Saturday, July 17, 2021

राजा महेन्द्र को नसच्चिएको प्रतिगमन: जन्मसिद्ध नागरिकता र हिन्दी

राजा महेन्द्र को नसच्चिएको प्रतिगमन: जन्मसिद्ध नागरिकता र हिन्दी 

बहुदल बाट निर्दल मा जानु प्रतिगमन थियो। ३० वर्ष पछि सच्चियो। तर महेन्द्र को कु अगाडि नेपाल मा जन्मसिद्ध नागरिकता को प्रावधान थियो। नेपाली भुमि मा जन्मेको आधार मा नागरिकता पाउने। हिन्दी भाषा नेपाली भाषा बराबर। तिनलाई उलट्याएको महेंद्र ले, सुलटयाउने काम भएको छैन अहिले सम्म। 

पुस्तौं पुस्ता भारत भाड़ा माझ्न मात्र जाने कि भारत गएर ऑफिस मा पनि काम गर्ने? १० वर्ष भित्र अमेरिका जानु र भारत जानु एउटै हुनेछ आर्थिक रुपमा। सीमित पॉकेट हरु मा त अहिले नै छ। फेरि अँग्रेजी सिक्नु भन्दा हिन्दी सिक्नु नेपाली का लागि सजिलो। हिंदी फिल्म हेर्दा हेर्दै सिकिसकेको पनि हुन्छ। भारत जान विसा पासपोर्ट केही चाहिँदैन। 

नेपाली माटो नेपाली माटो भन्ने तर त्यो माटो मा जन्मेको बच्चा लाई त्यसका आधारमा नागरिकता नदिने? महेंद्र राष्ट्रवाद भनेको बहुलराष्ट्रीय देश माथि एकलराष्ट्रिय राज्य थोपर्ने असफल प्रयास थियो। त्यो असफलता पीढ़ि दर पीढ़ि कायम गर्दै जानु आत्मघाती कदम हो। 
 

No comments: