीहरूको ऐतिहासिक त्याग–समर्पण वापत यतिखेर पुरस्कृत गर्ने कुरामा पनि उनीहरू सहमत हुँदैनन्। .......... कुनै खास राजनीतिक दलको अनुशासन र सीमाभित्र बसेर वैचारिक धारको राजनीति गर्ने कुरा उनीहरूको रुचिभित्र पर्दैन। त्यो धैर्य उनीहरूमा छैन। परम्परागत राजनीतिको भाषामा भनिने 'पूर्णकालीन कार्यकर्ता’ हुने रहर पनि उनीहरूमा छैन। एउटा खुट्टा पेशामा टेकेर आंशिक र मौसमी राजनीति गर्ने वा सुधारमुखी हस्तक्षेपको राजनीति गर्ने प्रवृत्ति उनीहरूको व्यवहारमा प्रकट हुन्छ उनीहरूको राजनीतिले जनतासँग प्रत्यक्ष संवाद पनि गर्दैन। मिडियाको भरपूर उपयोग, सामाजिक सञ्जालको व्यापक प्रयोग र फरक भाषामा वैकल्पिक राजनीतिको दाबी गर्छ। .......... प्रयोगको राजनीतिमा जोडिन चाहेको यो पुस्ता बरोबर माइतीघर मण्डलामा जम्मा हुन्छ । तर मण्डलाको भौतिक र राजनीतिक ‘स्पेस’ कसले तयार गरिदियो भन्ने कुरालाई उनीहरूकै भाषामा भन्नुपर्दा 'बालै’ दिँदैन । ....... दिमागमा असन्तोषको शब्दकोश, हातमा स्मार्टफोनमार्फत् संसारभरको सूचना र वैश्विक ’एक्सपोजर’ लिएर सञ्जालीय सम्बन्धमार्फत् यो पुस्ता राजनीतिमा हस्तक्षेप गर्ने तहसम्म पुगेको छ,उनीहरूमा जनतासँग खुल्लम–खुल्ला संवाद र अन्तरक्रिया गर्ने 'कन्फिडेन्स’ विकास होला/नहोला हेर्न बाँकी छ ।




बालेन जित्दाको असर अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । ....... उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । ........ राष्ट्रियता र लोकतन्त्रका मसिहा भनिने महान अभियन्ताहरूले गहिराईको मापन पनि बालेन जित उन्मुख प्रकरणले स्पष्ट देखिन थालेको छ । ........ बालेन युवाहरूको समर्थनले जित हासिल गर्दैछन् । ...... तराई–मधेसको संघर्षले संघीयता र तीन तहको सरकार हामीले पाएका छौं । भ्रष्टाचार र तमाम विकृतिका बावजुद यसले गर्दा ग्रामीण क्षेत्रमा विगत ४÷५ वर्षमा आएको परिर्र्तनले मुलुकलाई नयाँ दिशा प्रदान गरेको छ । ........ नेपालको मूलधारीय राजनीतिबाटै तालिम पाएका तराई–मधेसका नेताहरू मधेसको महान एजेन्डा बोक्न सकेनन् । स्वार्थ, पैसा र ईशाराले परिचालित भए । ...... काठमाडाैं महानगरपालिकामा बालेनको उम्मेदवारी तथा त्यसले उठाएको तरंगले, त्यहाँ ल्याएको नयाँ सोच र जोशले तथा राजनीतिमा सिण्डिकेट मानसिकतामाथि गरेको चोटले निश्चय नै नयाँ नयाँ आयामहरू थपिनेछन् । काठमाडौंमा अब को रैथाने र को बाहिरिया ? ....... स्थानीय सरकारको सफल सञ्चालन भनेको स्थानीय विशिष्टताको संरक्षण, स्थानीय आवश्यकता र समस्याको पहिचान एवं समाधान तथा प्रदेश, संघ एवं विश्वसँग समन्वयका आयामहरू हुन् । ........ जनकपुरका मनोज साह, धनगढीका गोपाल हमाल, बर्दिवासका प्रह्लाद क्षेत्री वा धुलिखेलको विदुर बस्नेतको जस्तो होइन, काठमाडौंमा बालेन्द्र साहको उम्मेदवारी । अरुहरुको हकमा दलीय अन्तर्घात, आन्तरिक लोकतन्त्रको चरम अभाव, भ्रष्टाचारको लोभिँदो अवसर र दलहरूमा उम्मेदवारी खरीद बिक्रीको कारणले उत्पन्न परिस्थितिको परिणाम हो । ........... स्थानीय तहको उम्मेदवार हुन विचारलाई हुत्याउँदै आयाराम गयाराम हुनेहरू र जनतालाई तरकारी बजारको सागपात ठान्ने, अवाञ्छित तरिकाबाट धनोपार्जन गरी उपप्लावित राशीले मानसम्मान किन्न खोजी गर्ने, कालो धनलाई सेतो बनाउनेहरूलाई निश्चय नै यो चोटिलो प्रहार पनि हो । यसका साथै यस उम्मेदवारीले राजधानीमा उत्पन्न वर्तमान लहरले काठमाडौंमा बसेर देशको सत्ता, सञ्चार, श्रोत र धेरै हदसम्म कूटनीतिक गतिविधि समेतमा पकड राख्नेहरूलाई चुनौती दिएको पनि हो । बालेन्द्र साह र उनका पछाडि पृष्ठभूमिमा रहेका युवाहरू यसका लागि निश्चय नै साधुवादका पात्र हुन् । ....... बालेन साहप्रतिको मतदाताको आकर्षणलाई वर्तमानमा राष्ट्रिय राजनीतिमा क्रियाशील दलहरू, तिनको नेतृत्व र आचरणप्रति जनताको मोहभङ्गले गर्दा असन्तुष्टिको मत प्रदर्शित भएको भन्ने टिप्पणी वास्तवमा सिण्डिकेट मानसिकताकै पालिस गरिएको पूर्वाग्राही टिप्पणी हो ।

यसलाई असन्तुष्टिको मत भन्दा पनि वर्तमानको सोच र दिशाको मत किन न भन्ने ?

......... बालेनलाई आउँदै गरेको मत भागबण्डा, राजनीतिक खरीद–बिक्री, नातावादी चरम सोच, राजनीतिक दलहरूमा रहेको जमिन्दारी प्रथा र आन्तरिक लोकतन्त्रको चरम अभावसहित हरेक किसिमको वर्चस्वको विरोधको मत हो । साथै, विविधताको सम्मान, स्वच्छता र पारदर्शिताको माग हो । यो गणतन्त्र र संघीय संरचनाको पक्षमा त्यसको संस्थायीकरण र संविधान तथा कानूनहरूमा समुचित सुधारको माग पनि हो । सबैभन्दा महत्वपूर्ण कुरो सिण्डीकेटको पञ्जाबाट मुक्तिको निमित्त चक्रव्यूह तोड्ने अभिमन्यूको उर्जाले युवाहरूले देखाएको यो समुचित बाटो हो । .......... कोर एरियाबाट आफूहरुलाई अधिक भोट आउने केशव स्थापित र सिर्जना सिंहको आशामा तुषारापात छाउँदै छ । अहिले भोटमार्फत् काठमाडौंका मतदाताहरूले जुन भावनाको उद्घोष गरिरहेका छन्, त्यसको परिपालनको सम्पूर्ण प्रयास र निरन्तरता नै यस जितको उपलब्धिपूर्ण असर हुनेछ । ........... स्थानीय समस्याहरूको पहिचान र त्यसको सर्वोत्तम समाधान, स्थानीय भाषा, संस्कृति, विविधताको संरक्षण, लोकतन्त्रको रक्षा । पारदर्शिता र सार्वजनिक रकमको सम्मानपूर्ण सदुपयोगको निमित्त पारदर्शी उदाहरणीय कार्य प्रणाली । संघ–प्रदेश–महानगरबीच नमूना समन्वय, उपभोक्ताको हित संरक्षण, स्वच्छ व्यापारको अनुकूलको वातावरण निर्माण । शैक्षिक र स्वास्थ्य क्षेत्रमा नाफामुखी भन्दा कम लागतमा गुणात्मक सेवा भावको विकास




जर्ज डब्लू बुसले जब इराक युद्धलाई ‘बर्बर’ र ‘अन्यायपूर्ण’ भने‍... बुसले लगतै आफूलाई सच्चाउदै ‘युक्रेनमाथिको रुसी आक्रमण भन्ने खोजेको’ भनेका थिए । सम्बोधनमा बुसले रुसी प्रणालीको कमजोरी र युक्रेन युद्धमा त्यसको सम्बन्धबारे बोल्दै भनेका थिए,‘ रुसमा नियन्त्रण र सन्तुलनको प्रणाली नुहदाँ एक जना व्यक्तिले इराकमाथि पूर्णत बर्बर र अन्यायपूर्ण आक्रमण घोषणा गर्न सके ।’ गल्ती बोलेको महसुस भएपछि लगतै बुसले ‘मेरो मतलब, युक्रेनमाथि’ भनेर आफ्नो भनाई सच्याउने प्रयास गरेका थिए । ...... बुसले बुढ्यौलीको कारण यस्तो गल्ती भएको ठट्टा गरे । ..... वर्षौं लम्बिएको इराक युद्धमा लाखौं मानिसको मृत्यु भयो भने त्योभन्दा धेरै विस्थापित भएका थिए । बुसले भुलवस भनेका भनाई समाजिक संजालमा भाइरल बनेको छ । डलास न्युजका एक रिपोर्टरले हालेको बुसको सानो भिडियोलाई मात्रै ३० लाख पटक हेरिएको छ।

पालिका प्रमुखमा जनमतको पहिलो जीत डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पालिका प्रमुखमा खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमतले जीत हासिल गरेको हो ।

बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा जनमतको जीत डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरी जिल्लाको बलान–बिहुल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । डा.राउतको गृहजिल्लासमेत रहेको सप्तरीमा बलान–बिहुलसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले यसअघि नै विजयी भइसकेको छ । बलान–विहुल गाउँपालिकाको अध्यक्षमा जनमतका खेमचन्द्र यादव २९९४ मतसहित निर्वाचित भएका हुन् ।

स्थानीय निर्वाचनमा चरम–धाँधली र सत्ताको दुरुपयोग : जनमत पार्टी (विज्ञप्तिसहित) जनमत पार्टीले स्थानीय निर्वाचन २०७९ पूर्णतः धाँधलीपूर्ण रहेको तथा जनमत पार्टीलाई सत्ता गठबन्धन र स्थानीय प्रशासनले निषेध गरिएको निष्कर्ष निकालेको हो ।





एमालेलाई हराउन मतगणनामा धाँधली भएको महासेठको आरोप रघुवीर महासेठले मतदान शान्तिपुर्ण भएपनि मतगणनामा शान्तिपुर्ण धांधली भएको आरोप लगाएका छन । ....... निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहेपनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन शान्तिपुर्ण धांधली गरिरहेको आरोप लगाए । ....... महासेठले निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाउंदै भने सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परेपनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय गरेर निर्वाचन अधिकृतहरु कहाँ परिपत्र पठाइएको आरोप समेत लगाए । ....... मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, कांग्रेसका लागि रि काउन्टीन गर्नु र अन्य दलले रि काउन्टीन मांग गर्दा नगर्नु लगायतका क्रियाकलापले सत्ता गठबन्धनका प्रमुख दल काँग्रेसलाई जिताउन षडयन्त्र भइरहेको उनले भने । ........ महासेठले भने रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको हो । ........ सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा भइसकेका उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०÷१० मतको मतान्तरले जबरदस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण हिजो मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न मांग गरे ।

धनुषाको १८ मध्ये १० पालिकाको नतिजा यस्तो आयो, कांग्रेसको दबदबा र अग्रता एक उपमहानगर, ११ नगर र ६ गाँउपालिका रहेको धनुषाको अहिले सम्मको ९ पालिकाको नतिजा अनुसार कांग्रेस ५, एमाले २ र जसपा ३ पालिका जितेको छ ।

No comments: