Saturday, July 31, 2021

ओली पथ मा अग्रसर उपेन्द्र यादव

माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन : केपी ओली यद्यपि उनले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीमा आउन पुनः आह्वान गरे । उनले भने, ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्कनुहुन्छ भने हामी मौका दिन्छौं । आउनुहोस्– यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं ।’ ...... उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।’ ...... अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश समेत व्यक्त गरे ।

केपी ओली र उपेन्द्र यादव को कुरा हुबहु मिल्छ। किन होला? पहिला दुबै एउटै पार्टी मा थिए। त्यस कारन ले हो? केपी ओली माधव बिनाको एमाले चाहन्छन। उपेंद्र महंथ राजेंद्र दुई जना बाहेक को जसपा चाहन्छन। लोकतंत्र मा त्यस्तो हुँदैन। कसैलाई अल्पमत मा पार्न सकिन्छ। तर मान्छे नै सिध्याउने सोंच त्यो कम्युनिस्ट तानाशाही सोंच हो। 

एकीकरण गर्दा जुन कार्यकारिणी समिति बन्यो त्यो आधिकारिक हो। त्यति मात्र भनेको हो निर्वाचन आयोग ले। अब पार्टी को जमीन्दार उपेंद्र यादव हो भनेको होइन। भन्न मिल्दैन। भनेको छैन। 

नेकपा जब दुईकपा तीनकपा भयो, एमाले दुईमाले भयो, म्याउवादी च्याउवादी भयो, एकीकरण भन्दा अगाडि को अवस्था मा फर्केको हो। अहिले जसपा एकीकरण गर्दा को संरचना मा फर्केको हो। अर्थात महंथ दुई मध्ये एक अध्यक्ष अझ पनि हो। पुर्व राजपा र पुर्व सपा जहाँ का तहाँ नै छन। तर त्यो संरचना मानदिन भन्ने हो भने महंथ ठाकुर ले इच्छा लागेमा अर्को पार्टी दर्ता गराउनुस भनेको हो। तर जसपा एकीकरण गर्दा को संरचना मानने हो भने अर्को पार्टी दर्ता गराउनु परेन।  

महंथ जी ले बदमाशी त गरेकै हो। कार्यकारिणी समिति का २० जना उपेंद्र पक्ष का लाई फालेको होइन? त्यो फाल्ने प्रयास लाई गलत भनिएको हो। महंथ ले फाल्न नमिल्ने, उपेंद्र ले फाल्न मिल्ने भन्ने अर्थ लाग्दैन। 

भने पछि महंथ राजेंद्र अल्पमत मा परे। जसपा को गुटबंदी तर तरल हुने गर्छ। केही हप्ता अगाडि मात्र उपेंद्र १२, राजेंद्र २० थिए। अहिले उल्टो छ। मंत्री नबन्ने हरु फेरि साइड चेंज गर्न सक्छन। तरलता। 

उपेंद्र सँग मलाई यति रीस उठ्यो कि म आफ्नो सांसद पद छोडेर भाग्छु भनेर शायद नभनलान महंथ राजेंद्र आदिले। केपी ओली सँग मलाई यति रीस उठेको छ, म मंत्री हुँदा मेरो अपमान गर्यो, यति रीस उठेको छ कि संविधान नै संसोधन गरे पनि म उसलाई समर्थन गर्दिन। अहिलेसम्म देउबा सँग संविधान संसोधन बारे कुनै किसिमको छलफल भएको छैन। ओली सँग पनि त भएन १८ महिना। मौका मिलेमा संविधान संसोधन पनि गर्ने अहिले तत्काल मंत्री पद पड्काउने दुई बुँदे गरे हुँदैन? 



निधि, कोइराला र सिंहबीच भेटवार्ता





उपेन्द्र र बाबुरामलाई देउवाले साेधे –  मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ ?  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा मन्त्रीपरिषद् विस्तार, सरकारको साझा कार्यक्रम, गठबन्धनको गतिविधिलगायतका विषयमा छलफल भएको बताइएको छ । ......  साथै काँग्रेस सभापति समेत रहेका देउवाले पार्टीको संस्थापन इतर पक्षलाई पनि मन्त्रीको नाम दिन आग्रह गरिसकेको अवस्था छ । देउवाले मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीको नाम पठाउन काँग्रेसको इतर पक्ष, माओवादी केन्द्र र जसपालाई ताकेता गरिरहेको बुझिएको छ ।



No comments: