Friday, May 06, 2022

त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?

त्यो नेपाल को झण्डा बोकेको मान्छे को हो त्यो?
न चारतारे झण्डा बोकेको छ न त छ हाथमा हँसिया हथौड़ा 
को हो त्यो?
न अगाडि पछाडि सुकुलगुण्डा 
चाकरी चापलुसी गर्ने कोही देखिन्नन 
को हो त्यो?
न घुस खाएको छ 
न जांड रक्सी मासु भात ख्वाएको छ 
को हो त्यो?
हाथ मा लौरो बोकेको छ 
भ्रष्टाचारी को मन मा त्रास पैदा गरेको 
को हो त्यो?
न छोरी बुहारी श्रीमती लाई 
टिकट दिएको छ 
न चुनाव को समयमा हावा मिठाइ बांडेको छ 
को हो त्यो? 
एउटा हाथ मा डंडा 
अर्को हाथ मा एजेंडा 
को हो त्यो?
न #MeToo अपराध गरेको छ 
न त राजनीतिक कुनै पाप गरेको छ 
फोहर उठाउँछु 
बिजली बस चलाउँछु 
शहर सफा बनाउँछु भन्ने 
को हो त्यो?
आशा को तरंग ल्याएको 
आशा जगाएको 
युवा युवती बीच जोश जाँगर ल्याएको 
भविष्य को रेखा कोरिरहेको 
टोल टोल मा गएर सेल्फी खिँचिरहेको 
को हो त्यो?







No comments: