Thursday, July 29, 2021

महंथ राजेंद्र का लागि सही रणनीति: पार्टी भित्र बसेर संघर्ष गर्ने

अर्को पार्टी दर्ता गर्यो कि सांसद पद जान्छ। त्यस्तो रणछोड़ काम गर्नुहुँदैन। चुनाव मा जिताएको जनता ले हो, उपेंद्र यादव ले होइन। आफ्नो सांसद पद कायम राख्नुपर्छ। 

कुनै पनि पार्टी भित्र बहुमत पनि आधिकारिक हो, अल्पमत पनि आधिकारिक हो। आंदोलनकारी शक्ति कदम कदम मा सर्वसम्मत निर्णय गर्नुपर्छ। गर्न नसके बहुमत को निर्णय, अल्पमत को सम्मान हो। 

पुर्ण केंद्रीय समिति को बैठक को माग गर्नुपर्छ। त्यो पो आधिकारिक हो। 

उपेंद्र यादव ओली पथ मा हिडेका छन। ओली ले पार्टी भित्र का समिति हरु पुनर्गठन गरे आफूखुशी। अहिले उपेंद्र यादव ले त्यही गरेका छन। त्यसो गर्न पाइँदैन। 

यस संसद मा संविधान संसोधन को झिनो आशा छ। त्यो बाँकी रहिरहेसम्म पार्टी भित्र बसेर नै संघर्ष गर्नुपर्छ। 

मुख्य कुरा पार्टी महाधिवेशन हो। त्यस पछि को आधिकारिक भनेको केंद्रीय समिति हो। त्यहाँ त पुर्व राजपा अहिले पनि ५०% नै हो। पार्टी अध्यक्ष भनेको पार्टी महाधिवेशन माथि होइन, केंद्रीय समिति माथि होइन। 

केंद्रीय कार्यकारिणी समिति पुनर्गठन गर्न पाइँदैन। त्यसका विरुद्ध पार्टी भित्र संघर्ष गर्नुपर्छ। 

प्रचंड र देउबा लाई वामपंथी लोकतंत्रवादी लागेको छैन। जसपा भित्र त्यस्तो नौटंकी सुहाउँदैन। 

संसद पद कायम छ। केंद्रीय समिति कायम छ। पार्टी भित्र बसेर संघर्ष गर्नुपर्छ। 

दुबै पक्ष लाई एक अर्का को खाँचो छ। माधव ले अब देउबा लाई भोट दिन मिल्दैन। ओली ले अब त डंडा बरसाउँछन। देउबा ले महंथ र राजेंद्र पक्ष लाई पनि नमिलाये पंगु सरकार हो यो। कदम कदम मा अल्पमत। महंथ राजेंद्र पक्ष ले भन्ने गरेको सत्ता मा रहेको सँग हो कुरा गर्ने। भने पछि अब कुरा गर्ने देउबा र उपेंद्र सँग। न्युनतम कार्यक्रम बन्न बाँकी छ। त्यसमा सहभागी हुनुपर्छ। 

नेपाली कांग्रेस एक पार्टी तीन गुट हो। अहिले त एक पार्टी एक दर्जन गुट भइसक्यो। एमाले एक पार्टी दुई गुट हो। माओवादी कांग्रेस जस्तै हो। पार्टी भित्र बाहिर सबैलाई हेर्दा। जसपा एक पार्टी दुई गुट हुनु राम्रो त होइन तर समस्या होइन। पार्टी एक राख्नुपर्छ। गुट चलाएर बसे भो। 








जसपाले चार महिने संगठन सुदृढीकरण र जनजागरण अभियान चलाउने



No comments: