Pages

Monday, May 09, 2022

बालेन शाह को दशक पुरानो रैप बैटल (Rap Battle)

रैप बैटल (Rap Battle) कला हो। अमिताभ बच्चन अथवा अजय देवगन ले पर्दा मा ढिशुम ढिशुम गरेको कसैलाई पिटेको हुँदै होइन। त्यो चलचित्र हो। त्यो कला हो। एउटा छ अमेरिका मा खुब चलेको कुस्ती भन्छ तर कुस्ती होइन। हिर्काए जस्तो गर्छ वास्तवमा हिर्काएको हुँदैन। 

सिलसिला चलचित्र मा देखाइएको छ अमिताभ को पत्नी जया तर प्रेमिका रेखा। त्यो कला हो। तर अमिताभ लाई दशकौं पछ्याइरह्यो। अमिताभ ले होइन भनेर हुन्छ मैले आफ्नै आँखा ले देखेको भन्ने सोच्ने हरु अनगिनती। हाम्रै विजय कुमार ले म १०  पढ्दा अमिताभ काठमाण्डु आएको बेला सोध्न भ्याएको। रेखा सँग लसपस के हो त्यो? आप भी मेरे दोस्त हैं, रेखा भी भनेका जवाब मा। 

रैप बैटल (Rap Battle) कला हो। बालेन शाह सँग रैप बैटल (Rap Battle) गरेको काठमाण्डु को प्रत्येक पात्र सँग बालेन को सधैँ सुमधुर सम्बन्ध रहिआएको छ। अमिताभ र अमजद खान अथवा अमरीश पुरी अथवा प्राण को कहिले कुनै दुश्मनी मनमुटाब रहेन। डेन्नी डेंगजोंग्पा त अमिताभ को असाध्य मिल्ने साथी। खुदागवाह मा हेर्नुस। खुन खराबा। ढिशुम ढिशुम। लहु लहुवान। 





अफ़ग़ानिस्तान मा घोड़ा कुदाएको मान्छे भक्तपुर आइपुगेको हुन्छ। थाहा हुने लाई भक्तपुर। थाहा नहुने लाई त कला हो। 

एक पटक एक जना पत्रकार ले जया बच्चन लाई साँच्चै सोधेको। फिल्म मा त मारपीट गरेको देखिन्छ। तपाईं ले चिनेको अमिताभ बच्चन कस्तो मान्छे हो? जया ले भनिन अत्यंत जेंटल। यार त्यो मारपीट कलाकारिता हो। 

हिजो मैले युट्युब मा हेरिराखेको थिएँ एउटा अन्तरवार्ता। पॉडकास्ट संचालक बालेन शाह को फैन। तपाईं बाहेक अरु उम्मेदवार हरु को त सुन्न पनि मन लाग्दैन भन्छ। तैपनि सोधेको छ, "आठ वर्ष अगाडि त्यस्तो छाड़ा बोल्ने मान्छे अहिले गलती महसुस गरेर सुधरिनु भो कि?" 

अरे बाबा। बालेन शाह १० वर्ष अगाडि पनि उही हो, अहिले पनि उही हो। रैप बैटल (Rap Battle) कला हो।

जया ले एक पटक भनिन, "कोइ अभिमान नहीं है!" अर्थात सिलसिला पनि यथार्थ होइन, अभिमान पनि यथार्थ होइन। 





 


No comments: