Tuesday, May 17, 2022

News: May 17

स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।

एमालेले कटायो शतक, कुन पार्टी कति स्थानीय तहमा विजयी ? नेपाली काँग्रेस सर्वाधिक १५० स्थानीय तह जितेको छ भने माओवादी केन्द्र ७४ स्थानीय तह जित्दै तेस्रो स्थानमा रहेको छ । ....... एकीकृत समाजवादीले ५ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले ४ स्थानीय तह जितेको छ

गगन थापाको वडामा पनि सिर्जनाभन्दा बालेन अगाडि काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् । ....... काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’ ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ....... जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ । ...... ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । ...... ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सकेन । सूर्यविनायकमा पनि काँग्रेस जित नजिक छ । ........ ओलीलाई आफ्ना निर्वाचन क्षेत्र समेत रहेको गृहनगर झापाको दमक नगरपालिकामा पनि गठबन्धन भारी बनेको छ । ........ काँग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनले ६८४ मतान्तरसहित आठराईको ‘लाल किल्ला’ भत्काएको छ । ......... ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गरेको ठाउँमा जित हात पार्नुलाई गठबन्धनले प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीले ०७६ फागुनमा ११ मा इवा पुगेर आफ्नो ६९ औं जन्म दिवस मनाउन थिए । ....... आफ्नो जन्म उत्सवमा ओलीले इवाका नागरिकलाई सारी, पछ्यौरी, भादगाउँले टोपी, ज्याकेट र डायरी बाँडेका थिए । ओलीले नेपालको नक्सासहितको केक काटेर जन्मदिवस बनाएको भन्दै आलोचनाको विषय समेत बनेको छ । तामझामका साथ जन्मघरमा जन्म दिवस बनाएका फर्किएका ओलीलाई दुई वर्षपछि इवाबाट सुखद नतिजा आएन । विगतमा एमालेले जित्दै आएको ठाउँमा काँग्रेस र कम्युनिष्ट शक्ति मिल्दा भत्किन पुगेको छ ।

टर्कीका राष्ट्रपतिले नेटोमा समावेश हुने विषयमा फिनल्याण्ड र स्विडेनलाई किन दिए चेतावनी ? टर्की नेटोको एक महत्वपूर्ण सदस्य राष्ट्र हो । ...... रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैन्य गठबन्धनमा सामेल हुने फिनल्याण्ड र स्विडेनबाट रुसलाई कुनै प्रत्यक्ष खतरा नरहेको तर सैन्य पूर्वाधारमा कुनै पनि विस्तार भएमा रुसले जवाफ दिने कुरामा जोड दिए । ..... एर्दोआनले सोमबार एक पत्रकार सम्मेलनमा टर्कीले फिनल्याण्ड र स्विडेनलाई नेटोमा सामेल हुने विषयलाई विरोध गर्ने गरेको बताए । उनले स्विडेनलाई चरमपन्थी समूहहरूको ‘जन्मस्थान’ भनेर व्याख्या गरे । ...... नेटो सदस्य टर्कीले केही दशकदेखि टर्की सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको कुर्दिस्तान वर्किंग पार्टी (पीकेके) लाई दुई देशले समर्थन गरिरहेको आरोप लगाएको छ ।



धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन गरियो धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित गरिएको छ । धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा खसेको मतभन्दा बढी मतपत्र बाहिरिएपछि दूबै पालिकामा मतगणना स्थगित गरिएको हो । धनौजी गाउँपालिकमा वैशाख ३० गते मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको हो । ...... ताजा रुझान अनुसार सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाका जिवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका छन् । ...... सो पालिकामा लोसपा, एमाले सहितका दलहरु आन्दोलित भएको छ । स्थानीयका अनुसार मतगणना स्थलबाहिर समेत मतपत्र फालिएको अवस्थामा फेला परेको छ । ..... यता नगराइन नगरपालिकामा लोसपा, एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको छ । मतपेटिकामा रहेको अन्य दलको हकमा आएको सदर मतलाई पनि बदर गरिएको, कांग्रेसको बदर मतलाई समेत सदर गरिएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरिएको छ



No comments: