Saturday, May 21, 2022

हप्ता मा दुई दिन रैपर काम गर्नुपर्ने मेयर बालेन

मैले गहिरो अभिरुचि लिएको दुनिया को पहिलो रैप कलाकार बालेन शाह। जब कि मैले टुपाक, एमिनेम, आफै पहिला पहिला बसेको ब्रुकलिन को जेजी मा अभिरुचि लिने मौका पाएको। म आफैले नेपाल जस्तो देश को अवस्था दुनिया सामु लाने प्रयास गरेको मान्छे। यो ब्लॉग त्यही त हो। तर आज मैले देखिरहेको छु त्यों काम फत्ते गर्ने सबैभन्दा उपयुक्त माध्यम शायद रैप संगीत हो।     

मेरो बालेन शाह प्रति को समर्थन नातावाद कृपावाद होइन। काठमाण्डु जस्तो महानगर मा डेढ़ लाख चुनावी खर्च त्यो त केही पनि होइन। त्यति त एउटा बैंक्वेट पार्टी मा खर्च गरिरहेको हुन्छ नेपाल को नेता। त्यो पनि चुनाव नरहेको बेला। एक पैसा खर्च नगरेर चुनाव जितिरहेको मान्छे। 

काउंटिंग मा घपलाबाजी गर्न खोजे। राति आठ बजे पछि ऑर्केस्ट्रा बज्छ ह रे। २४ घंटा रैप बजिरहेको छ। दिउँसो न राति। मेरो समर्थन त्यो समर्थन सुनामी को प्रतिध्वनि सम्म हो। एको (echo)। 

३० वर्ष देखि दलीय तानाशाही चलाइरहेका हरु को जिम्मा देश अझ १० वर्ष छोडिदिने हो भने नेपाली अर्थतंत्र को एक मात्र सम्पत्ति युवा पिढ़ी (demographic dividend) त्यो खेर जान्छ। 

प्रोफेट (Prophet) गणेशमान ले सन १९९१ मा गरेको भविष्यवाणी काठमाण्डु मा लौरो ले जित्छ। जित्यो। कवि भुपि शेरचन ले भनेको, हो त्यो हुरी बतास जस्तै आउँछ। आयो त सुनामी। बालेन हो त्यो जो हुरी बतास जसरी आयो। गरीब को चमेली बोलिदिने बालेन शाह। बालेन को जित ले एक जना युवती लाई हिम्मत दियो आफु माथि भएको अपराध बारे बोल्ने। 

बालेन मेरो भाइ तर मलाई थाहा थिएन। उसको हजुरबा, मेरो हजुर आमा दाई बहिनी। मलाई तर थाहा थिएन। एकै चोटि फेसबुक मा आउन थाले। बालेन फॉर मेयर। शुरू मा जिज्ञासा लाग्यो। अनि अलि गहिरियर हेरें। अनि चुम्बक सरि तानियें। मैले नेपाल को राजनीति मा गहिरो अभिरुचि राखे देखि अहिले सम्म यति राम्रो उम्मेदवार देखेकै थिइन। पहिला प्लेटफार्म पढेको हो। रैप गीत एउटा पनि सुनेको थिइन। वीडियो अन्तरवार्ता सुनें। कुनै नेता को कुरा सुने जस्तै लागेन। अंग्रेजी माध्यम स्कुल मा पढेका मेरो पुस्ता का अधिकांश मा एउटा मानसिक गुलामी देख्न सकिन्छ। पश्चिम चीज सबै राम्रो। हार्ट अटैक दिने मक्डोनल्ड्स देखि लिएर सबै। त्यो मानसिक गुलामी ठ्याक्कै देखिन बालेन मा। What a breath of fresh air जस्तो लाग्यो। होइन भने अहिले सम्म काठमाण्डु मेयर मा जति लड़े सबले काठमाण्डु भत्काउनु पर्छ मात्र भने। विस्थापित अझै भन्दैछन। सड़क चौड़ा बनाउँछु। जब कि आजै युरोप मा असन जस्तो शहर को कोर बनाउने, गाड़ी पस्न नपाउने। मान्छे मात्र हिड्ने। त्यसलाई कटिंग एज (cutting edge) कुरा भनिन्छ। तर बर्लिन को पर्खाल ढलेको समाचार अझै प्रचंड को कान मा नपुगेको देश। 

समाचार हरु पढ्दै गयें। एक दिन रातोपाटी मा एउटा लेख आयो। महोत्तरी जिल्ला को एकडारा गाउँ को आयुर्वेदिक डॉक्टर राम नारायण शाह का छोरा। मैले सोंचे त्यो व्यक्ति त अरु कोही हुनै सक्दैन। मेरो चाचा हो। म सानो हुँदा छिमेकी पनि जनकपुर मा। दिएको औषधि खाएको छु। त्यति राम्रो औषधि आज सम्म अर्को खाएको छैन। 

अर्थात, बालेन लाई मेरो समर्थन नातावाद कृपावाद होइन। मेरिट को आधार मा बालेन ले मेरो समर्थन पाएका हुन। 

अमेरिका मा भनिन्छ राष्ट्रपति पछि सबैभन्दा ठुलो राजनीतिक पद न्यु यॉर्क शहर को मेयर। न्यु यॉर्क मा फेरि सारा उपत्यका को एउटै मेयर जस्तो अवस्था छ। नेपाल मा त प्रत्यक्ष निर्वाचित न राष्ट्रपति छ न त छ नेपाल मा त्यस्तो प्रधान मंत्री। नेपाल को सबैभन्दा ठुलो राजनीतिक पद त्यही हो जुन बालेन जित्दैछन। देश लाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिएको त हो। संविधान संसोधन गर। 

बालेन ले रैप छोड्नु हुँदैन। अमेरिका का संस्थापक नेता हरु वर्ष मा दुई तीन महिना राजनीति गर्थे। बाँकी समय खेतीपाती। फुल टाइम राजनीति गर्नु राम्रो होइन। त्यही फुलटाइमर हरु ले त हो नेपाल बिगारेको। झोले हरु। हप्ता मा दुई दिन रैप लाई दिएको राम्रो। बालेन उदाहरण बन्न सक्नुपर्छ। आफ्नो निजी आर्थिक क्रांति गर्न सक्नुपर्छ। नेपाली मात्र किन? हिन्दी अंग्रेजी पनि। आम नेपाली को आवाज विश्व मंच मा पुगेकै छैन। त्यो पुर्याउने काम बालेन को हो। म चाहन्छु बालेन को एउटा रैप गाना एक मिलियन डॉलर मा बिक्री होस। त्यस्ता थुप्रै प्लेटफार्म छन। एउटा यो हो। https://www.sound.xyz/ 

रोजीरोटी का लागि रैप म्युजिक। मेयर पद त समाज सेवा। त्यो सन्देश पनि जान्छ। 

नेपाल मा आर्थिक क्रान्ति गर्ने सबैभन्दा सहज बाटो शिक्षा र स्वास्थ्य मा लेजर फोकस र देश भरि फाइव जी, ताकि काम खोज्न मानिस इंटरनेट जाउन। वीसा चाहिँदैन। देश छोड्न पर्दैन। दुनिया भरि गएर काम गर्न सकिन्छ। नेता ले उदाहरण पेश गर्नुपर्छ। आफैले आफ्नो गीत मिलियन डॉलर मा बेचेर। 


No comments: