Tuesday, July 13, 2021

गौरिका: नेपाल को पहिलो ओलम्पिक पदक?

टोकियो ओलम्पिकमा गौरिकाले नेपाली झण्डा बोक्ने  पाँच खेलाडी र चार प्रशिक्षकसँगै टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने। .....  प्रतियोगिताको उद्घाटन समारोहमा हुने मार्च पासमा पौडीकी कीर्तिमानी खेलाडी गौरिका सिंहले नेपालको झण्डा बोक्नेछिन् ।



 

युवासंघले ब्युतायो ‘युथ फोर्स’ पुन सरकार बनाउने बस्नेतको दाबी महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । ..... उनले भने, ‘बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन हुनेछ । हजारौं समर्थकले स्वागत गर्नेछन् ।’ ..... बस्नेतले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।

स्र्वोच्च अदालत उपर प्रधानमन्त्री ओलीको गम्भिर आशंका भने, ‘संस्थाप्रतिको विश्वास रहेन’
देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त, पाँच पटक प्रधानमन्त्री हुने पहिलो नेता यसअघि काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र राप्रपाका नेता लोकेन्द्र बहादुर चन्द चार/चार पटक प्रधानमन्त्री बनेका थिए ।

उपेन्द्र आफै सरकारमा नजाने, महेन्द्र, मृगेन्द्र वा राजेन्द्रको नेतृत्वमा सरकारमा नयां बन्ने सरकारमा यो पक्षलाई ५ वा ६ ओटा मन्त्रालय दिने गरि यस अघि नै डिल भइसकेको छ । अध्यक्ष उपेन्द्र यादव आफनै नेतृत्वमा सरकारमा सहभागी नहुुने पनि पनि निश्चित रहेको बताइएको छ । ..... देउवा नेतृत्वको नया सरकारमा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव वा मृगेन्द्रसिह यादवको नेतृत्वमा सहभागी हुने कुरा छ । ५ वा ६ ओटा मन्त्रालय पाउने यो समुुहमा पनि मन्त्री बन्नका लागी नेताहरुको बिचमा होडवाजी चल्न थालेको छ । प्रदिप यादवको पनि मन्त्री बन्ने सम्भावना प्रवल छ ।

पाँचौँपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन् ?
देउवाले विश्वासको मत नपाए संसद् विघटन नहुने, यस्तो छ संवैधानिक व्यवस्था संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले पनि सोही धाराको उपधार ६ अनुसार एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । .....

उक्त संवैधानिक व्यवस्थाअनुसार देउवाले विश्वासको मत पाउने सम्भावना निकै कम रहेको संसदभित्रको अंकगणितले देखाउँछ ।

....... मौजुदा २६८ सदस्यीय रहेको प्रतिनिधि सभामा देउवा सरकारले विश्वासको मत पाउन १३५ मत आवश्यक पर्छ । ...... माओवादी केन्द्र र जसपाको पूर्ण समर्थन रहेमा मात्रै उनले विश्वासको मत पाउन सक्छन् । तर, जसपाको उपेन्द्र यादव समूहले मात्रै विश्वासको मत दिएमा देउवालाई बहुमत नपुग्ने भएकाले उनी पदमुक्त हुन्छन् । ....... विश्वासको मत नपाएमा देउवाले संसद् विघटन गर्नै पर्ने बाध्यकारी संवैधानिक व्यवस्था नरहेको ..... उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा ६ अनुसार विश्वासको मत नपाए प्रतिनिधि सभा विघटन गर्ने वा नगरी

नयाँ सरकार गठन प्रक्रियाका लागि चुपचाप बस्ने दुई विकल्प संविधानले दिएको छ ।

...... ‘उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’ ....... विश्वासको मत नपाएमा देउवाले संसद् विघटनको सिफारिस नगरेमा ३५ दिनभित्र राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको चयनका लागि प्रक्रिया सुरु गर्नुपर्ने ........ उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वाको मत नपाए ३५ दिनभित्र राष्ट्रपतिले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नुपर्ने उपधारा ८ मा व्यवस्था गरिएको छ । संविधानको धारा ७६ को उपधारा ८ मा लेखिएको छ, ‘यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।’....... सोही उपधारा ८ मै ‘वा’ शब्द राखेर प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न पर्ने व्यवस्था गरेको छ । यही व्यवस्थाअनुसार

देउवाले विश्वासको मत पाएनन् भने संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया राष्ट्रपतिले सुरु गर्नुपर्ने देखिन्छ ।


गगन थापा स्वास्थ्यमन्त्री !
एमाले एकताको ‘मेन भिलेन’ प्रचण्ड ! एमालेको एकताका लागि कार्यदलको बैठक सिंहदरबार चलिरहँदा प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेपछि एमालेको संस्थापनभित्र फेरि एकता भाँड्न ‘मेन भिलेन’ सक्रिय भएको चर्चा चल्यो । ...... जनकपुरबाट फर्किएर विमानस्थलबाट सिधै प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेपछि फेरि एमाले एकताको भविष्यप्रति नेता तथा कार्यकर्ता चिन्तित् बन्न थालेका छन् ।

अब एकैपटक लामो समय ओली र देउवा प्रधानमन्त्री हुने सम्भावना
धर्य र संयम रहन कार्यकर्तालाई ओलीको आग्रह

अदालतको आदेश र एमालेको पार्टी एकता यदि ओली नेतृत्व ‘प्रतिगामी’, भइसकेको, ‘संविधानका सबै प्रगतिशील उपलब्धि सिद्ध्याउन लागिपरेको’ र उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ माधव समूहको आरोप सही हो भने त्यस्तो राजनीतिक शक्तिसित एकता फेरि कसरी सही र जायज हुन्छ ? ........ उसै पनि एमालेमा पहिलेदेखि नै नेताभन्दा कार्यकर्ता काफी भिन्न देखिन्थे । नेता पटक–पटक पार्टी फुटाउन खोज्थे, कार्यकर्ता त्यसलाई जोड्ने काम गर्थे । नेता वैचारिक–सैद्धान्तिक लिकबाट पार्टीलाई पूरै बाहिर लैजाने काम गर्थे, कार्यकर्ता बाहिर जान थालेको रेलको डिब्बालाई फेरि लिकमा ल्याउने काम गर्थे ।

समाजको तल्लो, गरिखाने वर्गका जनतासित नेताहरूको सम्बन्धविच्छेद भइसकेको थियो; उनीहरूको आफ्नो वर्ग नै परिवर्तन भइसकेको थियो ।

तर कैयन् कार्यकर्ता अझै भुइँतहका जनतासित अभिन्न रूपले जोडिएका थिए । नवौं महाधिवेशनमै लगभग फुटिसकेको एमालेलाई कार्यकर्ताहरूले नै बलपूर्वक जोडेका थिए । एमाले, साँच्चै भन्ने हो भने, देशको सबैभन्दा ठूलो कार्यकर्ताप्रधान संसद्वादी पार्टी थियो । क्रान्तिकारीपन र कम्युनिस्ट चरित्र धेरै हदसम्म समाप्त भइसकेको भए पनि यो अझै सांगठनिक आधार सबैभन्दा ज्यादा विस्तारित र बलियो भएको दल थियो । ........ पछिल्ला चार वर्षमा, खास गरी केपी ओली पार्टीअध्यक्ष भएयता, एमालेमा यो कार्यकर्ताप्रधानता मासिँदै गइरहेको थियो । नेकपा नामको दल बनेपछि त त्यो दलमा न त एमालेको कार्यकर्ताप्रधान सांगठनिक चरित्र बाँकी थियो, न माओवादीको लडाकुप्रधान जुझारु चरित्र । त्यो पार्टी शीर्ष नेताको एकलौटी मौजा र बिर्तामा रूपान्तरित भएको थियो जसमा कार्यकर्ता र मध्यम स्तरका नेताहरूसमेत औधी निरीह र लाचार छायाजस्ता भएका थिए । व्यक्ति ओली नै राज्य र पार्टीको पर्याय बन्दै गइरहेको स्थिति थियो ।

कम्युनिस्ट पार्टी कुनै मुगल सम्राट्को अधिराज्यजस्तो बन्न पुगेको थियो, जसमा शीर्ष नेताको बोल्नका लागि मुख मात्र थियो, सुन्नका लागि कान थिएन ।

....... युवा नेता र कार्यकर्ता कुनै पनि दलमा शक्तिशाली र क्रियाशील हुन थाल्नु आफैंमा स्वागतयोग्य कुरा हो । नेताहरूमाथि उनीहरू हावी हुन थाल्नु अझ राम्रो कुरो हो । बारम्बार परीक्षित र तर

असफलसिद्ध भएका बूढा नेताहरूको सम्मानजनक बिदाइको प्रबन्ध गर्न सक्ने हदसम्म उनीहरू शक्तिशाली र प्रभावशाली भएर निस्किए भने त्यो देश र दल दुवैका लागि ठूलो राहतको विषय बन्ने थियो ।

........... उसले ‘समाजवादी सिद्धान्त, राजनीति र नैतिकता नै छोडिसकेको’ मात्र होइन, ‘आफ्नो वर्गचरित्र नै बदलेर दलाल पुँजीवादी बनाइसकेको’ उनीहरूको ठहर छ । सारमा उनीहरूले केपी ओली अब व्यक्ति नभएर प्रवृत्ति भइसकेको समेत निष्कर्ष निकालेका छन् । .......

अब हुने चुनाव र तात्कालिक सत्ताका लागि एमाले एकताबद्ध हुनुको विकल्प छैन भन्ने विचारकै आधारमा पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले असीमित ऊर्जा खर्च गरे ।

........ युवा नेताहरूको सत्तागत भविष्यका लागि एमालेको एकता नभई भएको छैन तर अध्यक्ष ओली वा माधवकुमार नेपालका लागि सत्ताको मैदानमा भोग्न बाँकी केहीे छैन । त्यसैले एकताका लागि जुन जोडबल दोस्रो तहका नेताहरूमा देखिन्छ, त्यस्तो न त केपी ओलीमा देखिन्छ न माधवकुमार नेपालमा । .........

एमाले फुट्दा भुइँतहको बलियो जनाधार पनि फुट्ने हुनाले, अनि त्यो फुट्दा निकट भविष्यमा चुनाव जित्ने सबै सम्भावना चकनाचुर हुने हुनाले युवा नेताहरू एकताका लागि दिनरात नभनी मरिमेटिरहेका छन् ।

....... प्रधानमन्त्री ओली विगतमा सहमति र सम्झौताप्रति इमानदार भएको कुनै ट्र्याक रेकर्ड नहुनु । उनका लागि सहमति गर्ने भनेकै तोड्नका लागि हो । अदालतले प्रधानमन्त्री बनाइदिएका शेरबहादुर देउवालाई फेरि जुनसुकै उपायबाट भए पनि तल ओरालेर सरकारमा फेरि जान ओली जुनसुकै मूल्य पनि चुकाउन तयार देखिन्छन् । ........ सापेक्ष रूपमा पार्टी एकता हुनु राम्रो हो तर त्यो विचार, सिद्धान्त, नैतिक–सांस्कृतिक–भावनात्मक मूल्यसहितको जैविक एकता हुनुपर्छ अनि मात्र टिकाउ हुन्छ भन्नेमा सन्देह छैन । गणितीय पार्टी एकता गणित मिलुन्जेल मात्र टिक्छ । ............

माधव–झलनाथ समूहमाथि पाँच दलको गठबन्धनबाट अलग्गिन चाँडै चर्को दबाब सुरु हुनेछ । त्यो दबाब सफल भएमा कांग्रेस सभापति देउवाको सरकार चाँडै ढल्ने



मुखमा मार्क्स, मनमा मनु प्रायः देशभित्रका विविधता, मूलतः धार्मिक बहुलतालाई एउटा कठोर सूत्रमा जोड्न कुनै न कुनै देशी वा विदेशी शत्रु खडा गर्ने र द्वन्द्व–टक्कर–हिंसाको नकारात्मक मानसिकताका आधारमा ‘राष्ट्र’ को अस्तित्व टिकाउने खेलको क्रममै अनेक भाष्य कुँदिने हुन् । ....... सरकारी स्तरबाट फरक मत राख्ने आनन्द तेलतुमडे, वरवर राव र स्टेन स्वामीहरूको गिरफ्तारी र सुस्त गतिमा मृत्युको मुखमा धकेल्ने काम मात्रै होइन, नयाँ गोड्सेहरूबाट नरेन्द्र दाभोलकर, गोविन्द पानसरे, गौरी लंकेश र एमएम कलबुर्गीको हत्या भइसकेको छ । गेरुवा भीडबाट गौमाताको रक्षा र ‘भारत माता की जय’ को नारामा हत्या–हिंसासँगै धर्म–पन्थ निरपेक्ष मूल्य–मान्यता र संरचनामाथि हमला जारी छ, सन् २०२५ सम्ममा भारतवर्षलाई नै हिन्दुराष्ट्र बनाउने धृष्टताका साथ । ....... कुनै सरकारले गरिबी घटाउन, विकास बढाउन, भ्रष्टाचार कम गर्न सकेन भने पनि सेकुलरिजमलाई नै दोष थोपर्ने गरेको छ । ........ श्रीलंकामा सिंहली बौद्ध राष्ट्रवादीहरूले यस्ता समस्याको दोष सेकुलर राष्ट्रवादको अत्यधिक मूल्यहीनतामाथि आरोपित गरे । इरानका धार्मिक नेता अयातुल्लाह खोमेनीले इरानी सेकुलरवादीहरूको पश्चिमीपरस्त नीतिको नतिजाका रूपमा व्याख्या गरे । इजिप्टको मुस्लिम ब्रदरहुडले यसलाई सेकुलर शासकहरूको विश्वासघातसँग जोड्यो भने पाकिस्तानका इस्लामी कट्टरपन्थीले यसलाई सरियत (धर्मशास्त्र) का नियम–कानुनको उल्लंघनको दुष्परिणाम बताए । भारतका हिन्दुत्ववादीले यसलाई अल्पसंख्यकहरूको तुष्टीकरण (अपिजमेन्ट) को टाउकामा थोपरे भने सिख पृथकतावादीले पन्थका नियमको उल्लंघनको अर्थमा गरे । .......... ‘मुखमा मार्क्स, मनमा मनु’ राख्ने एमालेका एक छेत्री नेता महेश बस्नेत निवर्तमान हुँदै गरेका अवैध प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका स्ट्राइकर भएर उत्रिएका छन्, नेपालमा केही समयअघि संविधानमा लेखिएको धर्मनिरपेक्षताबारे र केही अभ्यास गर्न थालिएको संघीयताबारे समीक्षाको माग गर्दै । सही अर्थ र मर्मका साथ अभ्यासै नगरीकन समीक्षा गर्ने हतारोको नेपथ्यमा धर्मनिरपेक्षताविरोधी भाजपा र हिन्दुत्ववादी मोदी सरकारसँग ‘कम्फर्टेबल’ हुने विदेशनीति हुन सक्छ । ...........

चुच्चे नक्साको भौगोलिक राष्ट्रवादबाट राम–अयोध्या–हिन्दु राष्ट्रको धार्मिक राष्ट्रवादमा छलाङ मार्नेहरूका लागि बेइजिङबाट दिल्लीसम्म फड्को मार्न कुनै कठिनाइ छैन ।

....... तेह्रथुम–झापाका कुमाइ ब्राह्मण ओली र तराईका ब्राह्मण ठाकुरबीच सहकार्य, मधेसका महतोदेखि परदेशका मोदी–शाहसँग हातेमालो .......... गेरुवाकरण हुँदै गएको एमाले–जसपा समूह ......... साढे पाँच सयभन्दा बेसी देशमा विभाजित भारतवर्षमा हिन्दु धर्मावलम्बी शासकहरूको पराजय तथा इस्लामी धर्मावलम्बी र इसाई धर्मावलम्बी शासकहरूको द्वन्द्वसँगै नेपाललाई हिन्दुकरण तीव्र पारिएको इतिहास छ । ....... १९६२ सालमा आर्य समाजका अगुवा माधवराज जोशीलाई शास्त्रार्थका नाममा लौरो र छाताले रगताम्मे हुने गरी पिट्दै दुई वर्ष सश्रम कैद गर्ने शाह–राणा शासकहरू आफूलाई हिन्दु अधिराज्यका राजा–महाराज ठान्थे भने, राजगुरु पुरोहितहरूचाहिँ भ्याटिकन सिटीका पोपजस्तै मान्थे । .......... श्री ३ महाराज जुद्धशमशेरको ‘स्पिच’ बाट थाहा हुन्छ, शुक्रराजलाई नागरिक आन्दोलन चलाएर राजद्रोह गरेकाले मात्रै होइन, गैरब्राह्मण नेवाः भएर पनि गल्ली–गल्लीमा गायत्री मन्त्र पाठ गर्दै ‘धार्मिक उपद्रव’ गरेकाले पनि झुन्ड्याइएको हो, उपद्रवीका नाइके ठान्दै । .......... बुद्धलाई जाँडे देउता र बुद्ध धर्मलाई भोटे धर्म भन्ने तागाधारी शासकहरू कति हदसम्म असहिष्णु थिए, यो २००१ सालमा बुद्ध धर्मका अनुयायी नेवार भिक्षुहरूको देशनिकालाबाट प्रस्ट हुन्छ । नेपाललाई एक मात्र स्वतन्त्र हिन्दुराज्यका महाराज ठान्ने र भारतको विश्व हिन्दु सभाबाट हिन्दु शिरोमणि राजा सभापतिको उपाधि पाएर मक्ख हुने हिन्दुपतीय प्रवृत्तिबाट धेरैजसो राजा र नेता मुक्त छैनन् । ............ आर्य नस्लको श्रेष्ठता र विश्वमाथि शासनाधिकार स्थापित गर्न खोज्ने अडोल्फ हिटलर र बेनितो मुसोलिनीको फासीवाद ‘असिल् हिन्दुस्थाना’ को बीसौं शताब्दीको भेरियन्ट हो


माथिल्लो तामाकोसी र आन्तरिक पुँजी परिचालन नेपालको विकास मोडलमा माथिल्लो तामाकोसीले सिकाएको पाठ हो— देशलाई दूरगामी प्रभाव पार्ने ठूला आयोजना स्वदेशी पुँजी परिचालन गरेर बनाउन सकिन्छ, जसले एकातिर विदेशी विनिमयको जोखिम कम गर्छ भने, अर्कातिर देशको स्वाभिमानलाई उँचो राख्छ । ...... देशको आफ्नै पुँजीले निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी नेपालको जलविद्युत् विकासको १०० वर्षको इतिहासमा सबैभन्दा ठूलो आयोजना हो । यसको निर्माण आरम्भ हुँदा स्वदेशी पुँजीबाट बनेको सबैभन्दा ठूलो आयोजना २० मेगावाटको चिलिमे थियो । र माथिल्लो तामाकोसीको उद्घाटन हुँदै गर्दा यसअघिसम्म स्वदेशी पुँजीबाट बनिसकेको सबैभन्दा ठूलो आयोजना ३२ मेगावाटको मिस्त्री खोला जलविद्युत् हो । ......... दुई, विदेशी कम्पनीलाई बुट मोडलमा निर्माण गर्न दिने तर यही मोडलमा निर्मित खिम्तीले सबैको हात र मन डढाइसकेकाले यो विकल्पका पक्षमा आमजन र प्राधिकरणसमेत थिएनन् । ........... माथिल्लो तामाकोसी आयोजना लाभका दृष्टिले यति आकर्षक थियो, कुनै पनि प्रबर्धकको नजर पर्नु स्वाभाविक थियो । आयोजनाका लागि कूटनीतिक पहल र स्टेटक्र्याफ्टको लोकल एजेन्टको चलखेल चलिरहेको थियो । प्राधिकरणका युनियनहरू र अधिकांश कर्मचारी भने माथिल्लो तामाकोसी स्वदेशी लगानीमा प्राधिकरणले बनाउनुपर्छ भन्नेमा दृढ देखिन्थे । तिनले बताएअनुसार, मअघिका कार्यकारी निर्देशकहरू भने यस विषयमा छलफल गर्ने रुचिसम्म देखाउँदैनथे । ............ स्थानीय बासिन्दालाई १० प्रतिशत सेयर र देशभरिका जनतालाई १० प्रतिशत सेयर दिने कुरा कम्पनीको प्रबन्धपत्रमा समावेश गरी ........... विदेशी कम्पनीलाई जिम्मा लगाउने सुझाव निरन्तर आउने गर्थ्यो । यो सुझावका पछाडि दिइने तर्क भने दुइटा हुन्थे । एक, स्वदेशमा पुँजीको उपलब्धता छैन । दुई, यति ठूलो आयोजना निर्माणको जोखिम उठाउन नेपाल तयार भैसकेको छैन । ......... माथिल्लो तामाकोसी स्वदेशी लगानीमै बनाउने उद्देश्यका साथ खटिरहेका बेला सञ्चय कोषको सञ्चालक समितिको बैठक स्थगित हुँदा र घरैमा त्यस्तो पत्र बुझ्दाको मेरो मनोदशा अहिले शब्दमा व्यक्त गर्न गाह्रो छ । ....... राजदूतले स्टाटक्र्याफ्टको पत्रको स्वामित्व नर्वे सरकारले नलिने जानकारी गराए  ........... यसपछि बनेका सबै सरकार, सबै जलस्रोत तथा ऊर्जामन्त्री, अर्थमन्त्री, जलस्रोत तथा ऊर्जासचिव, अर्थसचिव, प्राधिकरणका कार्यकारी निर्देशकहरूले आयोजना सम्पन्न गर्न आआफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्दै जानुभयो । ........

आज माथिल्लो तामाकोसीको उद्घाटन हुँदै गर्दा यसको श्रेय लिनेको होडबाजी चलिरहेको छ

........ माथिल्लो तामाकोसी इतिहास रच्दै, देशको अर्थतन्त्रमा ‘प्याराडाइम सिफ्ट’ ल्याउँदै सम्पन्न भएको छ । ....... अंग्रेजीमा उखान छ, ‘सक्सेस ह्याज मेनी फादर्स’ । ........... पाँच–छ वर्षमा पूरा हुनुपर्ने आयोजनालाई तेह्र–चौध वर्ष लाग्यो, जसले गर्दा लागत झन्डै दोब्बर पुगेको मात्र छैन,

माथिल्लो तामाकोसीजस्तो अर्को आयोजना बन्न पुग्ने पुँजी र समय पनि गुमेको छ । माथिल्लो तामाकोसी बनाउँदै गर्दा अर्को तामाकोसी पनि गुमाएका छौं, जुन तीतो यथार्थ हो ।



सुन्दर कोटेश्वर-कलंकी सडकखण्ड



तल्लो अरुणमा समझदारी २१ प्रतिशत ऊर्जा निःशुल्क....... ६७९ मेगावाट जडित क्षमता हुने अनुमान गरिएको ...... २ वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन पूरा गर्नुपर्ने ...... तल्लो अरुण सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्ने, स्वामित्व लिने, सञ्चालन गर्ने र हस्तान्तरण गर्ने (बुट मोडल) मा विकास गर्न .......

सतलज लिमिटेड भारतको सरकारी स्वामित्व भएको कम्पनी हो ।

सतलजले अहिले ९ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण मोडालिटीमै तल्लो अरुण निर्माण गर्न सतलजले इच्छा देखाउँदै आएको थियो ।


भस्मासुर पथ रोक्ने ऐतिहासिक परमादेश

No comments: