Thursday, July 15, 2021

उपेन्द्र यादव सामु ठिंगरिंग उभिएका प्रश्न हरु

पहिलो प्रश्न त हो संसद पुनर्स्थापना भएर ओली सत्ताच्युत भए सँगै प्रतिगमन सच्चियो कि सच्चियेन? सच्चियो भने त अब को यथार्थ यो हो कि समय कम छ। एक पटक विश्वास मत पाए पछि कांग्रेस नै दुई फ्याक भए पनि देउबा १७ महिना का लागि ढुक्क। दुई वर्ष अविश्वास को प्रस्ताव दर्ता गर्न पाइएन। त्यस पछि उपेंद्र यादव को पुछारथ बंद हुन्छ। लुरुलुरु देउबा र प्रचंड ले भने जस्तो गरे सम्म को पुछारथ मात्र बाँकी रहन्छ। ओली ले गरेको भन्दा भयानक अपमान हुनेवाला छ। 

हुन त संवैधानिक निकाय का असंवैधानिक नियुक्ति हरु पनि अदालत ले बदर गर्न बाँकी छ। तर त्यो अदालत को काम अदालत ले गर्ला। 


ठीक छ महामारी छ। ठीक छ लोकतंत्र माथि खतरा थियो। ठीक छ बाढ़ी पहिरो गएको छ। तर राष्ट्रिय सरकार र उच्च स्तरको राजनीतिक संयत्र एक दलीय कम्युनिस्ट सोंच भन्दा बढ़ी केही होइन र अत्यंत घातक हो। विपक्ष बिना को संसदीय लोकतंत्र हुँदैन। एक ढिक्का एमाले देउबा लाई सुम्पिने सामर्थ्य माधव सँग छैन। उच्च स्तरको राजनीतिक संयत्र भनेको माओवादी सोंच हो। प्रधान मंत्री देउबा भन्दा माथि प्रचंड हुने। त्यस्तो कुनै व्यवस्था संविधान ले गरेको छैन। ओली सरकार जस्तै देउबा सरकार पनि लथालिंग पार्छ प्रचंड ले। हिन्ट दिन थालिसक्यो। 


अब त उपेंद्र ले आफ्नो दल को स्वार्थ हेर्ने हो। मधेस आंदोलन को मुद्दा हेर्ने हो। सरकार मा सहभागिता भन्दा पार्टी एकता ठुलो कुरा हो। एमाले भित्र दोस्रो पुस्ता ले कु गरेर ओली लाई तुरुन्त संसदीय दल को नेता पद बाट हटाएर त्यसमा उपनेता सुबाष नेमबांग लाई स्थापित गरेर जसपा सँग मिलेर सरकार बनाउनु एमाले र जसपा को हक मा छ। देउबा लाई महाधिवेशन मा हराउने अर्को तरिका के? 


देउबा सरकार मा दुई तीन जना मंत्री बनने कि नेमबांग सरकार मा ११ जना? प्रश्न त्यो हो। संविधान संसोधन को त देउबा ले कुरा पनि गरेको छैन। हुन त उपेंद्र ले पनि आफ्नो लागि परराष्ट्र मंत्रालय बाहेक अर्को कुनै कुरा उठाएको देखिँदैन। 






सिंहदरबारमा सत्तापक्षीय गठबन्धनको बैठक जारी
देउवा सरकारमा यसरी हुँदैछ मन्त्रालयको भागबण्डा माधव नेपालका लागि कोटा छुट्याउन काँग्रेस र माओवादी तयार ...... नेपाल र यादव समूहको पर्खाइमा विपक्षी गठबन्धनको शीर्ष तहमा मन्त्रालयको भागबण्डा पनि हुन सकेको छैन । यद्यपि नेपाल समूह एमालेमै रहने परिस्थितिमा काँग्रेसले ५० प्रतिशत मन्त्रालय आफूसँगै राख्ने रणनीति बनाएको छ । ...... माओवादी केन्द्रलाई ३० प्रतिशत र जसपाको यादव पक्षलाई २० प्रतिशत मन्त्रालय दिने प्रधानमन्त्री देउवाले तयारी गरेको ...... यद्यपि जसपामा यादव पक्षले ठाकुर पक्षका सांसद तान्न सकेको खण्डमा काँग्रेसले केही मन्त्रालय दिन उदारता देखाउने ........ माधव पक्षले विश्वासको मत दिएर एमालेबाट बाहिरिने जोखिम उठाए काँग्रेस आफू तीन/चारवटा मन्त्रालयमा पनि सीमित भएर नेपाल पक्षलाई पर्याप्त मन्त्रालय दिन तयार देखिएको छ । ........ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि माधव नेपाल पक्षका लागि छाड्न तयार रहेको बताउँदै आएको छ । ........ माधवकुमार नेपालले केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताउँदै अब आगामी चुनावसम्म एमालेसहितको राष्ट्रिय एकताको सरकार बनाउनुपर्ने बताएका छन् । 

काँग्रेसका 'छाया मन्त्री' साँच्चैको मन्त्री बन्न दौडधूप  डा. नारायण खड्का छाया परराष्ट्र मन्त्री थिए । त्यसै गरी डिला सङ्ग्रौला श्रम, राजेन्द्र केसी वन, बहादुरसिंह लामा सञ्चार, उमा रेग्मी महिला, सञ्जय गौतम भौतिक पूर्वाधार,  उमाकान्त चौधरी सहरी विकास, देवेन्द्रराज कँडेल पर्यटन र भीमसेनदास प्रधानले रक्षा मन्त्रालयको छाया जिम्मेवारी सम्हालेका थिए । त्यस्तै दिलेन्द्रप्रसाद बडू छाया गृहमन्त्री थिए भने डा मिनेन्द्र रिजाल छाया अर्थमन्त्री थिए । ...... देउवाले छाया मन्त्रालयका आधारमा मन्त्रीहरु नियुक्त नगरिने सङ्केत दिइसकेका छन् ........ डा. मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा,  दिलेन्द्र बडू, देवेन्द्र कँडेल, डिला सङ्ग्रौला, तेजुलाल चौधरी, बहादुरसिंह लामा, मोहनप्रसाद पाण्डे, राजेन्द्र केसी, सञ्जय गौतम, उमा  रेग्मी, तारादेवी भट्ट उमाकान्त चौधरी, किशोर सिंह, भीमसेन दास प्रधान, जितेन्द्र देवलगायत मन्त्रीको लबिङमा छन् । ....... सिटौला टिमबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने पक्का छ ....... यसपटक कोटाबाट मन्त्री बन्ने मुडमा गगन थापा छैनन् । प्रधानमन्त्री देउवाले आफूसँग सहयोग नमागेको परिस्थितिमा उनी सरकारमा जाने पक्षमा छैनन्  ...... माओवादी र जसपालाई मात्रै लिएर सरकार बनाउँदा काँग्रेसले ५० प्रतिशत अर्थात् १२ जनासम्म मन्त्री पाउन सक्छ । ........ माधव नेपाल पक्ष पनि सरकारमा आयो भने काँग्रेसको भागमा ५÷७ वटा मात्रै मन्त्रालय पर्ने देखिन्छ । त्यसमध्ये प्रधानमन्त्रीसहित काँग्रेसले ती नजना पाइसकेको छ । ........ असार २६ गते देउवा जिताउने रणनीति बनाउन वीरबहादुर बलायरले आयोजना गरेका कार्यक्रममा पनि खाँण खुलेर देउवाको पक्षमा उभिए । .......... ‘चुनावी वर्ष लाग्यो । विश्वासको मत पाए पनि वर्ष दिनभित्रै निर्वाचन (स्थानीय तह) हुन्छ । विश्वासको मत नपाए ६ महिनाभित्र निर्वाचन हुन्छ । 

ओली समूहका सांसद मन्त्री माग्दै बूढानीलकण्ठमा !  एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ । ........... ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’ ......... ‘अहिले नाम उल्लेख नगरौं, तर उनी सुदूरपश्चिमका एमाले सांसद हुन् । पछिल्लोपटक केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा हटाएपछि उनी ओलीसँग रिसाएका रहेछन् ।’ ......... उनले आफूसँग ८÷९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने ....... त्यसअघि सर्वोच्च अदालतको फैसला नै नआइकन पनि उनले बूढानीलकण्ठमा पुगेर देउवालाई संसद पुनःस्थापनापछि फ्लोर क्रस गर्ने वचन दिएका थिए ।

माधव नेपाल भन्छन्– ओलीले एकताको ढोका बन्द गर्नुभयो, अब राष्ट्रिय सरकार बनाउनुपर्छ  अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने ....... आगामी चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्न आवश्यक रहेको ........ ‘कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ । यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ ।’ ....... ‘चुनावपछि आ–आफ्नो तरिकाले अघि बढौँला, तर चुनावअघि सबैले मिलेर यो संसदलाई जोगाउनुपर्छ । चुनौतिहरुको सामना गर्नुपर्छ ।’ ........ ‘मैले हाम्रो पार्टीमा १० बुँदे समझदारी भएको छ, पार्टी एकताको प्रयास भइरहेको छ, यो परिस्थितिलाई तपाईहरुले बुझिदिनुपर्छ भन्दा कसरी गठबन्धनबाट बाहिरिएको हुन्छ ?’ ......... नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए । नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।




No comments: