Thursday, May 26, 2022

News: May 26

हर्क र बालेनहरूको विजय दलपतिहरूको सिण्डिकेटविरुद्ध जनविद्रोह हो- राजकिशोर यादव
ओलीको आरोप- चुनाव शान्तिपूर्ण भएन, यस्तो पञ्चायतमा पनि हुँदैनथ्यो उनले प्रतिपक्षलाई सिध्याउने घोषित उद्देश्यका साथ लोकतन्त्रको धज्जी उडाउने गरी निर्वाचनमा राज्यसंयन्त्र दुरुपयोग गरिएको बताए । ...... ‘मैले शान्तिपूर्ण भयो होला भन्ने ठानेको थिएँ । दुर्गम र दुरदराजको रिपोर्ट आएको थिएन । तर, पछि रिपोर्टहरू आएपछि थाहा भयो । कति ठाउँमा बुथ कब्जा भए । कति ठाउँमा बम पड्काइए । कति ठाउँमा चुनाव स्थगित भए,’ ओलीले भने ।

जनकपुर विमानस्थल पुगेर निधीलाई स्वागत गरे बागी मेयर मनोज साह
“युवराज दीपेन्द्र र बुढानिलकण्ठ स्कूल”
ओली-यादव भेटघाट : सत्ता गठबन्धन फुटाउने एमाले दाउ ‘चाँडै नै सहकार्यको खाका बन्नेछ, त्यहीअनुसार दुई पार्टी अघि बढ्नेछन् । सम्भवतः जसपाले यही बजेटकै क्रममा पनि विपक्षमा मत दिन सक्नेछ । ऊ सरकारबाट बाहिरिन पनि सक्नेछ,’ ओलीनिकट एक नेताले भने । ती नेताका अनुसार दुई अध्यक्षबीच स्थानीय तहको निर्वाचन र त्यसको परिणाम तथा धोकाधडीबारे छलफल भएको थियो । जसपाले विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु र आफ्नो पार्टीका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई गम्भीर रूपमा लिएको छ । अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्रका छोरा हुन् । ....... जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई कांग्रेसबाट खुलमखुला धोका भएको बताए । ‘कांग्रेसले कारबाही गरेका व्यक्ति विजय जुलुसमा सहभागी भएका छन् । धेरै ठाउँमा धोका भएको छ । लुकीछिपी धोका भएको होइन। कांग्रेसमा अनुशासनको अभाव देखियो,’ उनले भने । ...... वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा लागेको छ ।

No comments: