Friday, July 30, 2021

यो संसद देखि अर्को संसद सम्म को यात्रा: बंद पोखरी र बगेको नदी

बंद पोखरी, बगेको नदी

बंद पोखरी भनेको त्यही घिसीपिटी अनुहार हरु। देउबा, प्रचंड, ओली, माधव। बुढ़ा हरु उठापटक गरिरहने। बहुदल आए पछि केही वर्ष राजनीति त्यस्तै थियो। सुर्य बहादुर थापा र लोकेन्द्र बहादुर चंद को आपसी उठापटक हेर्दै बस्नुपरेको सारा देश। त्यही नाटक अहिले मंचन भैराखेको छ। 

बगेको नदी भनेको एमाले संसदीय दल को नेता बाट ओली हट्ने अथवा हटाइने। अध्यक्ष पद पनि तेस्रो पुस्तामा पुग्ने। यता कांग्रेस को महाधिवेशन भएर देउबा ले पार्टी सभापति मा हार्ने अथवा महाधिवेशन नभएर कांग्रेस को वैधानिकता नै समाप्त भएर गगन थापा अमरेश सिंह हरुले नया पार्टी दर्ता गर्न कर लाग्ने। मोआवादी मा वर्षमान पुन, जनार्दन को उदय हुने। 

भ्रष्टाचार यति गहिरो छ सत्ताधारी पार्टी हरु को पक्षमा भकाभक निर्णय हरु आउन थालेको देखिन्छ। 

भेड़ा बाख्रा 

ओली हटना साथ फेरि एमाले र माओवादी गठबंधन बन्ने बाटो खुल्छ। त्यस अवस्थामा कांग्रेस र जसपा ले चुनाव अगाडि नै गठबंधन नबनाएको खण्डमा चुनावी हार गारंटी हुन्छ। होइन भने दुई गठबंधन बीच प्रतिस्प्रधा हुन्छ। कसले जित्छ भन्न गारहो हुन्छ। दुई नंबर प्रदेश मा दुई तिहाई, बाँकी तराईमा ५०%, र पहाड़मा २०% दिन सक्नुपर्छ कांग्रेस ले जसपा लाई। 

Paradigm Shift

त्यो भनेको जनमत पार्टी हो। विवेकशील साझा का अध्यक्ष रविन्द्र थापा ले त मैदान छोड़े। महाको प्रतिगामी मान्छे। पहाड़मा पनि जनमत नै जानुपर्छ। भ्रष्टाचार को मुद्दा लाई केजरीवाल ले जस्तो समातेर स्वीप दिन सक्ने ठाउँमा छ जपा। 

६०% सीट जसपा, १३% एमाले, १२% कांग्रेस, ८% माओ, ७% जसपा। त्यस्तो नतिजा आउन सक्छ। 

तर डॉक्टर सीके राउत मेरा राहुल गांधी हुन। उत्तर प्रदेश चुनाव मा प्रशांत किशोर को कुरा सुन्न नै मानेनन। 

आज चुनाव हुन्छ भने जपा राष्ट्रिय पार्टी बन्छ र बढीमा २० सीट लिएर काठमांडु पुग्छ। 





No comments: