Monday, May 23, 2022

युक्रेन, फ़िनलैंड, न्यु जीलैंड मा भएका छन त युवा युवती राष्ट्राध्यक्ष हरू

बिल क्लिंटन अर्कान्सा राज्य का गवर्नर निर्वाचित भएका थिए चार वर्ष का लागि। दुई वर्ष पछि नै राष्ट्रपति मा लड्ने निर्णय गरे। उनलाई सोधियो। तपाईं ले चुनाव लड़दा चार वर्ष जनता को सेवा गर्छु भनेर लड्नु भएको थियो तर अहिले दुई वर्ष मैं राज्य छोड्ने तरखर गर्दै हुनुहुन्छ। यो गलत भएन? 

जवाबमा बिल क्लिंटन ले भने, मैले धेरै विचारविमर्श गरें र म यो निष्कर्ष मा पुगें कि अर्कान्सा राज्य को बृहत्तर विकास का लागि यहाँ को गवर्नर भएर भन्दा देशको राष्ट्रपति भएर बढ़ी गर्न सक्छु। त्यसैले म राष्ट्रपति पद का लागि लडिरहेको छु। यसले अर्कान्सा राज्य लाई फाइदा नै छ। 

बालेन को चुनावी विजय ले देश देखि प्रवास सम्म जुन आँधीबेहरी आएको छ, यो आशा र उमंग को सुनामी, यसको सम्बोधन हुनु जरूरी छ। लोकतंत्र भनेकै त्यही हो। त्यो सम्बोधन भनेको देशव्यापी एउटा नया पार्टी को स्थापना नै हो। 

मेयर ले मेयर काम त गर्नैपर्छ। तर यो संगठन विस्तार स्वतःस्फुर्त किसिमले हुने हो। 

पार्टी अध्यक्ष त स्वतः बालेन नै हो। देशव्यापी केंद्रीय चुनाव स्वीप गरेको अवस्था मा सांसद नभएको मान्छे प्रधान मंत्री बन्ने प्रावधान त छँदैछ। बनेको छ महिना भित्र संसद सदस्य बन्नुपर्ने प्रावधान छ। 

युक्रेन, फ़िनलैंड, न्यु जीलैंड मा भएका छन त युवा युवती राष्ट्राध्यक्ष हरू। काठमाण्डु को बृहत्तर विकास का लागि मेयर बालेन ले भन्दा प्रधान मंत्री बालेन ले बढ़ी गर्न सक्ने हो। 

धेरै लामो समय को अंतराल पछि देशमा आशाको तरंग छ। त्यसको सम्बोधन र सम्मान हुनु जरूरी छ। 

देश भरि पनि र प्रवास मा पनि प्रत्येक ठाउँ मा स्वतःस्फुर्त संगठन बन्न सक्नुपर्छ। नेपाल का झोले नेता हरु ले गैर आवासीय नेपाली संगठन क्वारलयाप्प खाए। नया पार्टी को विश्वव्यापी नया संगठन चाहियो। 












No comments: