Tuesday, May 10, 2022

Bhim Upadhyaya For Balen Shah



मौन अवधिमा कसरी हुन्छ 'कानेखुसी' प्रचार? चुनावी सरगर्मीमा तातेको वातावरणलाई शान्त पार्ने समय हो- मौन अवधि । तर यहि अवधिमा ‘ह्विस्परिङ क्याम्पेन’ अर्थात् कानेखुसी प्रचार-प्रसार हुन्छ । कसैलाई धम्क्याउने, फकाउने र प्रलोभन दिनेजस्ता क्रियाकलाप पनि हुन सक्छ त्यसैले मतदाता जोगिनुपर्छ । ....... राजनीतिक दलका कोणसभा, बाजागाजा, झ्याली–दमाहाका प्याइँप्याइँ र पुइँपुइँ, आमसभालगायत निर्वाचनका सबै तामझाम र रमिता आजै राति १२ बजेदेखि बन्द हुनेछन् । निर्वाचन आचारसंहिताले मौन अवधिमा सरोकारवाला पक्षलाई प्रचार–प्रसारका सार्वजनिक गतिविधिमा रोक लगाउने परम्परा चलिआएको छ । ........ दक्षिण एसियाका प्रायः देशहरुमा निर्वाचन हुनुपूर्वको ४८ घण्टाको अवधिलाई मौन अवधि भन्ने गरिन्छ । ........ पश्चिमा प्रजातान्त्रिक मुलुकहरुमा कर्मचारीहरुले अवकाशपछि दुई वर्षसम्म राजनीति गर्न नपाइने मान्यता रहेको छ । यद्यपि, त्यस्तो नियम, कानुन छैन । केवल त्यस्तो मान्यता वा परम्परा छ ती मुलुकहरुमा । त्यो पनि एकप्रकारको कर्मचारीहरुका लागि राजनीतिक मैदानमा प्रवेश गर्ने ‘कुलिङ पिरियड’ नै हो । तर, हामीकहाँ सचिव, उपसचिव जागीरमा भएकादेखि एआईजी, डीआईजी भईसकेकाहरु पनि तुरुन्तै राजनीतिक दलमा प्रवेश गरेर चुनाव उठ्ने गरेको पाइन्छ । राजनीतिमा यो स्वच्छ संस्कृति होइन । ........ त्यहाँ त चुनावकै दिन पनि गाडी चलिरहेको हुन्छ । नेपालमा खै यो के चलन हो ? चुनावको दिनमा कर्फ्यू लागेजस्तो सार्वजनिक यातायातलगायत सबथोक बन्द हुन्छ । हुँदाहुँदा यसपटक त हाम्रो लोकतान्त्रिक सरकारले हवाई सेवाधरि बन्द गर्ने निर्णय गरेछ । ......... फोटोसहितको मतदाता नामावलीको व्यवस्थाले गर्दा चुनावमा हुने ९० प्रतिशत द्वन्द्व र झगडा/झडपलाई समाप्त गरिदिएको छ । पहिले धेरैजसो झगडा नै एउटाको नाउँमा अर्कोले भोट खसालि दिनाले हुने गर्‍थ्यो । बुथ क्याप्चर गर्ने, प्रोक्सी मत खसाल्ने हुन्थ्यो । फोटोसहितको मतदाता नामावलीको व्यवस्थाले गर्दा त्यस्तो काम गरिआएकाहरुले काम पाएका छैनन् । बरु अहिले ‘निर्वाचन परिणाम तलमाथि पारिदिन्छौँ’ भन्ने हावादारी विचौलियाहरु आएका छन् । ....... नेपालमा वास्तविकता के छ भने मौन अवधिमा नै उम्मेदवारको जीत–हार तय हुन्छ । यस अवधिमा भाषण, र्‍याली, भेटघाट नभए पनि ‘हिृवस्परिङ क्याम्पेन’ अर्थात् कानेखुशी प्रचार–प्रसारको भरमा चुनावी अभियानको बेला गर्न नभ्याएको र नभेटेका, आफन्त, साथीभाइ, टेलिफोनमार्फत् सम्पर्क गरेर प्रभाव बढाउने गरिन्छ । कसैलाई धम्क्याउने, कसैलाई फकाउने र प्रलोभन दिनेजस्ता क्रियाकलाप पनि यस अवधिमा हुने गर्छन् । ........ हाम्रा नेताहरुले निर्वाचनका बेला गरेका भाषण र तिनले प्रयोग गरेका शब्दहरु निकृष्ट र तल्लो स्तरका छन् । यस्ता शब्दहरु हाम्रा शब्दकोषमा छँदा पनि छैनन् र रहनलायक पनि छैनन् । ........ सय किलोमिटर प्रति घण्टाको गतिमा कुदिरहेको गाडीको इन्जिन निकै तातेको हुन्छ । त्यसलाई दुई दिन ग्यारेजमा राखेर पुनः चलाउने हो भने त्यो गाडीको इन्जिन र सबै पार्टपूर्जा सेलाउँछ । गन्तव्यसम्म पुग्नका लागि समस्या पर्दैन । हो, यस्तै महिना, डेढ महिनादेखि द्वन्द्व, तनाव र झडपहरुको समेत सामना गरेका नेता/कार्यकर्ता र मतदाताहरुलाई शान्त पार्ने उद्देश्यले दुई दिनको मौन अवधि राख्ने परम्परा बसालिएको हो ।

No comments: