Wednesday, May 18, 2022

May 18: News


It's a bus. It's a plane. It's Uber. Uber is hitting the gas on new features as it works to transform into a “super app” for travel. The ride-hailing giant recently unveiled nearly a dozen new features including Uber Charter and Uber Travel, which will allow U.S. and Canadian customers to book party buses and schedule rides throughout an entire vacation. Uber is also expanding Uber Eats to enable voice ordering and potentially autonomous delivery. For some, it's an exciting change, while others say they still just hope "their cars show up without a hitch."

बालेन शाहलाई १५ हजारभन्दा बढी मत अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

काठमाडौंका ८ वटै वडामा बालेन अगाडि
मधेस : कडा सुरक्षाबीच यी दुई वडामा आज हुँदैछ चुनाव बाराको पचरौता नगरपालिकाका दुई वटा वडाका चार वटा मतदान केन्द्रमा बुधबार कडा सुरक्षाबीच पुन: मतदान हुंदैछ । वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि एउटै नगरपालिकाका ती मतदान केन्द्रको मतदान रद्द गरिएको थियो । ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो ।

कांग्रेस नेता निधीको वडामा लोसपा र एमाले नेता महासेठको वडामा माओवादी विजयी
ओलीको टिप्पणीः माओवादी जुकाजस्तो, कहिले कांग्रेसको रगत चुस्छ कहिले एमालेको
जनकपुरधामको मतगणनामा धाँधली भएको आरोप मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको ध्यान केन्द्रित रहेपनि मत परिणाम भने एकदमै ढिलो आई रहेको छ । यसका साथै मतगणनामा धाँधली हुँदै आईरहेको आरोप समेत लागि रहेको छ । जनकपुरधाम उपमहानगरको स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दिएका उमेश चौधरीले यही गतिमा मतगणना गरियो भने २० दिनमा पनि गणना नसकिने गुनासो गरे । उनले एक दिनमा पनि एउटा पनि वडाको गणना नहुनुले शंका उपशंका समेत उत्पन्न भईरहेको उनले बताए । ...... यसका साथै चौधरी सामाजिक संजालमै मतगणना शंकास्पद रहेको आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगर वडा नम्बर ४मा उनलाई शुरुमा शुन्य मत देखाईएको थियो । जबकि उनी आफै वडा ४का वासी हुन् । पछि चौधरीले आपत्ति जनाएपछि वडा ४बाट उनलाई ७४ मत परेको जनाइएको थियो । यता नेकपा एमालेले जनकपुरधाममा चलिरहेको मतगणमा धाँधली भईरहेको आरोप लगाएको छ । मतगणना स्थलमा धाँधली भईरहेको र आफ्ना उम्मेदवारलाई जिताउन मतपेटिका परिवर्तन गर्न सक्ने सम्भावना समेत रहेकाले सबैलाई सचेत रह्न एमाले श्रोतले आग्रह गरेको छ ।

जनताको मन जितेका बालेन

अहिले देशभरको आँखा काठमाडौं महानगरपालिकामा छ ।

..... धिमा गतिमा मतगणना भइरहेको यस महानगरको निर्वाचन परिणाममा जनचासो भने तीव्र छ । ...... काठमाडौं महानगरमा देशभरको आँखा जानुको मुख्य कारण बालेन शाहको उमेदवारी हो । उनको स्वतन्त्र उमेदवारी अर्को कारण हो । ....... दलहरूको हालीमुहाली रहेको महानगरमा स्वतन्त्र उमेदवारलाई मतदाताले कसरी हेर्छन् भन्नेमा पूरै देश उत्सुक छ । ........ जब बालेन शाहले काठमाडौं महानगरपालिकाको प्रमुखमा आफूले उमेदवारी दिने घोषणा गरे त्यही बेलादेखि उनी को हुन् र यो आँट किन गर्दैछन् भन्ने कुराले धेरैको ध्यान खिचेको थियो । कारण बलियो दलगत संगठन लिएर बसेका दलहरूलाई चुनौती दिन त्यति सहज छैन । त्यो पनि राजधानी सहरमा जहाँ रैथाने नेवार समुदायको मुख्य बसोवास छ । जातीय र क्षेत्रीय राजनीतिको ‘गन्ध’ पसेपछि दलहरूले उमेदवार छनोट गर्दा जात र भुगोल सुहाउँदो व्यक्ति छान्दै आएका छन् । ताकि चुनौती कम होस् । सहजै जितको झन्डा फहराउन पाइयोस् । ......... बालेन सिभिल इन्जिनियरिङको पृष्ठभूमिबाट आएका हुन् । त्यसभन्दा पनि उनलाई ‘र्‍यापर’का रूपमा चिन्नेहरू धेरै छन् । तर, बालेन त्यस्ता र्‍यापर पनि होइनन् जसलाई देश दुनियाले चिनेको होस् । भिटेन, लाहुरे, यमबुद्धजस्ता नेपाली युवा पुस्ताले चिन्ने छवि बनाइसकेका र्‍यापर होइनन् बालेन । र्‍याप संगीतमा रमाउने र यसलाई खोजीखोजी सुन्नेहरूमाझ मात्रै परिचित थिए बालेन । संगीतकै अन्य विधामा मात्रै रमाउनेहरूले पनि सायद उनलाई चिनेका थिएनन् । ........ बालेन आफ्ना कुरा राख्दै गए । सञ्चारमाध्यमले उनलाई प्रसस्तै कभरेज दिँदै गए । मिडियामा सधैँ उनले रटान लगाइरहे – मेयर पद राजनीतिक पद होइन । यो त व्यवस्थापकीय क्षमता प्रदर्शन गर्ने ठाउँ हो । जहाँ राजनीतिक तिकडम र छलछाम गर्ने व्यक्ति होइन, विकासको मोडलहरूबारे खुद ज्ञान र सीप भएको व्यक्ति हुनुपर्छ । जो आवश्यकता परे स्वयं फित्ता बोकेर सडक र पुल नाप्न फिल्डमा निस्कियोस् । ........ संघीय गणतान्त्रिक नेपालमा पहिलोपटक झन्डै पौने लाख मतदाताको रोजाइमा परेका मेयर विद्यासुन्दर शाक्यले अपेक्षित काम नगरेपछि आजित भएका काठमाडौंवासीले उनका कुरामा कान ठाडा बनाए । हरेक अन्तर्वार्तामा विकासका कुरा गर्ने इन्जिनियर बालेनका कुरा सुन्न थाले । उनलाई सुन्नेहरूको संख्या बढ्दै गयो । सामाजिक सञ्जालमा उनलाई लाइक र कमेन्टहरूको संख्या बढ्दै गयो । .......... धेरै कलाकार उनको पक्षमा उभिए । सामाजिक संजालमा उनलाई समर्थन गर्ने ठूलो समूह देखियो । ‘सेलिब्रिटी’हरूले भोट माग्न थाले । यो क्रम बाक्लिँदै गयो । ........ विपक्षी दलका उमेदवारहरू चर्को आलोचना गर्दै उनलाई गालीगलौजमा व्यस्त भए । जातीयदेखि क्षेत्रीयतासम्मको गाली गरे । तर, उनले त्यसलाई हाँसीहाँसी जवाफ दिए । उनलाई सत्तोसराप गर्ने प्रतिस्पर्धी उमेदवारलाई बालेन बाबुको संज्ञा दिइरहेका थिए । उनको गालीलाई आशीर्वचन भन्दै ग्रहण गरिरहेको बताइरहे । छोराछोरी बिग्रिएलान् भनेर बाबुआमाले सचेत गराएझैं आफूले गालीलाई पनि आशीर्वचनका रूपमा लिएको बताइरहे । लाग्थ्यो, बालेनमा न रिस छ न क्रोध । उनी त शान्त तलाउ हुन् । तलाउमा किनारामा आउनेले ढुङ्गा हान्छ, जान्छ । त्यसमा तलाउले कुनै प्रतिक्रिया जनाउँदैन । ......... उनका समर्थक तथा शुभेच्छुकले भने– विद्यासुन्दर पाँच वर्ष सुतेर बस्दा एमालेले के गर्यो ? जनताप्रति एमाले कसरी जवाफदेही भयो ? उनले काम नगर्दा एमालेलाई विश्वास गरेका मतदाताले के पाए ? त्यसको भरपाई एमालेबाट कसरी लिए ? ........ करिब दुई लाखको हाराहारी मतदान भएकाले अहिलेको नतिजाले उनको जितको चित्र कोर्दैन । तर, उनले सुरुआती क्षणदेखि निरन्तर अग्रता कायम गरिरहेका छन्् । ......... बालेनले प्राविधिकरूपमा चुनाव जित्छन् वा जित्दैनन् त्यो अबको केही दिनमा थाहा हुनेछ । तर, उनले मन जितिसके । ........

बालेनप्रतिको आकर्षण उनीप्रतिको भरोसाभन्दा पनि धेरै राजनीतिक दलहरूप्रतिको वितृष्णा हो । दलहरूले जनताप्रति देखाएको गैरजिम्मेवारपनको नतिजा हो । दलहरूले जनताको विश्वास गुमाइसकेको स्पष्ट संकेत हो ।

........ अहिले अग्रता लिइरहेका बालेन काठमाडौंको नेवार समुदायको बाहुल्य रहेका क्षेत्रको मतगणना हुँदा पछि पर्ने पो हुन् कि भन्ने धेरैमा चिन्ता देखिएको छ ।

उनका पक्षमा खसेका भोट वास्तवमा राजनीतिक दलप्रति जनताको बढ्दो अविश्वास हो ।

......... उनले निर्वाचन जितुन् वा हारुन् बालेनले जनताको मन जितिसके । ........ जिते भने यो जित काठमाडौं र स्थानीय तहमा मात्रै सीमित रहने छैन । यसको तरङ्ग आउने संघीय निर्वाचनमा पर्नेछ । संघको निर्वाचनमा स्वतन्त्रबाट ठूलो संख्यामा उमेदवारी पर्नेछ । राजनीतिक दलप्रति जनताको चर्को असन्तुष्टि चालपाएर त्यसको तीतो पोख्ने ठाउँको खोजीमा मतदाता रहेको सुइँको पाएपछि स्वतन्त्रमा उमेदवारी दिनेको संख्या बढ्नेछ । राजनीतिप्रति साइनो सम्बन्ध नभएका बालेनजस्ता पात्रमात्रै होइन समाजसेवी तथा फरकफरक पेसा व्यवसायबाट उमेदवारी पर्नेछ । ......... टिकटका आकांक्षी जो जिल्लामा बसेर जनताका बीचमा रहेर काम गरेका छन् र, जनताको विश्वास आफूमा छ भन्ने पूर्ण आत्मविश्वास छ तिनलाई नदिएर पार्टीले अर्कैलाई टिकट दिए उनीहरूले विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिनेछन् । यसको लहर नै चल्नेछ । ......... जनताले ‘नो भोट’को माग गरिरहेका छन् । भलै निर्वाचन आयोगले अहिलेसम्म यसको व्यवस्था गरिसकेको छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसपटकलाई ‘नो भोट’ सिस्टमको व्यवस्था गर्न सकिएन, अर्कोपटक गर्छौं भनेका छन् । ....... ‘नो भोट’को व्यवस्था हुने हो भने राजनीतिलाई पेसा बनाएर कमाइ खाने भाँडो बनाएका दलप्रति जनाताको असन्तुष्टिको पारो कति माथि चढिसकेको छ भन्ने प्रष्ट देखिन्छ । ....... दलहरूको चिसो विगत हेरेर थुप्रै ‘बालेन’हरू स्वतन्त्र रूपमा आउनेछन् । र, छलछामको राजनीतिबाट वाक्क भएका नागरिकले स्वतन्त्र उमेदवारलाई भोट दिएर दलप्रतिको तीतो पोखिरहनेछन् ।


No comments: