Sunday, July 18, 2021

जनमत पार्टी, भ्रष्टाचार को मुद्दा र आर्थिक क्रांति

लिच्छवी र मिथिला 

सद्भावना देखि जसपा ले भन्ने गरेको नेपाल भित्र मधेसी विरोधी यति सारहो विभेद छ कि संघीयता बिना समाधान संभव छैन। त्यस्ता लाई देश तोड्न खोज्ने हरु भन्ने आरोप नै लाग्थ्यो। सीके राउत को विश्लेषण रोग औपनिवेशिक शासन हो भने त्यसको निदान संघीयता ले कसरी दिन सक्छ? ब्रिटेन बाट भारत अलग भए जस्तै मधेस अलग देश हुन कर लाग्छ, चेक र स्लोवाक दुई भए जस्तो। दुई भए मुद्रा एउटै छ। 

मेरो कथन, विभेद त्यो भन्दा पनि बढ़ी छ। यति सारहो बढ़ी छ कि मधेसी ले काठमांडु कब्ज़ा नगरेसम्म हुँदैन, लिच्छवी शासन फर्किनुपर्छ। २५० वर्ष देखि चोर उचक्का लुच्चा लफंगा असभ्य मानिस हरु को शासन चल्दै आएको छ। खुद पहाड़ का जनता लाई पनि मुक्ति दिनु छ मधेसी ले। ब्रिटिश को शासन पनि समाप्त पार्न बाँकी छ। बंगाल, मिथिला, पंजाब, काश्मीर एक बाट दुई गरेको ब्रिटिश ले। मिथिला लाई फेरि एक गर्नुपर्छ नेपाल र भारत को फ्रांस र जर्मनी ले गर्न खोजे जस्तो राजनीतिक एकीकरण गरेर, तर त्यो एउटा लॉन्ग टर्म प्रोजेक्ट हो। मैट्रिक पास गर्न बाँकी रहेको विद्यार्थी, त्यो त विद्यावारिधि हो। 

मधेसी को कांध माथि विशेष जिम्मेवारी छ। यहुदी हरु ४०० वर्ष इजिप्ट मा दास भएर बसे। भोलि गएर आफ्नो भुमि पाए पछि अरु लाई दास नबनाउ भन्ने सबक थियो त्यो। मधेसी ले समानता का लागि संघर्ष गर्नुपरेको, भोलि लिच्छवी शासन फर्के पछि नेपाल भित्र कुनै पनि अर्को समुदाय ले समानता का लागि संघर्ष गर्नु नपरोस। 

लिच्छवी शासन आज सम्म स्वर्ण युग मानिन्छ नेपाल को। दुनिया को पहिलो गणतंत्र। समृद्ध। न्याय को प्रतिभुति। भारतवर्ष का अन्य दर्जन जति देश को समकक्षी, चीन लाई आफुभन्दा बढ़ी शक्तिशाली नठानेको। अर्थात विश्व शक्ति नै थियो लिच्छवी नेपाल। फेरि बन्ने भनेको विश्व शक्ति नै हो। 

ब्रिटेन को औद्योगिक क्रांति को कारण ले उपनिवेश बन्नु परेको भारत। विज्ञानं र प्रविधि को जति सुकै विकास गरे पनि अरु लाई उपनिवेश नबनाउ भन्ने सन्देश हो त्यो। होइन भने ब्रिटेन मा २०० वर्ष मा भएको औद्योगिक क्रांति अब दुई दुई वर्ष मा हुनेवाला छ। मानवीय अस्मिता तर प्रमुख हो। 

आज को तातो मुद्दा 

सीके राउत लाई २००६ साल मा लगिदिने हो भने सीके ले लड्ने पनि राणा सँग नै हो। गणेशमान आज हुँदो हो भने तिनले लड्ने पनि भ्रष्टाचार सँग नै हो। राणा ले चुनाव हारेको होइन। पंचायत ले चुनाव हारेको होइन। राणा शासन ढलेको हो। पंचायत ढलेको हो। भ्रष्टाचार को मुद्दा लाई दरो सँग समात्ने हो भने कांग्रेस कम्युनिस्ट लाई ढ़ालन पाइन्छ। ३० वर्ष देखि चलिआएको भ्रष्ट व्यवस्था लाई ढाल्नु जरूरी छ। जनता ले चुनाव देख्ने समृद्धि नदेख्ने कारण नै भ्रष्टाचार हो। 

तर रणनीति को कुरा आउँछ। कहीं पे निगाहें कहीं पे निशाना। भ्रष्टाचार को मुद्दा केजरीवाल ले जस्तो दरो सँग समाएर देश स्वीप गर्ने, तर प्रमुख रूपले रोजगारी सिर्जना मा डेलिवर गर्ने पाँच वर्ष। शिक्षा स्वास्थ्य मा क्रांतिकारी काम गर्ने। प्रत्येक गाउँमा मेस सञ्चालन गरेर भोक समाप्त पार्ने (जनमत पार्टी को मेरो नंबर एक प्रिय आईडिया)।

चीन ले २०% आर्थिक वृध्दि दर आज दिन सक्दैन। नेपाल ले सक्छ। बिहार ले सक्छ। भारत ले सक्छ। 




No comments: