Tuesday, July 13, 2021

कति दिन?





प्रधानमन्त्री बनेकै दिन राष्ट्रपतिसँग देउवाको ‘टसल’



राजेन्द्र महतो ठूलो मारमा जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ । अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री हुन्छु ।’ ........ महतोले सोधे, ‘त्यो परिस्थिति भनेको के हो ?’ ओलीले भने, ‘एमालेलाई म मिलाउँछु । माधव नेपाल यति कमजोर हुन्छन् कि, उनीसँग धेरै मान्छे रहँदैनन् । त्यसबेला बाध्यताबस माधवले ह्वीप मान्छन् वा चूप लाग्छन् । त्यसकारण सरकार बनाउन सहजता हुन्छ ।’ ....... महतोहरुले राजपालाई व्युँताउनका लागि गरेको प्रयास विफल भएकोबारे ओलीसँग सोधे । भने, ‘निर्वाचन आयोगले हामीलाई सहयोग गर्छ । तर, एक्सपोज भएर सहयोग गर्न उनीहरुलाई पनि गाह्रो छ नि †’ आफू प्रधानमन्त्री रहिरहे जसपाको विवादमा पनि हरसम्भव निर्वाचन आयोगको सहयोग गराउने बचन दिएका थिए । र, यिनै कुराले ओलीप्रति महतोहरु विश्वस्त थिए, जुन विश्वास सोमबार दिउँसो चकनाचुर हुन पुगेको छ । ...... चुनावमा समेत गठबन्धन बनाएर सँगै जाने सल्लाह थियो ।

जसपा सरकारमा किन भएन सहभागी ? जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । ....... सरकारमा सहभागी हुनुअघि जसपाले पाउने मन्त्रालय र मन्त्रीको संख्या सम्बन्धमा समेत छलफल गर्न बाँकी रहेको स्रोतको दाबी छ । ‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छौं तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छौं । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’ ......... जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले बताए । बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकतम भूमिका खेल्ने निर्णय गरेको छ ।



बालुवाटार छाड्दै ओली, युथफोर्सले ५ हजार सवारीले 'स्कर्टिङ' गरेर बालकोट पुर्‍याउने २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्कर्टिङ गर्ने उनको भनाइ छ। कौशलटारदेखि बालकोटसम्म ओलीको स्वागत गर्ने कार्यक्रम रहेको उनले जनाए।

जसपा उपेन्द्र–बाबुराम पक्षको बैठक बस्दै जसपा अध्यक्ष उपेन्द्रको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

ओलीका तीन वर्ष: न लगानी वातावरण न आर्थिक विकास
आफ्नै प्रतिपक्ष नेपाली कांग्रेस बी.पी. कोइराला र सूवर्ण शमशेर राणाको पहलमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता कायम भयो। ........ १२ फागुन, २००६, २७ मार्च १९५० मा

दुई संस्थाका सभापतिहरू मातृकाप्रसाद कोइराला र महेन्द्र विक्रम विक्रम शाहले

संयुक्त प्रेश विज्ञप्ति जारी गरी दुबै संस्थाको एकीकरण गरेर मजवुत पार्टी निर्माणको आवश्यकता महशुस गरे पश्चात कांग्रेसको उदय शक्तिको रुपमा भयो। ........ २००५ साउन १ गते कलकत्ता स्कुल स्ट्रिटमा गरिएको भेला अनुसार २००५ पौष १७ गते महेन्द्रविक्रम शाहको अध्यक्षतामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना समेत भएको ईतिहास छ। ......... सभापतिमा मातृका प्रसाद कोईराला, महामन्त्रीमा महेन्द्रविक्रम शाह र कोषाध्यक्षमा शुवर्ण शम्सेर राणा चयन भए। बी.पी. कोईराला, गणेशमान सिहं, सूर्य प्रसाद उपाध्याय, रुद्रप्रसाद गिरी, राजेश्वरीप्रसाद उपाध्याय, कुँवर कल्लुसिंह सदस्य भए। कृष्णप्रसाद भट्टराई सहायक महामन्त्रीमा चयन भएका थिए। मुख पत्र 'नेपाल पुकार' र झण्डा चारतारे चुनियो। .......... २००७ साल पछि २०१५ सालसम्म निर्वाचन हुन नसक्नु को एउटा कारण पार्टीको आन्तरिक मतभेद सहायक बन्यो। मातृकाप्रसाद र सुवर्ण शमशेरबीचको मतभेदले पनि केही हद सम्म काम गरेको जनकारहरुको विश्लेषन रह्यो। ...........

३० वर्षे पंचायती ब्यवस्थाविरुद्ध सफल जनआन्दोलनपछि मातृका र शुवर्ण शमसेरबीचको जस्तै समस्या, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोईरालामा पनि देखा पर्न थाल्यो।

......... सफल अन्तरिम प्रधानमन्त्री सन्त छविका भट्टराई लाई र लौहपुरुष गणेशमानलाई निस्तेज पार्दै गिरिजाबाबुको युग आरम्भ भयो। ......... नातावाद कृपावादविरुद्ध खडा भएका छत्तीसे कांग्रेसको नेतृत्व भट्टराईजी, जगन्नाथ आचार्य, चिरञ्जीवी वाग्ले हुँदै शेरबहादुर देउवासम्म आईपुग्यो, ३६/७४ , गिरिजा बाबू /कृष्णप्रसाद भट्टराई , सुशील कोईराला/शेर बहादुर, रामचन्द्र/शेरबहादुर, संस्थापन/प्रजातान्त्रिकको मारमा कांग्रेस फसिरह्यो, पार्टी फुटेर जुट्दा पनि नेताहरु जुट्न सकेनन् । ......... बहुलवादमा आधारित संघीय गणतान्त्रिक संविधान जारी भयो तर आधा जसो भाग मा यो संविधान पनि स्वीकार्य भएन, तराईबासी नागरिक (मधेसी जनता)को मन् जित्न कांग्रेसले सकेन। ............ बी.पी.कोईरालाको सपना र विचार आज बी.पी. जयन्तीमा सीमित भएक छ। लौहपुरुष गणेशमान ले भनेको सार्थक भनाई 'मान्छे कम्युनिस्ट हुन सक्छ तर कम्युनिस्ट मान्छे हुन सक्दैन' लाई कहिले गहिरिएर सोचेनन्। युगपुरुषको उपाधि आफैले दिएर गिरिजाप्रसादको सधै अपमान गरे, उनले भनेका 'माले, मसाले र मण्डले एउटै हुन'को अर्थ बुझ्नै चाहेनन्। भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन। ............ आफ्नै पार्टी भित्र योग्यताको आधारमा होईन चाप्लुसि,दलाली र गुलामीको आधारमा नेतृत्वमा स्थापित गराउने खेल जारि छ। ......... यो महाधिवेशनको आधा वर्ष न नपुग्दै स्थानीय निर्वाचनको लहर शुरु हुने निश्चित प्राय छ। तर तहगत संरचनामा सधैजसो पुराना खियालागेका उर्जाहिन व्यक्तिहरुकै दावी देखिन पक्का हो। सहि व्यक्तिको छनोट सहि मतदाताले गर्न सक्छन् तर वडा, नगर र क्षेत्रीय सभापतिहरू आफू अनुकुल आसेपासे, घरपरिवार, छरछिमेक, कामदार, कारिन्दा, आफन्तहरुलाई क्रियाशील सदस्यको नाममा मतदाता बनाएर आफ्नो संगठन कब्जा नीतिमा व्यस्त छन्। .......... कथंकदाचित संगठनको चुनाव भयो भने त्यसको परिणामको बदला आउने स्थानीय निर्वाचनमा लिएर देखाउने पूर्व तयारीमा लागिरहेका छन्। योग्य सक्षम व्यक्तिहरुलाई भोलि टिकट दिन्छु भन्दै संगठनमा आउन रोक्ने प्रयास जारी छ। अनि

आम चेतनशील जनता यो तमासा हेरेर मूल्यांकन गर्दै नेपाली कांग्रेसलाई हराउन नेपाली कांग्रेस नै पर्याप्त छ भन्ने ठोकुवा गर्दै आईरहेका छन्।

............. चाईनाको एक समयको लोकतान्त्रिक पार्टी कोमिन्ताङ जस्तै, भारतको भारतीय कांग्रेस जस्तै अवस्था बेहोर्नुपर्ने हुन सक्छ।


१२ सय ५२ दिनपछि बालकोट सर्दै ओली एक महिनासम्मा राजनीतिमा तलमाथि नभएमा ओलीको बसाई अब बालकोटमा हुनेछ ।



एउटा अध्याय पूरा भयो, अब एमाले मिलाउन लाग्छु : माधव नेपाल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा आफू अब नरहने बताएका छन् । आज साँझ

कोटेश्‍वरमा बसेको गठबन्धनको बैठकमा नेपालले सरकारलाई विश्वासको मत दिने या नदिने टुंगो पनि सिंगो एमालेले गर्ने जानकारी गठबन्धनलाई दिए ।

......... उनले एउटा सहकार्यका अध्याय पूरा भएको र आगामी दिनमा आफ्नो भूमिका फरक हुने भन्दै गठबन्धनमा नरहने जानकारी दिए । ........ हाम्रो पार्टीमा देखिएको विवाद पनि मिल्ने दिशामा गएको छ । अब मेरो ध्यान पार्टी मिलाएर लैजाने हुन्छ ।’ ........ अब कार्यदलले गरेको सहमति अनुसार पार्टीलाई मिलाउनतर्फ आफू लाग्‍ने आफू निकट नेताहरूलाई जानकारी दिइसकेको पनि बैठकमा नै बताएकाे ........ सरकारमा जाने-नजाने विषय नेपालको निर्णयले मात्र नहुँने बताए । त्यो विषय भनेको एमालेले निर्णय गर्ने उनको भनाइ थियो । त्यसमा स्पष्ट हुन गठबन्धनलाई नेपालले आग्रह नै गरे । ......... गठबन्धनले भने नेपाललाई राष्ट्रपतिमा अघि बढाउने तयारी गरिरहेको छ । ........ बैठकमा दाहालले त एमालेलाई नेतृत्व दिन सक्ने व्यक्ति भनेकै नेपाल हो भन्दै ....... नेपाल स्वयं गठबन्धनमा बसेर सरकारमा जाने सम्भावना न्यून नै छ । ........... उनले देउवालाई पटक-पटक विगत सम्झाउँदै भने, ‘एकलौटी रूपमा अघि बढ्ने प्रयत्‍न नगर्नु होला । ...... बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । 'हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ


No comments: