Pages

Tuesday, May 24, 2022

पुष्पकमल जमीन्दार

जमीन्दार भनेको एउटा सोंच हो। त्यो पुष्पकमल दहाल मा छ। 

पुष्पकमल दहाल लाई लागिरहेको हुन्छ उ माओ हो, देउबा चाउ एन लाइ। उ चेयरमैन हो। देउबा फगत प्रधान मंत्री। अन्तिम निर्णय यदि प्रचंड ले गरिरहेको हुन्छ भने कुर्सी मा को बस्यो त्यसले के फरक पार्यो? देउबा को चुनावी प्रचारप्रसार भरतपुर मा सीमित रह्यो। पुच्छर ले कुकुर हल्लायो। 

यो तथाकथित गठबन्धन प्रचंड को एक दलीय सोंच हो। त्योभन्दा बढ़ी केही पनि होइन। बहुदल मा एकदलीय व्यवहार। 

राजनीतिक तानाशाही गर्न नपाएको। इच्छा भएको तर इच्छा पुरा नभएको। 

डेंग बुझ्दैन प्रचंड। माओ मात्र बुझ्छ। तानाशाही बुझ्छ। आर्थिक प्रगति बुझ्दैन। 

जमीन्दार भनेको भारत बाट आएको शब्द हो। जंग बहादुर राणा नमुना जमीन्दार। आफ्नो जनता लाई अत्यन्त हेप्ने तर ब्रिटिश को अत्यंत गुलामी गर्ने। त्यो हो जमीन्दार। मानसिक दासता को पराकाष्टा। माओ को मानसिक गुलामी गर कि ब्रिटिश को, के फरक पर्छ? 



No comments: