Sunday, May 22, 2022

भुगोल को आधार मा डिजिटल संगठन चाहियो विश्वव्यापी स्वतःस्फुर्त

बालेन को चुनावी जित एक व्यक्ति को एउटा पद मा जित होइन। यो एउटा आन्दोलन को शुरुवात हो। यस आन्दोलन को अर्को ठुलो फड्को भनेको अब छ महिना मा हुने चुनाव मा प्रत्येक पद मा लड्ने गरी देशव्यापी र विश्वव्यापी संगठन को निर्माण हो।स्वतःस्फुर्त। अहिले नै प्रवासी नेपाली ले आफ्नो आफ्नो फोन मा भोट दिन पाउने गर होइन भने आन्दोलन ले त्यो काम सत्ता मा आएर आफै गर्छ। नोट चल्ने भोट नचल्ने प्रवासी नेपाली को? 

लोकतन्त्र भनेको एक व्यक्ति एक मत हो। लोकतंत्र भनेको वाक स्वतंत्रता हो। शांतिपुर्वक आफ्नो विचार राख्न पाउने अधिकार हो। लोकतान्त्रिक संस्कार भनेको अरुले बोलेको कुरा आदरपुर्वक सुन्नु र मनन गर्नु हो। लोकतंत्रमा नागरिक हुनु भनेको ठुलो जिम्मेवारी बहन गर्नु हो। देश ले मलाई के दियो होइन कि देश लाई म नागरिक ले के दिएँ? त्यो सेवा को भावना हो लोकतंत्र। 

हिन्दु राष्ट्र हिन्दु राष्ट्र भन्ने हरु लाई म भन्छु त्यो हिन्दु धर्म ले चोरी पाप हो भनेको छ। भ्रष्टाचार चोरी हो। चोर नभएको नेता र कमर्चारी देखाउ। मान्छे को उच्चतम संस्कार आउने नै परिवार र धर्म बाट हो। सही गलत छुट्याउने ताकत। हिन्दु धर्म ले राजधर्म को कुरा गरेको छ। अर्थात राजकाज चलाउने हरुले आफ्नो कर्तव्य पालन गर्ने। गरेका छन त? 

संगठन को सदस्यता लिनु। इच्छा लागे निर्वाचित भएर कमिटी मा गएर बस्नु। एक व्यक्ति एक मत को आधार मा निर्णय हरु गर्दै जानु। दुईतर्फी सुचना र विचार आदानप्रदान लाई ब्रेन गेन भन्दा पनि माथि साइनर्जी (synergy) भन्न सकिन्छ। १० जना एक ठाउँ भेला भएर छलफल गर्दा त्यो १० होइन १५ अथवा २० अथवा कहिले काहीं १०० हुन्छ। 

न पढ़ेलेखेका नेपाली जो गल्फ अथवा मलेशिया गएका छन महिना को नेपाली रुपया १०,००० कमाएका छन। त्यति कमाइ नेपाल मा गर्न सकिन्छ। सुशासन छ भने उद्यमी लाई काम गर्न सजिलो। रोजगारी सिर्जना गर्ने त उद्यमीले हो। सरकारले होइन। 

पढ़ेलेखेका पनि जो धनी देश पुगेका छन। खाने लाउने र मासिक बिल तिर्ने मैं सीमित छन अधिकांश। 

सुशासन ले द्रुत गतिको विकास दिन्छ। बढ़ी पैसा कमाउन का लागि नै नेपाल आइपुग्छन। अथवा एउटा खुट्टा देश मा एउटा विदेश मा। मल्टी नेशनल कंपनी खोलेर चलाएर बस्यो। 

२०% लाई शिक्षा स्वास्थ्य मा लेजर फोकस गरेर देश को कुना कुना सम्म फाइव जी पुर्याएर रोजगारी दिन सकिन्छ। काम त अहिले नै उपलब्ध छ। गर्न सक्ने क्षमता को विकास गर्नु पर्यो। गर्ने शिक्षा ले हो। 

८०% का लागि तरकारी खेती। मधेस को प्रत्येक खेत सम्म १२ महिना सिंचाइ पुर्याउनु पर्छ। ताकि प्रत्येक खेत मा तरकारी खेती गर्न सकियोस। महिना को १०,००० पाउने काम जसले पनि पाउँछ। 



No comments: