Wednesday, July 28, 2021

जसपा: दुई ढुङ्गा बीच को तरुल








निर्वाचन आयोग 

जसपा दुबै पक्ष को राजनीति समाप्ति तर्फ गयो। यति सजिलै दुई फ्याक भए। 

यति धेरै देश को राजनीति यति लामो देखियो। चुनाव को समय मा बाहेक अरु समय मा निर्वाचन आयोग समाचार मा आएको मलाई अर्को उदाहरण थाहा छैन। नेपाल फरक किसिमको देश हो नै। 

पार्टी को आतंरिक बैठक को कुरा निर्वाचन आयोग मा पुग्नु उदेकलाग्दो कुरो हो। 

मधेस आन्दोलन को मैंडेट 

जनता ले मैंडेट दिएको राजपा र सपा एक पार्टी बन। जस्तो कि नेकपा लाई मैंडेट थियो, पाँच वर्ष सरकार चलाउ। जनता को मैंडेट मानेन भने चुनाव को समय मा जनता ले हिसाबकिताब लिन्छ। 

प्रचंड को रातो रातो लोभ 

माधव ले एमाले कब्ज़ा गरेर आफ्नो पोल्टामा हाल्दिने, उपेंद्र ले त कब्ज़ा पनि गरे हालदि पनि सके, त्यस्तो सोंच छ प्रचंड को। माधव एमाले संसदीय दलको नेता बन्ना साथ देउबा को राजीनामा माग्ने दाउ हो प्रचंड को। झर्ला र खाउँला भन्ने दाउ। आजसम्म एक पटक माओ पार्टी को महाधिवेशन भएको छैन। लोकतान्त्रिक देश मा हुने पार्टी महाधिवेशन। जुन दिन माओ पार्टी को महाधिवेशन हुन्छ त्यो दिन प्रचंड को अध्यक्ष पद चट। 

जनमत पार्टी हाजिर हो 

जसपा ले स्टेज खाली गरिसक्यो। तर त्यो खाली ठाउँमा जनमत पार्टी पुगेको देखिँदैन। बरु कांग्रेस हस्याङ्ग फस्याङ्ग गर्दैछ। जनमत पार्टी को तर रवैया रहने गरेको छ, हाम्रो प्रमुख प्रतिपक्षी जसपा हो। हो भने मैदान छोडिसक्यो। कांग्रेस लाई फ्रंटल अटैक (frontal attack) नदिएसम्म जनमत पार्टी उँभो लाग्दैन। संगठन निर्माण त असाध्यै राम्रो भएको छ। तर आंदोलन नगरेसम्म गंतव्य पुग्न सकिँदैन। मुद्दा समाउनु पर्छ। 

मधेसी पार्टी हरु भन्छन, हामीले यत्रा आवाज उठायौं तर मधेस को २०% मत पनि मिलेन। मधेस मा ५०% अथवा ६०% मत प्राप्त गर्न मुख्य रूपले आर्थिक विकास को मुद्दा, रोजगारी सिर्जना को मुद्दा उठावनुपर्ने हुन्छ। नंबर एक आर्थिक विकास, नंबर दुई भ्रष्टाचार, नंबर तीन साबिक मधेस आंदोलन को मुद्दा जुन कि मोटामोटी संविधान संसोधन हो। 




उपेंद्र यादव को झर्ला खाउँला 

उपेंद्र जी को पुर्ण विश्वास छ अब कांग्रेस ले सब थोक गर्छ। अब को १० वर्ष उप प्रम र परराष्ट्र कतै नजा। प्रचंड लाई चिन्न नसकेका मान्छे एक जना उपेंद्र यादव पनि हो। आफ्नो मतदाता र बेस लाई विश्वास नगर्ने, मधेस मा भोट बटुलेर पहाड़ी ठुस्ने पार्टी भित्र, आफ्नो पार्टी भित्र का लाई नगन्ने, विरोधी पार्टी का लाई आफ्नो ठान्ने, त्यस्तो सोंच जनताले छर्लङ्ग देखेको हुन्छ। जनता लाई झुक्याउन सकिँदैन। उपेंद्र जी को पिकनिक अर्को चुनाव सम्म मात्र हो। कांग्रेस को प्रत्यक्षमा २३ बाट २४ पुग्ला, हदै भए २६ अथवा २७ पुग्ला। 




No comments: